डाटा लोड हुँदैछ...

स्ववियु निर्वाचन चैतमै हुनुपर्ने माग गर्दै ठाकुरराम क्याम्पसमा टायर बालेर प्रदर्शन

मधेसखबर
वीरगन्ज,८चैत : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन चैत मसान्त भित्रै गराउन माग गर्दै बुधबार विधार्थी नेताहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा विवादका कारण चैत ५ मा हुन नसकेको स्ववियु निर्वाचन क्याम्पस प्रशासनले आगामी जेठ १३ गते गर्ने निर्णय गरेको छ ।तर चुनावको पक्षधर रहेका विधार्थी संगठनका नेताहरुले स्थगित निर्वाचन यहि चैत मसान्त भित्र गराउन माग गर्दै बुधबार क्याम्पस परिसरमै टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

यसअघि मंगलबार  बसेको चुनाव पक्षधर विधाार्थी संगठनहरुको बैठकले नेविसंघका तर्फबाट प्रत्याशी मुनराज तिवारीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो । संघर्ष समितिमा नेविसंघसंगै लोकतान्त्रिक विधार्थी संघ, विधार्थी जनमत संघ , अनेरास्ववियु (क्रान्तिकारी), नागरिक विधार्थी समाज लगायतका संगठन र समुहको पनि प्रतिनिधत्व छ ।

उक्त संघर्ष समितिकै अगुवाइमा बुधबार विधार्थी नेताहरुले क्याम्पस परिसरमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी संघर्ष समितिका संयोजक तवारीले चैतमै निर्वाचन हुनु पर्ने माग राखेर बुधबार देखि संघर्ष समितिले आन्दोलन थालेको र पहिलो दिन टायर बालेर प्रदर्शन गरिएको बताए । यदि क्याम्पस प्रशासनले चैत मसान्त भित्र निनर्वाचन गराउन तत्काल प्रकृया नथाले अझ सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनले दिए ।

यहि माग राखेर संघर्ष समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको थियो । यस्तै चैत २ गते क्याम्पसका विभिन्न शाखामा तालाबन्दी पनि गरेको थियो ।

संघर्ष समितिका संयोजक तिवारीले भने ,‘ त्रिविले चुनाव स्थगित र रोकिएका क्याम्पसहरुमा चैत भित्रै निर्वाचन गराउन लिखित निर्देशन पनि दिइसकेको छ तर ठाकुरराममा क्याम्पस प्रशासनले त्रिविको निर्देशन पनि अटेर गरिरहेको छ , क्याम्पस प्रशासनले नै चुनाव गराउन चाहिरहेको छैन ।

क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियाले भने चैत १२ देखि स्नातक संकायको चौथो वर्षको परिक्षा शुरु हुने र परिक्षा चैत महिनाभर चल्ने भएका कारण चैतमा निर्वाचन गराउन सम्भव नभएको बताउदै आएका छन् । त्यससमा पनि विधार्थी संगठनले नै क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेकाले यसले समस्या थप बढाएको उनको भनाई छ ।

उनि भन्छन्,‘ मतदाता नामावलीको विवाद यथावत नै छ , तालाबन्दी जारी नै छ , चैत १२ देखि परिक्षा पनि शुुरु हुदैछ , यो अवस्थामा चैतमा निर्वाचन गराउन समस्या देखिएकोले राजनीतिक दलहरुको सहमतिमै जेठ १३ का लागि मिति तोकिएको हो ।

 

The post स्ववियु निर्वाचन चैतमै हुनुपर्ने माग गर्दै ठाकुरराम क्याम्पसमा टायर बालेर प्रदर्शन appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर