डाटा लोड हुँदैछ...

रानीघाट पुलमा हाम फालेकी राधिकाको खोजी हुंदै

वीरगंज, १३ असोज । वीरगंजको रानीघाट पुलबाट श्रीसिया नदीमा हाम फालेकी करीब १७ वर्षीया राधिका कुमारी दासको खोजी कार्य भइरहेको छ ।

बिपद ब्यवस्थापन गुल्म प्रहरी टोलीले युवतीको खोजी कार्य जारी राखेको जनाएको छ ।

आज बिहान अन्दाजी ९ः३० बजेको समयमा रानीघाट नजिकै रहेको पुलबाट हामफाल्नु अघि पहिला आफ्नो मोबाइल फालेकी प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

पुलबाट नदीमा हाम फालेकी ती बालिकाले नदीमा आएको बाढीले बगाएर बेपत्ता बनाएको छ।
 
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा प्रसौनी बस्ने विनोद दास र मन्तुरा दासकी १६ बर्षीया छोरी राधिका कुमारी दास रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले भने बेपत्ता किशोरीको खोजी जारी रहेको र विवरण भने आउन बाँकी रहेको जनाएको छ ।

प्रहरीले घटनास्थलबाट किशोरीकी आमा मन्तुरालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा लगेको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर