डाटा लोड हुँदैछ...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिनु हुने भएकाे छ ।

मुख्यमन्त्री अधिकारीले शुक्रबार दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी प्रदेश सरकारका प्रवक्ता सिता सुन्दासले बताउनुभएकाे हाे । ३३ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री अधिकारी यहि पुस २५ मा मुख्यमन्त्रीमानियुक्त हुनु भएकाे थियाे ।

६० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ । मुख्यमन्त्री अधिकारीलाई नेकपा एमालेका २२, नेकपा माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन रहेकाे छ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएकाे छ ।

The post गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर