डाटा लोड हुँदैछ...

मधेस प्रदेशका मुख्यमन्त्री यादवसँगै ३ जना बिना विभागीय मन्त्रीले लिए शपथ

जनकपुरधाम, २९ पुस । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका हुन ।

मुख्यमन्त्री यादवसँगै अन्य तीनजना बिना विभागीय मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका छन् ।

मन्त्रीहरु सञ्जय यादवले बज्जिका, सरोज यादवले मैथिली र बसन्त कुशवाहाले मधेशी भाषामा शपथ लिएका हुन् ।

तिनैजना मन्त्रीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मधेस प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन् । लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाएका हुन् ।

मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन् ।यहाँ माओवादीका ९ सांसद भएपनि २ जनाको शपथ रोकिएको छ ।

मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।

मधेसमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन् ।

The post मधेस प्रदेशका मुख्यमन्त्री यादवसँगै ३ जना बिना विभागीय मन्त्रीले लिए शपथ appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर