Posts

डाटा लोड हुँदैछ...

पोखरियामा इलाका प्रशासन र मालपोतको सेवा केन्द्र राख्न माग गर्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र

Image
मधेसखबर वीरगन्ज, ३० पुस : पर्साको पोखरियामा सरकारी कार्यालयका विभिन्न शाखा स्थापनाको माग राख्दै संघीय सरकारका गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाइएको छ । पोखरीयामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र भूमिसूधार कार्यालयको सेवाकेन्द्र स्थापनाको लागि पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान सहितको टोलीले काठमाण्डौमा पुगेर शुक्रबार गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र बुझाएको हो । पोखरिया र त्यस आसपासका ग्रामीण क्षेत्रका जनता सेवा लिन सदरमुकाम वीरगन्ज धाउनुपर्ने बाध्यता रहेकाले त्यसलाई अन्त्य गर्न सरकारी कार्याालयका सेवा केन्द्र स्थाापनाको मााग राख्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र बुझाइएको मेयर चाौहानले बतााए । यसका साथै इलाका प्रहरी कार्यालय पोखरियामा प्रहरी नायब उपरिक्षक (डिएसपी) को दरबन्दी राख्न पनि गृहमन्त्री लामिछानेसंग आग्रह गरिएको चौहानले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लामिछानेले पोखरियामा सेवा केन्द्र स्थाापनाका लागि आफुले पहल गर्ने आश्वासन दिएको चौहानले बताए । ज्ञापनपत्र बुझाउन गएको टोलीमा सांसद प्रभु हजरा , पूर्वसांसद जुनेद अन्सारी, लोसपाका न...

घनश्याम भूसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्य मनोनित

काठमाडौं,३० पुस – नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भूसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । बैठकमा भूसाललाई जिम्मेवारी दिने एकमात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए । कम्युनिष्ट नेता भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । The post घनश्याम भूसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्य मनोनित appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं,३० पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, सभामुख र उपसभामुखको निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सात दलीय गठबन्धन सरकार गठन भएको साता दुई साता बढी वितिसक्दा पनि मन्त्रालय बाँडफाँट टुंग्याउन सकेको छैन । हाल ८ सदस्यीय मन्त्रिपरिषद्मा अब १७ जना थप्ने संवैधानिक सुविधा छ । नेकपा माओवादी प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । मन्त्रालय भागबन्डालाई लिएर प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पटक पटक भेट भइसकेको छ । दुई नेताको निष्कर्षपछि गठबन्धनका शीर्ष नेता बसेर मन्त्रालय टुंग्याइने माओवादीका एक नेताले बताए । The post प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

मधेस प्रदेशका मुख्यमन्त्री यादवसँगै ३ जना बिना विभागीय मन्त्रीले लिए शपथ

Image
जनकपुरधाम, २९ पुस । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका हुन । मुख्यमन्त्री यादवसँगै अन्य तीनजना बिना विभागीय मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका छन् । मन्त्रीहरु सञ्जय यादवले बज्जिका, सरोज यादवले मैथिली र बसन्त कुशवाहाले मधेशी भाषामा शपथ लिएका हुन् । तिनैजना मन्त्रीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मधेस प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन् । लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाएका हुन् । मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसप...

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् । धर्मराज मोक्तानलाई आज (शुक्रबार) बिहान ३:३५ बजे तथा मिलन मोक्तान र रुपेश तामाङलाई अस्पताल पुर्याउनासाथ गएराति सवा १२ बजे डाक्टरहरुले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्ष कृष्णराज ढकालले जानकारी दिए । गएराति करिब पौने ११ बजेतिर मनहरी गाउँपालिका–९ को ज्यामिरे, भलादमी चोकमा स्कुटर दुर्घटना भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तीनैजनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाएको थियो । स्थानीयले भने सवारी साधनले ठक्कर दिंदा स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै केहीबेर सडक बन्द गराएका थिए । ठक्कर दिने सवारीको पहिचान गरी नियन्त्रणमा ल...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिनु हुने भएकाे छ । मुख्यमन्त्री अधिकारीले शुक्रबार दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी प्रदेश सरकारका प्रवक्ता सिता सुन्दासले बताउनुभएकाे हाे । ३३ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री अधिकारी यहि पुस २५ मा मुख्यमन्त्रीमानियुक्त हुनु भएकाे थियाे । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ । मुख्यमन्त्री अधिकारीलाई नेकपा एमालेका २२, नेकपा माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन रहेकाे छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएकाे छ । The post गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

राप्रपाको सरकारमा जाने तयारी, अध्यक्ष लिङदेन ऊर्जामन्त्री बन्ने

काठमाडौं,२९ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । अब, लिङदेन उपप्रधानमन्त्री बन्ने छन् । सरकारमा सहभागी हुन लागेको राप्रपाले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय दाबी गरेको छ । तर, उपप्रधानसहित ३ मन्त्रालयसम्म पाउने सम्भावना रहेको बताइन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने सम्भावना रहेको राप्रपाका एक पदाधिकारीले जानकारी दिएका छन् । उनले भने– ‘सत्तारुढ दलबीच भागबन्डा हुँदा बाँकी रहेका मन्त्रालयमध्ये अध्यक्षज्यूले ऊर्जा मन्त्रालयमा रुची राख्नु भएको छ । उहाँ उपप्रधानसहित ऊर्जामन्त्री नै हुने सम्भावना छ ।’ अध्यक्ष लिङ्देनले बाँकी रहेका मध्ये ऊर्जा मन्त्रालयमा चासो रोेख्दै आएका छन् । The post राप्रपाको सरकारमा जाने तयारी, अध्यक्ष लिङदेन ऊर्जामन्त्री बन्ने appeared first on Nepal Post Daily . credit: Nepalpostdaily