प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं,३० पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, सभामुख र उपसभामुखको निर्वाचनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सात दलीय गठबन्धन सरकार गठन भएको साता दुई साता बढी वितिसक्दा पनि मन्त्रालय बाँडफाँट टुंग्याउन सकेको छैन । हाल ८ सदस्यीय मन्त्रिपरिषद्मा अब १७ जना थप्ने संवैधानिक सुविधा छ ।
नेकपा माओवादी प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । मन्त्रालय भागबन्डालाई लिएर प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पटक पटक भेट भइसकेको छ । दुई नेताको निष्कर्षपछि गठबन्धनका शीर्ष नेता बसेर मन्त्रालय टुंग्याइने माओवादीका एक नेताले बताए ।
The post प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
Comments
Post a Comment