डाटा लोड हुँदैछ...

वीरगंज आँखा तथा दाँत अस्पतालद्वारा विद्यार्थीको निःशुल्क आँखा परीक्षण

वीरगंज, १७ भदौ । वीरगंज आँखा तथा दाँत अस्पतालले वीरगंज गोल्डेन गेट एकेडेमी मुर्लीमा आज विद्यार्थी हरूको  निःशुल्क आँखा परिक्षण गरिएको छ ।
 
कार्यक्रममा विद्यार्थीहरुको आँखा परीक्षण गर्नुका साथै औषधि पनि निःशुल्क वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शेख अजहरले जानकारी गराए ।
 
आँखामा लाग्ने रोगलाई समयमा पहिचान गरी निको पार्न सकिन्छ । तसर्थ विद्यार्थीहरुको बेला बेलामा आँखा परीक्षण गरिएको प्रधानाध्यापक अजहरले बताए ।
 
यसैगरी आगामी शनिवार भदौ २२ गते विद्यालयको प्राङ्गणमा सर्वसाधारणको आँखा परीक्षण गरिने वीरगंज आँखा तथा दाँत अस्पतालका इम्तियाज अलिले जानकारी दिएका छन् । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर