Posts

डाटा लोड हुँदैछ...

वीरगन्जमा खुल्यो भाटभटेनीको सबै भन्दा ठूलो सुपरमार्केट

Image
मधेसखबर वीरगन्ज,९चैत : वीरगन्जमा पनि भाटभटेनी सुपरमार्केट सन्चालनमा आएको छ ।मधेस प्रदेशकै पहिलो स्टोरका रुपमा वीरगन्जमा बिहीबार देखि भाटभटेनी सुपर मार्केटमा सन्चालनमा आएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा भाटभटेनी सुपर मार्केटको २४ औं शाखा बिहीबार देखि सन्चालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले जानकारी दिए ।पर्सा , बारा जिल्लासंगै सीमावर्ती भारतीय शहरका उपभोक्तालार्ई पनि लक्षित वीरगन्जमा भाटभटेनी सुपर मार्केटको देशकै सबै भन्दा ठूलो शाखा सन्चालनमा ल्याइएको गुरुङले बताए । वीरगन्जमा पनि अन्र्तराष्ट्रिय स्तरको सपिङ सेवा प्रदान गर्ने उद्देश्यले भाटभटेनी सुपर मार्केटको सेवा विस्तार गरिएको गुरुङले बताए । यसका साथै सिमावर्ती भारतीय शहरका उपभोक्तालाई पनि लक्षित गरि वीरगन्जमा २४ औं शाखा सन्चालनमा ल्याइएको उनले बताए ।उनले भने,‘ यो स्तरको सुपर मार्केट भारतमा पनि छैन , दक्षिण एशियाका अन्य देशमा पनि छैन । गुरुङनले देशको मुख्य औद्योगिक नगरि तथा मधेस प्रदेशको सबैभन्दा ठुलो शहर वीरगन्जबाट भाटभटेनी सुपरमार्केटको सेवा सुरु गर्न पाउँदा खुशी लागेको प्...

स्ववियु निर्वाचन चैतमै हुनुपर्ने माग गर्दै ठाकुरराम क्याम्पसमा टायर बालेर प्रदर्शन

Image
मधेसखबर वीरगन्ज,८चैत : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन चैत मसान्त भित्रै गराउन माग गर्दै बुधबार विधार्थी नेताहरुले टायर बालेर प्रदर्शन गरेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा विवादका कारण चैत ५ मा हुन नसकेको स्ववियु निर्वाचन क्याम्पस प्रशासनले आगामी जेठ १३ गते गर्ने निर्णय गरेको छ ।तर चुनावको पक्षधर रहेका विधार्थी संगठनका नेताहरुले स्थगित निर्वाचन यहि चैत मसान्त भित्र गराउन माग गर्दै बुधबार क्याम्पस परिसरमै टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । यसअघि मंगलबार  बसेको चुनाव पक्षधर विधाार्थी संगठनहरुको बैठकले नेविसंघका तर्फबाट प्रत्याशी मुनराज तिवारीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो । संघर्ष समितिमा नेविसंघसंगै लोकतान्त्रिक विधार्थी संघ, विधार्थी जनमत संघ , अनेरास्ववियु (क्रान्तिकारी), नागरिक विधार्थी समाज लगायतका संगठन र समुहको पनि प्रतिनिधत्व छ । उक्त संघर्ष समितिकै अगुवाइमा बुधबार विधार्थी नेताहरुले क्याम्पस परिसरमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी संघर्ष समितिका संयोजक तवारीले चैतमै निर्वाचन हुनु पर्ने माग राख...

गाई पालनमा देशकै उदाहरणीय बन्दै इन्जिनियर श्यामवदन

Image
वीरगन्ज ,८चैत: सफ्टवेयर इन्जिनियर पढेका उनलाई जागिरमा राम्रै थियो । चाहेजति तलब र सुविधा पाइरहेकै थिए । तर, जागिरमा उनको मन अडेन । कृषि पेसामा केही गर्ने अठोटका साथ गाईपालन थाले । वीरगन्जका ३९ वर्षीय श्यामवदन यादव अहिले दूध उत्पादन र दुग्धजन्य पदार्थको कारोबारमा उदाहरणीय बनेका छन् । पर्सामा ठोरी–५ सुवर्णपुरमा कलश क्याटल फार्मिङ प्रालि स्थापना गरी गाईपालन थालेका यादवको फार्ममा अहिले होलिस्टेन जातका १ सय ५० वटा गाई छन्, जसबाट दैनिक १ हजार लिटर दूध उत्पादन हुन्छ । त्यही दूधका विभिन्न परिकार बनाएर उनले आफ्नै ‘डेरी हब’ बाट बिक्री गर्दै आएका छन् । डेरी हबका पनि ५ वटा आउलेटहरू छन्, वीरगन्जमा २, लालबन्दी, जनकपुर र बर्दिबासमा १/१ वटा । एक दशकदेखि गाईपालनमा सक्रिय भएका यादवले ३ वर्षयता भने इजरायली प्रविधि अपनाएका छन् । फार्ममा उनले दूध मात्र उत्पादन गरेका छैनन् । गोबरबाट बायोग्यास र जैविक मलसमेत उत्पादन गरिरहेका छन् । उनको उत्पादन आफ्नै कलश मिल्क इन्डस्ट्रिज नामको उद्योगमा खपत हुन्छ । त्यसैबाट आइसक्रिम, केक, दही, पनिर, बटर, घिउ, मिठाई, पेस्टी आदि उत्पादन गरी बिक्री गरिन्छ । आगामी दिनमा गाईको ...

पाेखरियामा चितुवाकाे आतंक : एक प्रहरी सहित ३ जना घाइते

Image
वीरगन्ज ,८चैत : पर्साकाे पाेखरियामा चितुवाकाे आक्रमणबाट एक प्रहरी सहित तीन जना घाइते भएका छन् ।घाइते मध्ये एक जनाकाे अवस्था गम्भीर छ । मंगलबार मध्यराति जंगलबाट गाँउमा छिरेकाे चितुवाकाे आक्रमणबाट पाेखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाका जाेगिन्द्र साह तेली, वडा नम्बर ४ का दिल महम्मद मियाँ र इलाका प्रहरी कार्यालय पाेखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका हुन् । सतवरिया स्थित गँहु बारि हुँदै गाउँमा छिरेकाे चितुवाले स्थानियलाई आक्रमण गरि घाइते बनाउन थालेपछि नियन्त्रणमा लिन प्रहरीकाे टाेली जाँदा प्रहरी जवान यादवलाई पनि आक्रमण गरि घाइते बनाएकाे हाे । गम्भीर घाइते मियाँकाे पाेखरिया अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि वीरगन्ज पठाइएकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएको छ।अरु दुई जना घाइतेकाे भने पाेखरिया अस्पतालमै उपचार भइरहेको छ । आक्रमणकारी चितुवा अहिले पनि गाँउकै एक गाेठमा लुकेर बसेकाले नियन्त्रणका लागि बुधबार बिहान ९ बजेतिर डिभिजन वन कार्यलयकाे टाेली पुगेर नियन्त्रणकाे प्रयास गरिरहेकाे स्थानीय शैलेस गुप्ताले जानकारी दिए । The post पाेखरियामा चितुवाक...

ठोरीमा एक भारतीय मृत फेला

Image
वीरगन्ज ,७चैत : पर्साको ठोरीमा मंगलबार बिहान एक भारतीय मृत अवस्थामा फेला परेका छन् ।ठोरी गाउँ पालिका वडा नम्बर ३ ढुङ्गे बजार टोल स्थित मकै बारीमा भारत बिहारको पश्चिमी चम्पारण मानपुर घर भएका चोकाटी मुखिया मृत अवस्थामा फेला परेका हुन् । साेमबार साँझ खेतमा काम गरीरहेको बेला हावापानी आएको र त्यही बेला घर फर्कने क्रममा उनी मकै बारीमा लडेर मरेकाे हुन सक्ने बताइएकाे छ । मंगलबार बिहान स्थानीयले मकै बारीमा मुखीयालाई मृत अवस्थामा देखेपछि प्रहरीलाइ खबर गरेका थिए । इलाका प्रहरी कार्यालय ठोरीले शव पोष्टमार्टमका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए । मृतक मुखिया विगत ८ वर्ष देखि ठोरीकै ढुंगे बजारटोलमा बसेर खेती किसानी गर्दै आएका थिए । The post ठोरीमा एक भारतीय मृत फेला appeared first on Madhes Khabar .

सुनको मुल्य आज फेरि बढ्यो

Image
वीरगन्ज,७चैत : सुनको मुल्य आज मंगलबार फेरि बढेको छ । आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर एक लाख ९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार सुनको मुल्य तोलामा एक लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि मुल्य बढेको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । The post सुनको मुल्य आज फेरि बढ्यो appeared first on Madhes Khabar .

बाराका गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त

Image
वीरगन्ज ,७चैत : बाराको सिम्रौनगढ नगरपालिका निवासी गायक एंव साहित्यकार गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त भएका छन् । भाषाविद् समेत रहेका ठाकुरलाई सरकारले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा ठाकुरलाई नियुक्त गरेको हो । आयोगका यसअघिका अध्यक्ष लवदेव अवस्थीको गत भदौमा ६ वर्षे कार्यावधि सकिएको थियो । त्यसयता अध्यक्ष नियुक्त नहुँदा सदस्य उषा हमालले निमित्त अध्यक्ष सम्हालेकी थिइन् । The post बाराका गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त appeared first on Madhes Khabar .