डाटा लोड हुँदैछ...

पोखरियामा इलाका प्रशासन र मालपोतको सेवा केन्द्र राख्न माग गर्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र

मधेसखबर
वीरगन्ज, ३० पुस : पर्साको पोखरियामा सरकारी कार्यालयका विभिन्न शाखा स्थापनाको माग राख्दै संघीय सरकारका गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाइएको छ ।

पोखरीयामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र भूमिसूधार कार्यालयको सेवाकेन्द्र स्थापनाको लागि पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान सहितको टोलीले काठमाण्डौमा पुगेर शुक्रबार गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र बुझाएको हो ।

पोखरिया र त्यस आसपासका ग्रामीण क्षेत्रका जनता सेवा लिन सदरमुकाम वीरगन्ज धाउनुपर्ने बाध्यता रहेकाले त्यसलाई अन्त्य गर्न सरकारी कार्याालयका सेवा केन्द्र स्थाापनाको मााग राख्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र बुझाइएको मेयर चाौहानले बतााए ।
यसका साथै इलाका प्रहरी कार्यालय पोखरियामा प्रहरी नायब उपरिक्षक (डिएसपी) को दरबन्दी राख्न पनि गृहमन्त्री लामिछानेसंग आग्रह गरिएको चौहानले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लामिछानेले पोखरियामा सेवा केन्द्र स्थाापनाका लागि आफुले पहल गर्ने आश्वासन दिएको चौहानले बताए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा सांसद प्रभु हजरा , पूर्वसांसद जुनेद अन्सारी, लोसपाका नेता निजामुद्दीन समानी लगायतको पनि सहभागिता थियो ।

The post पोखरियामा इलाका प्रशासन र मालपोतको सेवा केन्द्र राख्न माग गर्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर