डाटा लोड हुँदैछ...

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सिंहको सरुवा यातायात व्यवस्था कार्यालयमा

वीरगंज, १३ असोज । घरेलु तथा साना उद्योग कार्यालय, पर्साका प्रमुख धनञ्जयकमार सिंहको यातायात व्यवस्था कार्यालय धनुषामा सरुवा भएको छ ।

धनन्जयकुमार सिंह उद्योग विभाग अन्तर्गत पर्ने घरेलु तथा साना उद्योग कार्यालयमा विगत दुई वर्ष बिताएका थिए । उनले आफनो कार्यकालमा  इमानदारीपूर्वक कार्य सम्पादन गरेको बताए ।

कार्यक्रममा सिंहको दुई वर्षे कार्यकालमा कार्यालयको कामको प्रगति सराहनीय रहेको लेखा अधिकृत प्रद्युमन प्रसादले मन्तव्य व्यक्त गरेका थिए ।

बिदाइ कार्यक्रममा उद्योग विभाग पर्सा घरेलु तथा साना उद्योग कार्यालयका सुदर्शन आचार्य, मन रावल, कमलेश कुमार गुप्ता कानू, विणा कुमारी, सरिता खडका, सञ्चारकर्मी प्रेम सर्राफलगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नासु सुरज रामले गराएका थिए ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर