डाटा लोड हुँदैछ...

अल्पाइन माविका दाजुभाइ पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्दै

वीरगंज, १२ असोज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ असवारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई टोल बस्दै आएका दाजुभाइ नितेश र सतीश गुप्ता पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्दैछन् ।

वीरगंज–११ दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालयका छात्र सतीश गुप्ताले एनइइटी परीक्षा पास गरेर भारत, आगराको सरोजिनी नायडू मेडिकल कलेजमा एमबिबिएसमा भर्ना भएका छन् ।

अल्पाइन माविका सञ्चालक विनोद उपाध्यायले सतीश गुप्ता र उनका परिवारप्रति बधाई ज्ञापन गर्दै सतीश गुप्तालाई डाक्टर बनाउन उनका परिवारले देखाएको निरन्तर समर्पण र समर्थनप्रति सराहना गरेका छन् । लगन, जोश र समर्थनका साथ सबै कुरा हासिल गर्न सकिने कुरा सतीशले पुष्टि गरेको सञ्चालक उपाध्यायले बताए । यसबाट अल्पाइन माविका भविष्यका विद्यार्थीहरुको लागि सतीशले मार्गप्रशस्त गरेकोमा आफू पनि गौरन्वावित भएको बताए ।

यसअघि सतीशका दाजु नितेशले पनि पूर्ण छात्रवृत्तिमा हाल पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्स पढिरहेको उनले जानकारी दिए । सञ्चालक उपाध्यायले दुवै दाजुभाइले इतिहास बनाएकोमा सफलताको शुभकामना पनि दिएका छन् । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर