वीरगंज,१३ असार/ तेस्रो गहवामाई रथ यात्राको क्रममा भीडका लाभ उठाई करिब आधा दर्जनभन्दा बढि महिलाहरुको सुनको गहना चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा महिलाहरु पुगेर रथयात्राको क्रममा अपरिचित युवाको समुहले सुनको सिक्री, हनुमान–दुर्गा माताको मालालगायत गहना चोरी भएको भन्दै उजूरी दिएका छन् । वीरगंजकी फूलकुमारी देवी, जुली यादव, श्वेता रानी, रीना देवी, निर्मला कुमारी, रामेश्वरी देवी, मालती देवी, पुनम देवी, शारदा देवीलगायतको गहना चोरी भएको भन्दै उनीहरुले उजूरी दिएको प्रहरीले जनाएको छ । प्रहरीले छानबिन गर्ने क्रममा भारत, बिहार, पश्चिम चम्पारण बगाहा बिशुनपुर्वाकी जयमति हरिजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । उनले अन्य चोर गिरोहको वारेमा पनि छानबिन गरिरहेको जनाएका छन् ।
भक्तपुर, १३ असार : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् । त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् । १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् । रासस
Comments
Post a Comment