वीरगंज, ५ असोज । प्रत्येक शनिवार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा वीरगंज समाज सेवाले निशुल्क भोजन खुवाउदै आएकोमा २२औं सप्ताह शनिवार पनि निशुल्क भोजन गरीएको छ। नारायणी अस्पतालमा बिरामीहरू, कुरूवाहरू लगायत गरिब, असहाय गरिबहरूलाई सहज होस भनि हरेक सप्ताहको शनिवार बिहानको खाना खुवाउने गरेको वीरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले जानकारी दिए । दाल, भात, तरकारी, अचार ५०० जनाले हरेक हप्ता खाने गरेको वीरगंज समाज सेवाले जनाएको छ । सेवा नै धर्म हो, गरिब, दिन दुःखि, असहायहरूलाई भोजन गराउनु जस्तो अरू धर्म केहि पनि होईन, हामिहरू आफ्नो लागि मात्र बाचिरहेका छौ, अरूको लागि पनि केहि गरौ भन्ने सोचका साथ हामि साथी भाईहरू मिलि आफ्नो निजि खर्चबाट संचालन गरेको अध्यक्ष अशोक गुप्ताले बताए। कार्यक्रममा उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिब प्रकाश बाहिति, कोषाध्यक्ष बिनोद सरार्प, सदस्यहरू मदन प्रसाद गुप्ता, राजु रूङ्गटा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, नवनित अग्रवाल, बैधनाथ प्रसाद कलवार, बिरेन्द्र प्रसाद आर्या, हरेन्द्र प्रसाद, राधेश्याम गुप्ता, सञ्चारकर्मी अभिलाष कुमार गुप्ता सहभागीत...