डाटा लोड हुँदैछ...

बारा २ : उपेन्द्रले बनाए ५ हजार भन्दा बढिको अग्रता

कलैया ,१२ बैशाख : बारा २ का उम्मेदवार एंव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ५ हजार भन्दा बढीको अग्रता बनाएका छन् ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार , यादवले निकटतम प्रतिस्पर्धि जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहाको भन्दा ५ हजार २०३ बढि मत पाएर फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

यो समचार तयार पार्दासम्म मतगणनाको प्राप्त मतपरिणाम अनुसार ३९ हजार ५५६ मत गणना हुदाँ यादवले १७ हजार ३९३ मत प्राप्त गर्दा जनमत पार्टीका कुशवाहाले १२ हजार १९० मत पाएका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ३१५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार १४० मत पाएका छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले १ हजार ९ सय ७० मत पाएका छन् । अब करिब ३० हजार मत मात्रै गणना गर्न बाँकी छ ।

The post बारा २ : उपेन्द्रले बनाए ५ हजार भन्दा बढिको अग्रता appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर