डाटा लोड हुँदैछ...

वीरगन्जमा खुल्यो भाटभटेनीको सबै भन्दा ठूलो सुपरमार्केट

मधेसखबर
वीरगन्ज,९चैत : वीरगन्जमा पनि भाटभटेनी सुपरमार्केट सन्चालनमा आएको छ ।मधेस प्रदेशकै पहिलो स्टोरका रुपमा वीरगन्जमा बिहीबार देखि भाटभटेनी सुपर मार्केटमा सन्चालनमा आएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा भाटभटेनी सुपर मार्केटको २४ औं शाखा बिहीबार देखि सन्चालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले जानकारी दिए ।पर्सा , बारा जिल्लासंगै सीमावर्ती भारतीय शहरका उपभोक्तालार्ई पनि लक्षित वीरगन्जमा भाटभटेनी सुपर मार्केटको देशकै सबै भन्दा ठूलो शाखा सन्चालनमा ल्याइएको गुरुङले बताए ।

वीरगन्जमा पनि अन्र्तराष्ट्रिय स्तरको सपिङ सेवा प्रदान गर्ने उद्देश्यले भाटभटेनी सुपर मार्केटको सेवा विस्तार गरिएको गुरुङले बताए । यसका साथै सिमावर्ती भारतीय शहरका उपभोक्तालाई पनि लक्षित गरि वीरगन्जमा २४ औं शाखा सन्चालनमा ल्याइएको उनले बताए ।उनले भने,‘ यो स्तरको सुपर मार्केट भारतमा पनि छैन , दक्षिण एशियाका अन्य देशमा पनि छैन ।

गुरुङनले देशको मुख्य औद्योगिक नगरि तथा मधेस प्रदेशको सबैभन्दा ठुलो शहर वीरगन्जबाट भाटभटेनी सुपरमार्केटको सेवा सुरु गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया पनि दिए । उनले,‘ हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन ,स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं , स्थानीय किसान,उद्यमी,व्यवसायी,उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।

अध्यक्ष गुरुङले आफुले केवल व्यपारका लागि नभइ सेवाभावले देशभर शाखा विस्तार गरिरहेको बताए । उनले भने,‘ वीरगन्जमा पनि म व्यपार गर्न आएको होइन् , यहाका उपभोक्ताले बजार मुल्य भन्दा केहि भएपनि सस्तोमा सामान पाउन् भनेर सेवाभावले पनि यो शाखा विस्तार गरेको हुँ ।

अहिले देशमै आर्थिक मन्दी चलिरहेको परिपेक्ष्यमा खस्कदो अर्थतन्त्रलाई उकास्न केहि भएपनि टेवा पुगोस् भनेर वीरगन्जमा सेवा विस्तार गरेको जिकिर पनि उनले गरे । गुरुङले भने,‘ अर्थतन्त्र खस्कियो, आर्थिक मन्दी भयो भनेर नीजी क्षेत्र सुतेर बस्ने होइन , आफनो तर्फबाट जेजति हुन्छ जोडबल गर्नुपर्छ ।

वीरगन्ज पछि अब आगामी अषाढमा मधेस प्रदेशकै राजधानी जनकपुरमा र त्यसलगत्तै भदौंमा विर्तामोडामा पनि सेवा विस्तार गर्ने तयारी रहेको जानकारी पनि उनले दिए ।

भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्राईका अनुसार वीरगन्जमा सन्चालनमा ल्याइएको सुपर मार्केट स्टोरको भौतिक संरचना र सामान सहितको लागत २ अर्ब ५० करोड रुपैया रहेको छ ।

२ बिघा १० कठ्ठा क्षेत्रफल जग्गामा निर्मित सुपर मार्केट स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको छ भने सुपर मार्केट भवन ७ तल्ले छ । भट्टराइले भने ,‘ यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले सबै भन्दा ठुलो हो ।

उनले भाटभटेनीको सुपर मार्केटका सामान , बजारको भन्दा सस्तो मुल्यमा पाइने जिकिर पनि गरे । उननले भने,‘ वीरगन्जका उपभोक्ता सस्तोका लागि किनमेल गर्न प्राय सीमापारि रक्सौल बजार जान्छन् , ती उपभोक्तालाई नै लक्षित गरि हामीले वीरगन्ज बजारको भन्दा सस्तो मुल्यमा सामान उपलब्ध गराएका छौं ।

 

The post वीरगन्जमा खुल्यो भाटभटेनीको सबै भन्दा ठूलो सुपरमार्केट appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर