तनहुँ १ मा कांग्रेसको गढ ताेडेका स्वर्णिम वाग्लेको जित सुनिश्चित
तनहुँ,११बैशाख :तनहुँकाे निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ ।
अब गणना गर्न बाँकी रहेकाे मत भन्दा मतान्तर धेरै भएपछि वाग्लेको जित सुनिश्चित भएको हो ।तनहुँ १मा कुल ६५ हजार ९९ मत खसेकाे थियाे । त्यसमध्ये अहिलेसम्म ४२ मध्ये ३६ वडाका ५३ हजार १२८ मत गणना हुदाँ वाग्ले कांग्रेस उम्मेदवार गाेविन्द भट्टराई भन्दा १२ हजार ९ मतले अगाडि छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसुार अब गन्न बाँकी मत ११ हजार ९७१ मात्रै रहेको छ ।
जारी मतगणनाकाे पछिल्लो विवरण अनुसार वाग्लेले २७ हजार ९८८ प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी काँँग्रेसका भट्टराईले भने १५ हजार ९७९ मत पाएका छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनाल भने ७ हजार ३७९ मतका साथ तेस्रो स्थानमा छन् ।
The post तनहुँ १ मा कांग्रेसको गढ ताेडेका स्वर्णिम वाग्लेको जित सुनिश्चित appeared first on Madhes Khabar.
Comments
Post a Comment