डाटा लोड हुँदैछ...

घनश्याम भूसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्य मनोनित

काठमाडौं,३० पुस – नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भूसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

बैठकमा भूसाललाई जिम्मेवारी दिने एकमात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए । कम्युनिष्ट नेता भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

The post घनश्याम भूसाल एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्य मनोनित appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर