डाटा लोड हुँदैछ...

नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न

काठमाडौं ,१२बैशाख: नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न भएको छ ।

मंगलबार काठमाडौँमा भएको बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल तथा भारतका तर्फबाट पेट्रोलियम तथा ग्यास मन्त्रालयका सहसचिव इसा श्रीवास्तवले नेतृत्व गरेका थिए ।

बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्नेलगायत विषयमा छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिए ।

यसैबीच, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।

भेटवार्तामा संयुक्त कार्यसमूहको बैठकमा छलफल भएका विषयका सम्बन्धमा कुराकानी भएको थियो ।

The post नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर