डाटा लोड हुँदैछ...

बारा २ : उपेन्द्र यादवकाे अग्रता निरन्तर बढ्दै

बारा,१२बैशाख : बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता फराकिलाे बनाउदै लगेका छन् ।

मंगलबार बिहान ७.३० बजे सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १०१९९ मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६८०६ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४०११ मत पाएका छन् ।

यहाँ रास्वपा चौथो स्थानमा रहेको छ । रास्वपाका रमेशप्रसाद खरेलले १४५१ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५९२ मत ल्याएका छन् ।

यो क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि गत १० गते उपनिर्वाचन भएको हो ।

The post बारा २ : उपेन्द्र यादवकाे अग्रता निरन्तर बढ्दै appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर