Posts

Showing posts from August, 2023
डाटा लोड हुँदैछ...

भारतमा प्रति सिलिन्डर २ सयले घट्यो ग्यासको मूल्य

Image
नयाँ दिल्ली । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डरको मूल्यप्रति सिलिन्डर २ सय भारु घटाएको छ ।  बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।  अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँमा उपलब्ध हुनेछ । यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ ।

खाना पकाउने ग्यासको मूल्यमा रु २३५, पेट्रोलमा रु ४ र डिजेलमा रु ३ बढयो

Image
काठमाडौं, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पाेरेशनबाट बिहीवार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो। निगममले आजै रातिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपियाँँ डिजेल– मट्टितेलको प्रतिलिटर ३ रुपियाँँले मूल्य वृद्धि गरेको हो । यस्तै, खानामा पकाउने एलपि ग्याँसमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपियाँँले वृद्धि गरेको जनाएको छ । इण्डियन आयल कर्पाेरेशनले पेट्रोल र डिजेलमा क्रमशः ३ रुपियाँँ १७ पैसा र २ रुपियाँँ ४८ पैसाले बढेर आएको थियो। यस्तै, खाना पकाउने ग्याँसको मूल्यमा पनि प्रतिसिलिण्डर १८६ रुपियाँँ ४५ पैसाले वृद्धि भई आएको थियो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दर सहित समायोजन गरि कायम गरिएको जनाएको छ ।

२०८० भदौ १५ गते शुक्रबारको राशिफल

Image
आजको राशिफल बि.सं. २०८० भदौ १५ गते शुक्रबार ई.सं.२०२३ सेप्टेम्बर ०१ नेपाल सम्बत ११४३ गुंलागा द्वितीया, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ कृष्ण द्वितीया, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, धृति योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ५: ४२ बजे, सूर्यास्त साँझ ६: २४ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १७ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज रोपाई जात्रा रहेको छ ।  मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – दौडधूप गर्नुपर्ने काम, ढुवानीरयातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अप...

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी

Image
ह्यानोभर, १४ भदौ (रासस/एएफपी) ः जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई बैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई सरकारले अनुमोदन गरेको छ ।  संसद्ले पनि उक्त कानुनलाई अनुमोदन गर्ने विश्वासका साथ गाँजा सेवन गर्नेहरू क्लबमा आबद्ध हुन थालेका छन् । गँजेडीका "क्यानाबिस सोशल क्लब" धमाधम खुलेका छन् । एउटा क्लबमा पाँच सयभन्दा बढी सदस्य बन्न नपाइने प्रावधान लागू गरिएको छ । सरकारी नियमअनुसार एक जनाले तीन वटा गाँजाका विरूवा लगाउन पाउनेछ भने सोशल क्लबबाट दैनिक २५ ग्राम र एक महिनामा अधिकतमा ५० ग्राम गाँजा किन्न पाइनेछ । देशभर यस्ता क्लबको सङ्ख्या एक सय नाघेको छ ।  आफ्नो पूरा नाम उल्लेख गर्न नचाहने तर आफूलाई हेनरी विकरका रूपमा एएफपीसमक्ष आफनो पहिचान सार्वजनिक गरेका सोशल क्लबका संस्थापक ५८ वर्षीय पूर्वविद्युत् इन्जिनियरले क्बलमा आबद्ध हुन आठ सय जनाले आवेदन गरेका बताए । उनले ५७ जनाको आवेदनमात्र स्वीकृत गरिएको जानकारी दिँदै उनीहरूसँग व्यक्तिगत छलफल नगरी क्लबको सदस्यता नदिने ...

अवैधरूपमा वीरगंजमा सञ्चालित तीनवटा विद्यालयमा महानगरको सिलबन्दी

Image
वीरगंज, १३ भदौ । वीरगंज महानगरपालिकाभित्र अवैधरूपले सञ्चालित तीनवटा विद्यालय तथा कलेज बन्द गराएको छ ।  आज तीन वटा विद्यालयमा सिलबन्दी गरेको महानगरले जनाएको छ । वीरगंज–१३ स्थित वीरगञ्ज स्कुल अफ ल, वीरगञ्ज ११ स्थित ईम्पेरियल कलेज र वीरगञ्ज ५ रेशमकोठीस्थित बिजी बिज किड्स प्रि प्राइमर स्कुलमा सिलबन्दी गरेको हो । अनुमतिविना नै सञ्चालनमा रहेको फेला परेपछि महानगरपालिकाले उनीहरूलाई कारबाई गरेको नगरप्रमुख राजेशमान सिंहले बताए । उनले अनुमति नलिई अवैध रूपले संचालनमा रहेका विद्यालयलाई कारबाई गर्न निर्देशन दिएसँगै महानगरपालिका अन्र्तगतको नियमन समितिले विद्यालयमा सिलबन्दी गरेको बताए । वीरगंजका प्रशासन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा नं. १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव, नगरप्रमुख सिंहका प्रमुख जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागीतामा विद्यालयमा सिलबन्दी गरिएको थियो । 

लामिछानेको अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ५० औं खेल पूरा

Image
१३ भदौ, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ५० औं खेल पूरा गरेका छन् । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा एसिया कपमा पाकिस्तानविरुद्ध खेल्दै उनले एकदिवसीयमा ५० औं खेल पूरा गरेका हुन् । सन्दीपले ४९ ओडीआई खेलमा ३६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् । सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । सन्दीप रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीपछि ५० औं ओडीआई खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । सन्दीप ओडीआई इतिहासमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट लिने खेलाडी पनि हुन् । उनले गत वैशाखमा अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तिमान तोडेका थिए । सन्दीपले २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए । नेपाललाई एसिया कपमा पुर्‍याउन र ओडीआई मान्यता निरन्तरता गराउन उनको योगदान महत्वपूर्ण थियो । नेपालबाट सर्वाधिक धेरै ओडीआई खेल कप्तान रोहित पौडेलले ५२ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५० खेल खेलेका छन् । स्रोतः अनलाइन खबर

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

Image
१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

करेन्ट लागेर बालिकाको मृत्यु

Image
वीरगंज, ९ भदौ । करेन्ट लागेर पकाहामैनपुर गाउँपालिका–१ धोरेमा शनिवार बिहान एकजनाको बालिकाको मृत्यु भएको छ । इसाम मियाँँको ६ वर्षीय छोरी साहुल मियाँँको मृत्यु भएको प्रहरी चौकी धोरेका असई श्रीप्रसाद यादवले बताए । विद्युत विस्तार गरिएको पोलमा एक्कासी विद्युत प्रवाह भएपछि पोलमा टासिएर बालिका मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । विद्युत प्राधिकरण पोखरीया शाखा प्रमुख जगरनाथ झाले करेन्ट लागेर बालकको मृत्यु भएको घटनामा प्राधिकरणको कमजोरी नभएको बताएका छन् । उनले तीन दीन देखि लगातार भएको वर्षाले 'वर्षाैँदेखिको रहेको पोलमा नजिक रहेको बासले धक्का दिदाँ राति मात्र इनसुलेटर फुटेको र हामीलाई जानकारी पाउन साथ तुरून्तै काम गरिरहेको बताए । उनले बासले लडेर रातिमा इनसुलेटर टुटेको र नाङ्गो तार पोलमा टासिदा पोल विद्युत प्रवाह भएको बेला ति बालिकाले नजिक रहेको वारीमा आम्बा टिप्न पुगेका थिईन अम्बा टिपी सकेपछि घर फर्किने बेला नाली पार गर्दा उनले ढलेर पोल समातेका कारण उनको दुःखद् घटना हुन पुग्यो ।

क्रिकेटका माध्यमबाट मधेसको मान सम्मान बढयो– मन्त्री यादव

Image
बारा, ९ भदौ । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताउनुभएको छ ।  मधेस प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताउनुभयो । मधेसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख गर्दै उहाँले क्रिकेटका माध्यमबाट मधेसको मान सम्मान बढेको बताउनुभयो ।  "मधेसलाई क्रिकेटको हब बनाउन तथा खेलाडीको हौसला बढाउने काममा प्रदेश सरकार पूर्णरूपमा प्रतिबद्ध छ", मन्त्री यादवले भन्नुभयो–"खेलाडी देशको गहना भएकाले उनीहरूको संरक्षण तथा संवद्र्धनका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन ।"  नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले मधेस प्रदेशबाट उत्पादन भएका खेलाडीले नेपाली क्रिकेटको महत्व बढेको प्रष्ट पार्नुभयो । "काठमाडाँैबाहेक अन्य ठाँउमा सुविधा सम्पन्न खेल मैदान नहुँदा खेलाडीले आफ्नो क्षमता निखार्न सकिरहेका छ...

कलेज बसको ठक्करबाट एक जनाको मृत्यु

Image
जनकपुरधाम, ७ भदौ । जनकपुरधामस्थित मिट क्याम्पसको बसको ठक्करबाट एकजना पुरूषको मृत्यु भएको छ । जनकपुरधाम जलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नगरपालिका–९ परकौली चोकस्थित दामोदर स्कुल अगाडी भएको दुर्घटनामा सोही ठाउँ बस्ने वर्ष ३५ का सन्तोष यादवको मृत्यु भएको हो । बिहान साढे ११ बजेको समयमा जलेश्वरबाट जनकपुरधाम जाँदै गरेको ज८प ९२६७ नम्बरको मोटरसाइकललाई बा२क १५३६ नम्बरको कलेजको बसले ठक्कर दिँदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् । घाइते भएका यादवको जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । ठक्कर दिएको बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको खोजी कार्य तीव्र बनाइएको छ ।

update: चुरियामाईमा भारतीय तिर्थयात्री चढेको बस दुर्घटना, सात जनाको मृत्यु, मृतकमध्ये ६ जना भारतीय

Image
सिमराः पथलैया-हेटौडा सडकखण्ड अन्तर्गत चुरियामाईमा भारतीय तिर्थयात्री चढेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाईते भएका छन् । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश ३-००१ ख ७९९४ नम्बरको बस विहिबार बिहान करिब १ बजे चुरियामाईमा दुर्घटना भएको हो । तिव्र गतिका कारण भएको दुर्घटनामा मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेका छन् । मृतकमध्ये ६ जना भारतीय र एक जना नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा महोत्तरी लोहरपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन् भने अन्यको नाम खुलेको छैन । दुर्घटनामा घाईते भएका १७ जनाको हेटौडास्थित अस्पतालमा उपचार भईरहेको छ । घाइते हुनेमा भारत राजस्थानका घनश्याम चतुर्वेदी, माया देवी, अनिल कुमार, चारावती चुतर्वेदी, श्यामलाल माली, हरवारी माली, चौथी देवी, सुरेश चक्रवर्ती, रामप्रसाद, धरम सिंह, इन्दु धानुक, रामकुमार चतुर्वेदी, १६ वर्षीया गर्बिदा चतुर्वेदी र ९ वर्षीया क्रितिका चतुर्वेदी रहेका छन् । यसैगरी महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाँउपालिका १८ का घुरन मण्डल, महोत्तरी लोहारपट्टी ५ का जसबेन्दर...

चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते

Image
७ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए । दुर्घटना पछि बसका चालक फरार छन् ।

कटहरको रूख सुक्दै–मर्दै

Image
वीरगंज, ६ भदौ । जलवायु परिवर्तनको असर प्राकृतिक प्रकोप दैवी विपत्तिको कारण धादिङलगायत देशका विभिन्न भागका कटहर फलेर पाक्ने अवस्थामा आएपछि हिजोआज अचानक कटहरको रूख टुप्पोदेखि फेदसम्म सुक्दै मर्दै गएको छ।  फलेको कटहर भित्रभित्रै कुहिंदै गएको छ। कटहरको स्वाद बिग्रिएको छ। हिजोआज बजारमा वा झिकेर प्रतिकिलो ६०  रुपियाँँमा बिक्री भइरहेको छ। कटहरको रूख ठुलो हुन्छ, राम्रोसँग फल्यो भने एउटै रूखमा बढीमा डेढ सय फल्छ। एउटै कटहर बढीमा २५  किलो सम्म हुन्छ, कटर गुलियो मिठो फल हो ।  त्यस्तै जेठ–असार देखि फलेको अम्बाको रूख टुप्पो देखि सुक्दै मर्दै गएर देश भरि रोग पैmलिएको छ। अहिले देशमा अम्बाको रूखमा उत्पादन निकै कम छ। बागमती प्रदेश धादिङ जिल्लाको नौबिसे क्षेत्रमा विभिन्न जातको अम्बा २० वर्ष पहिले अति निकै फल्दछ। अहिले अम्बाको बोट मरेर सखापै हुँदा कहिकतै एक दुईवटा बोटमा मात्र अम्बा फुलेको पाइन्छ।  अम्बाको रूख कटहरको रूख हुँदै अन्य फलफूलको रूख प्राकृतिक कारणले मर्दै गएर उजाड नै हुने हो भन्ने डर देखापरेको छ। 

टिहुकी जग्गा खरिद बिक्री प्रकरणः राजनीतिक प्रतिशोध सांध्न बिवाद उत्पन्न गराइयो

Image
वीरगंज, ६ भदौ । पर्साको छिपहरमाई गाउँँपालिका वडा नं.३ झलमैहीयामा जग्गा खरिद बिक्रीको बिवादबारे पत्रकार सम्मेलन गरिएको छ ।  जग्गा खरिद गर्ने व्यक्ति रामेश्वर साह कानुले खरिदकर्ता तथा बिक्रिकर्ता छिपहरमाई गाउँँपालिका वडा नं. २ टिहुकी निवासी तारा देवी बिच कुनै बिवाद नरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ वीरगंजमा पत्रकार सम्मेलनमोछिपहरमाई गाउँँपालिका अध्यक्ष मनोज गुप्ताले स्थानीयहरूलाई लडाउन खाजेको आरोप लगाइएको थियो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कानुले स्थानीयहरूको रोहबरमा दुर्ई कठ्ठा जग्गा खरिदका लागि आफुले तारा देवीलाई १२ लाख ४६ हजार रुपियाँ दिएको बताए । स्थानीय भद्र भलादमीहरूकै आग्रहमा आफु जग्गा खरिदका लागि अग्रसर भएको र सहमतीमै प्रति कठ्ठा १० लाख ५० हजार रुपियाँ मोल कायम गरिएको र निज देवीले कागज पनि बनाई दिएको बताए । उनले देवी जग्गा पास गर्न आलटाल गर्दा आफुले ठगी मुद्दा दिएको भएपनि कुटपिट नगरेको बताए । इलाका प्रहरी कार्यालय पोखरीयाबाट सकुशल घर फर्किएकी देवीले पैसा दम्पच गर्न झुठा आरोप लगाएको तथा आफ्नो परिवारलाई बदनाम गर्न खाजेको कानुले आरोप ल...

सर्पदंशबाट बारामा बालिकाको मृत्यु

Image
वीरगंज, ५ भदौ । सर्पदंशको कारण बाराको मोतीसरमा एकजना चार वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१८ मोतीसर निवासी हरेराम साह कानूको चार वर्षीया छोरी रुद्राक्षी कुमारीलाई विषालु सर्पले टोक्दा उनको बुधवार बिहान चार बजे मृत्यु भएको छ । 

कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पति रोक्का

Image
वीरगञ्ज, ४ भदौ ः आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल, सम्राट ढुवानी सेवा कारबाहीस्वरुप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिनुभयो । यस्तै पर्साको वीरगञ्जकै पटेल किराना स्टोर्स, बूदर टेक्सटाइल इण्डट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स÷ज्योति मनि चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताउनुभयो । प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९÷८० मा रु १४ करोड ३९ लाख बक्यौता सङ्कलन गरिएको छ । ...

नेपालमा भारतले निर्यातमा प्रतिबन्ध गरेलगत्तै चामलको चर्काे मूल्यवृद्धि

Image
वीरगंज, २ भदौ । केही दिन पहिले भारतले चामल निर्यातमा प्रतिबन्धको घोषणा गरेको लगत्तै नेपालका व्यापारीहरूले चामलको चर्काे मूल्यवृद्धि गरेका छन् । यसतर्फ सरकार र उपभोक्ता मौन छ । वर्षा सिजनमा नेपालको धान उत्पादन राम्रो हुने क्षेत्र तराई र भारतका विभिन्न प्रान्तमा अनावृष्टि लामो खडेरीका कारण धानको रोपाइँ कम भएको र भोलिका दिनमा चामलको अभाव र संकट हुने सम्भावना छ। खाद्यान्य चामलको अभाव र संकट हुने संकेत पाएर भारतले चामलको निर्यात बन्द गरेको छ।  भारतले चामल, धानको निर्यातमा प्रतिबन्ध लगाएलगत्तै नेपालका व्यापारीहरूले विभिन्न जातका २५  किलोको प्रत्येक बोरा चामलको मूल्य चार सयदेखि सातसय रुपियाँँसम्म बृद्धि गरेर नाजायज फाइदा व्यापारीहरूले उपभोक्ताबाट उठाउन खोज्दैछन्। एकथोक व्यापारी स्रोत अनुसार आगामी दशैंसम्मलाई बजार बिक्री धान्ने चामल नेपालमा स्टक रहेको छ।  बजारमा चामलको स्टक हुँदाहुँदै रातारात अस्वाभाविक मूल्य बृद्धि गर्दा पनि बजार अनुगमन र नियन्त्रण गर्न आवश्यक पाइला चाल्न सकेको छैन। व्यापारी, पसलेको गोदाम र पसलमा चामल रहेसम्म साविककै मुल्यमा चामल बिक्री नगरे ठगी हुन्छ। ठगी व्यापार गर्नेलाई ...

प्रतीक दैनिकको वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानित, स्व. सुबोध सिंह स्मृति पुरस्कारबाट झा सम्मानित

Image
वीरगंज, १ भदौ ।  प्रतीक दैनिक ३६ औं वर्ष पूरा गरी ३७औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ भने स्व सुबोध सिंह स्मृति पुरस्कारबाट पत्रकार चन्द्रकिशोर झा सम्मानित भएका छन् ।  ५१ हजार नगद राशीसहित पत्रकार झा सम्मानित भएका थिए । उनलाई वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, प्रतीक दैनिका प्रधान सम्पादक जगदीश शर्मा र सम्पादक शत्रुघ्न नेपालले नगद, प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरे ।  प्रतीक दैनिकले फोटो पत्रकारहरू मध्येबाट छनौट गरी शुरूमा ५ हजार राशीबाट शुरू गरेको यो पुरस्कारको राशी विस्तार बढ्दै अहिले ५१ ह्जार पुगेको हो । राशी बढेझै पुरस्कार तर्पm फोटो विधाबाट विस्तारै लेखन विधा तर्पm पनि विस्तार गरिएको प्रतीक दैनिकका प्रधान सम्पादक शर्माले बताए ।  प्रतीक दैनिकको बार्षिकोत्सवको अवसरमा स्तम्भकार वैद्यनाथ ठाकुर, संवाददाता जीतलाल श्रेष्ठ र उत्कृष्ट कर्मचारी मुकेश बस्नेतलाई पनि नगद सहित सम्मानित गरिएको थियो ।  कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौत...

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, युवकको मृत्यु

Image
वीरगंज, ३२ साउन  । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटा मा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । वीरगंज महानगरपालिका छपकैया वडा नम्बर १ का जयनाथ सिंहका १६ वर्षीय छोरा राहुल कुमार सिंहको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान निचुटाबाट देउरिया आउने क्रममा सिंहले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घंटना हुदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्ष्Fक रामराजा केशरीले जानकारी दिए । शव पोष्टमार्टमका लागी नारायणी अस्पताल पठाइएको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखिएको प्रहरी निरीक्ष्Fक केशरीले बताएका छन् । 

समग्र उद्योग ट्रेड युनियनद्वारा चरणबद्ध आन्दोलनको घोषणा

Image
वीरगंज, ३२ साउन । समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) ले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।   आज अध्यक्ष हेमराज न्यौपाने र सचिव प्रेम चौधरीले जारी गरेको विज्ञप्ति अनुसार पहिलो चरण आन्दोलनका कार्यक्रमहरू घोषणा गरिएको छ ।   २०८० भाद्र १ गते एक घन्टा धर्ना र नारावाजी, ३ गते दुर्ई घन्टा धर्ना र नारावाजी, ४ गते तीन घन्टा धर्ना र नारावाजी, ५ गते चार घन्टा धर्ना र नारावाजी, ६ गते साझ ६ वजे मशाल जुलुस, ७ गते आधा घन्टा सम्पुर्ण उद्योग बन्द गर्ने जनाएको छ ।   साउन १ देखि लागु गर्नुपर्ने श्रमिकको पारिश्रमिक हालसम्म वृद्धि नगरेर श्रमिकलाई आन्दोलित बनाउने काम नेपाल सरकारले गरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । विदेश जानबाट युवा शक्ति रोक्न २०८० साल साउनबाट लागू हुने नयाँ न्यूनतम पारिश्रमिक रू. २५०००/– हजार कायम गरी असन्तुलित एवम् आकर्षण विहीन श्रम बजारलाई आकर्षक तथा मर्यादित बनाउन समग्र उद्योग टे«ड यूनियन नेपालले गत माघ १५ गते तत्कालिन श्रममन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । १२ वटा टे«ड यूनियन संघहरूले श्रम मन्त्रालयसमक्ष गत असार २६ गते ज्ञापनपत्र बुझाएको थियो ।   समग...

२०८० साल साउन ३२ गते बिहीबारको राशिफल

Image
आज २०८० साल साउन ३२ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ। कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ। सिंह : परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ। कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। तुला : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ। वृश्चिक : आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ। धनु : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। मकर : अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ। कुम्भ : बोलीमा मिठास आउनेछ। सोचे...

छानाको पानी सडकमा खसाउनेमाथि कारबाइ हुने

Image
वीरगंज, ३१ साउन । वीरगंज महानगरपालिकाले छानाको पानी सिधै सडकमा खसाउने घरधनीलाई कारबाई गर्ने चेतावनी दिएको छ । बुधवार महानगरपालिका कार्यालयले सार्वजनिक सूचना प्रकाशीत गरेर महानगर क्षेत्र भित्र बनेका घरहरूका छत/छानाबाट वर्षात लगायत अन्य प्रयोग भएको पानी सोझै सडकमा खसाउने घरधनीलाई प्रचलित कानुन अनुसार कारबाई गर्ने चेतावनी दिएको हो । घरको छत वा छानाबाट वर्षात वा अन्य प्रयोग भएको पानी सिधै सडकमा खसाउँदा सडकको संरचनामा क्षती पुगेको र सडक खाल्डो हुनुका साथै आवत जावत गर्ने यात्रीको शरीरमा समेत पानी पर्ने गरेको पाईएकोले त्यस्ता किसिमका कार्यहरू अविलम्ब बन्द गरी ब्यवस्थित तवरले छतको पानी नालामा खसाउन सूचना मार्पmत महानगरपालिकाले सबैमा अनुरोधपनि गरेको छ । यदि महानगरपालिकाको अनुरोधलाई अवहेलना गरी त्यस्ता किसिमको काम गरेको पाईएमा महानगरपालिका कारबाई गर्न वाध्य हुनेपनि उक्त सूचनामा उल्लेख छ ।

चिट चोर्न सघाउने दुईजना पक्राउ

Image
वीरगंज,३१ साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्न सहयोग गरेको आरोपमा वीरगंजबाट दुर्ई जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका – ३ बिर्तास्थित श्री त्रिजुद्ध रघुवीर राम महावीर प्रसाद माध्यमिक विद्यालयमा जारी बीबीएस दोस्रो वर्षको परीक्षा दिइरहेकी आफ्नो बुहारीका लागि चिट लिएर जाने र परीक्षा हलसम्म चिट पु¥याउन सहयोग गर्ने दुर्ई जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोहन प्रसाद यादव र विनोद कुमार स्वर्णकार रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक (इनस्पेक्टर) विदुर प्रसाद सिवाकोटीले बताए । इनस्पेक्टर सिवाकोटीका अनुसार परीक्षामा सहभागी बुहारीका लागि उत्तर लेखेको कागजसहित दुवैलाई प्रहरीले पक्राउ गरेको थियो । यादवले चिट लेखिएको कागज लगेर स्वर्णकारलाई दिँदै गरेको अवस्थामा उनीहरूलाई रङ्गे हात पक्राउ गरिएको इनस्पेक्टर सिवाकोटीले बताए । उनका अनुसार स्वर्णकार त्रिजुद्ध स्कुलमै कार्यरत शिक्षक हुन् भने हाल परीक्षामा पर्यवेक्षकका रूपमा खटेका छन् । त्यस्तै यादव ठाकुरराम बहुमुखी क्याम्पसको पूर्व कर्मचारी हुन् ।

सर्पदंशबाट पर्सामा एकजनाको मृत्यु

Image
वीरगंज, ३१ साउन । पर्साको ग्रामीण भेगमा मंगलवारराति सर्पको डसाईबाट एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा छिपहरमाई गाउँँपालिका वडा नम्बर ५ भिस्वाका २४ वर्षीय सेठ महतो केवट रहेको प्रहरी चौकी भिस्वाका प्रहरी वरिष्ठ नायब निरीक्षक रूद्र भट्टले जानकारी दिए । प्रहरीका अनुसार, मंगलवारराति आफनै घरमा सुतिरहेका बेला करिब एक बजेतिर सर्पले केवटलाई डसेको थियाो । सर्पले डसेको केहि समयमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले जानकारी दिए ।

बुहारीको उत्तरपुस्तिका साटेको आरोपमा ससुरासहित परीक्षा प्रमुख पक्राउ

Image
वीरगंज, ३१ साउन ।  बिबिएस दोस्रो वर्षको परीक्षामा उत्तरपुस्तिका साटेको आरोपमा परीक्षा प्रमुखसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।  कालिकामाई गा.पा.वडा नं.१ रबिदास टोल बस्ने वर्ष ६१ को मोहन प्रसाद यादव आफनो बुहारी विमा कुमारी यादवको उत्तरपुस्तिका साटेको आरोपमा पक्राउ परेका छन् भने सो कार्यमा सघाउने बारा विश्रामपुर गा.पा.वडा नं.१ कल्यानपुर घर भई हाल त्रिजुद्ध महाविर विद्यालयको कम्प्युटर शिक्षक तथा हाल सञ्चालन रहेको परीक्षाको परीक्षाप्रमुख वर्ष ५४ को विनोद कुमार स्वर्णकारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । आज बिहान ९ः३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.४ स्थित त्रिजुद्ध महाबिर प्रसाद रघुविर राम माध्यमिक विद्यालय विर्तामा संचालित बिबिएस दोस्रो वर्षको परीक्षा चलिरहेको अवस्थामा इकोनोमिक्सको विषयको प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रबाट बाहिर निकाली यादवले अन्य व्यक्ति मार्फत लेख्न लगाएको उत्तरपुस्तिका परीक्षा केन्द्रमा बुझाई परीक्षालाई अमर्यादित बनाएको सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको प्रहरी नि...

वीरगंजको ठाउँ–ठाउँमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान

Image
वीरगंज, ३१ साउन  । वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रूपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिभी क्यामरा रडार मोनिटरीङ्ग सिस्टमको बुधवार उदघाटन गरिएको छ ।  वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अत्याधुनिक सिसिटिभी क्यामराको उदघाटन गर्दै अब वीरगंजको सुरक्षामा मद्दत पुग्ने बताए । महानगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरण,  सरसफाई, नगरवासीको सुरक्षालाई प्राथमिकतामा राखेर सिसिटिभी जडान गरिएको बताए ।  कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रूममा जडान गरिएको अत्याधुनिक सिसिटिभी क्यामराको मोनिटरिङ्ग सिस्टमले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउँन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताए । वीरगंज महानगरपालिकाको २७ लाख रुपियाँँको लागतमा पर्सा प्रहरीको कन्ट्रोल रूममा राडर सहितको क्यामरा जडान गरिएको हो । उक्त क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना, चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न सहज हुने र तिव्रगतिमा गुडने सवारी साधनहरूलाई समेत कारबाई गर्न सहज हुने पर्...

२०८० साउन ३० गते मङ्गलबारको राशिफल

Image
आजको राशिफल बि.सं. २०८० साउन ३० गते मङ्गलबार ई.सं.२०२३ अगस्त १५ नेपाल सम्बत ११४३ अनालागा चतुर्दशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, अधिक श्रावण कृष्ण चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, व्यतिपात योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ५: ३४ बजे, सूर्यास्त साँझ ६: ४२ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १२ बजेर ०८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सोच्ने शक्ति र निणर्यात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा ...

हेटौँडा-काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

Image
२८ श्रावण २०८०, आईतवार मनहरि (मकवानपुर) । हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी–२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी–९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ । अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताए । त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका–११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा–काठमाडौँ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । भारी वर्षाका कारण हेटौँडा–४ हुँदै बग्ने कर्रा खोलामा आएको बाढी बस्त...

नेपाल शिक्षक महासंघ छिपहरमाई गापाद्वारा धर्ना कार्यक्रम

Image
वीरगंज, २८ साउन । नेपाल शिक्ष्Fक महासंघ छिपहरमाई गाउँपालिका, पर्साले आज छिपहरमाई गापा कार्यालय अगाडि धर्ना दिएका छन् ।  नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित आन्दोलनको कार्यक्रम अनुसार पालिकास्तरको धर्ना कार्यक्रम गरिएको हो । धर्ना कार्यक्रममा सो गापाका शिक्षकहरुले गापा कार्यालयमा धर्ना दिएका थिए ।  ज्ञापनपत्रमा नेपाल शिक्षक महासंघ देशको शिक्षाको विकास तथा नेपाली शिक्षक–कर्मचारीको पेसागत हकहितको प्राप्ति र संरक्षणका पक्षमा काम गर्ने पेसागत छाता संस्था हो । नेपाली शिक्षक–कर्मचारीको पेसागत हकहित र उन्नत विद्यालय शिक्षाको विपक्षमा हुने कुनै पनि षडयन्त्र अभियान र प्रयत्नहरूको विरोधमा उभिनु यसको कर्तव्य नै हो । अहिले सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०५० को मस्यौदामा रहेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वभिमानको खिलाफमा रहेका छन् । यस मस्यौदामा नेपाल शिक्षक महासङघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएका ३० बुँदे र ५१ बुँदे सहमतीका सबै बुँदाहरू उचित ढङ्गबाट समेटिएका छैनन् । त्यसै गरी यस मस्यौदाले स्थायी अस...

अप्रेशन ‘फोक्सट्रोट चार्ली’ : डा.पुनम थापा पक्राउ

Image
शुक्रबार, २६ साउन २०८० काठमाडौँ ।  प्रमाणपत्र किर्ते प्रकरण अर्का एक डाक्टर पक्राउ परेका छन् । शुक्रबार अप्रेशन 'फोक्सट्रोट चार्ली' अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डा.पुनम थापालाई पक्राउ गरेको हो । थापालाई काठमाडौँको गोठाटारस्थित निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । प्रमाणपत्र किर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।    यसअघि सांसद डा.सुनील शर्मासहित ७ जनालाई पक्राउ परिसकेका छन् ।

अपरेशन ‘फोक्सट्रोट चार्ली’ः निशानामा १५ चिकित्सक

Image
काठमाडौं, २६ साउन । बालुवाटारस्थित 'ललिता निवास क्याम्प' भित्रको सरकारी जग्गा हिनामिना र करिब १ सय किलो सुनवारे अनुसन्धान गरिरहेको सीआईबीले अर्काे ठुलो अपरेसन चलाएको छ ।  बिहीवार नक्कली शैक्षिक प्रमाणपत्रविरूद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् । पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मासहित ५ जना छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह छन् । रामबाबु यादवलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रौतहटबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै छ । डा. एरिना काठमाडौंमा पक्राउ परेकी हुन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरूद्ध सञ्चालन गरिएको अपरेशनको नाम 'फोक्सट्रोट चार्ली' राखिएको छ । अपरेशनको कमान्ड डिएसपी डा.तपन दाहालले गरेका छन् । विगतमा ब्युरोले नै सञ्चालन गरेको नक्कली चिकित्सक विरूद्धको अपरेसन 'क्वाक'कै निरन्तरतामा नक्कली सर्टिफिकेटविरूद्ध कारबाई सञ...

२०८० साउन २६ गते शुक्रबारको राशिफल

Image
आजको राशिफल बि.सं. २०८० साउन २६ गते शुक्रबार ई.सं.२०२३ अगस्त ११ नेपाल सम्बत ११४३ अनालागा एकादशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, अधिक श्रावण कृष्ण एकादशी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, व्याघात योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५: ३२ बजे, सूर्यास्त साँझ ६: ४५ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौँ मुखमा राखेर  जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ११ मिनेट देखि ०८ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।   मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्धरसम्पर्क बढ्ने तथा सरसहयोग लिनरदिन सकिने समय हो । कु...

आजको राशिफल: २०८० साउन २५ गते बिहिवार

Image
आजको राशिफल बि.सं. २०८० साउन २५ गते बिहिबार ई.सं.२०२३ अगस्त १० नेपाल सम्बत ११४३ अनालागा दशमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, अधिक श्रावण कृष्ण दशमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, धु्रव योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५: ३१ बजे, सूर्यास्त साँझ ६: ४६ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३१ मिनेट देखि ०७ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँकेरताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन स...

अव्यवस्थित इन्टरनेट तारको कारण आगलागी

Image
वीरगंज २३ साउन ।  वीरगंजको घन्टाघरदेखि पुर्बतर्फको लिंक रोडमा बिद्युत पोलमा बिधुत सर्टसर्किट हुँदा आग्लागी भएको छ । आगो वीरगंज महानगर पालिकाको बारूणयन्त्रले नियन्त्रणमा लिएको थियो ।   वीरगंजको घन्टाघरदेखि पुर्ब तर्पmको लिंकरोडमा बिद्युत पोलमा गुजुल्टिएको तारमा सर्टसर्किट भई आगलागि भएको थियो । पोलमा लागेको आगो वीरगंज महानगरपालिकाको बारूणयन्त्रले नियन्त्रणमा लिएको थियो । पोललको तार आगोले जलेको कारण सो भेगका टेलिफोन, टिभी, ईन्टरनेट सेवा अवरूद्ध भएको छ ।

भेडाहा खोलामा आएको बाढीको पानी बस्तीमा पस्यो

Image
वीरगंज २३ साउन । वीरगंजमा भेडाहा खोलामा आएको बढीको पानीले  बाध कटान गरी बस्तीमा पस्दा घरहरू डुबानमा परेका छन् । डुबान क्षेत्रको सांसद प्रदीप यादव र मेयर राजेशमान सिंहले स्थलगत निरीक्षण गरेका थिए ।  वीरगंज महानगरपालिका वडा नम्बर ३० र ३१ मा भेडाहा खोलामा आएको बाढीको पानीले बाँध भत्काएर लालपर्सा, जगरनाथपुरलगायतको बस्तिमा पसेपछि घरहरू डुबानमा परेका छन भने ग्रामीण भेगसँग जोडीने सडकहरू अवरूद्ध भएका छन् ।  बाढीको पानीले खेतहरू समेत डुबानमा परेको छ । भेडाहा खोलाको पानी बस्तिमा पसेको सूचना पाउनासाथ पर्सा निर्वाचन क्षेत्र  नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगंज महानगर पालिकाका मेयर राजेशमान सिंह प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । दुवै नेताले स्थानीयको समस्या बुझेर बाढी नियन्त्रण गर्ने बिषयमा सम्बन्धीत पक्षसँग छलफल गरेका थिए ।

मधेस प्रदेशको उत्तरी भागमा भारी वर्षा

Image
वीरगंज, २३ साउन । साउन २३ गते बिहान ६ बजेको नेपाली आकाशमा छाएको मनसुनी बादल र त्यस्ले पारी रहेको वर्षा को ताजा अवस्था यसप्रकार छ ।  जल तथा मौसम बिज्ञान बिभाग अनुसार बर्दिया, धन्बास क्षेत्रमा पछिल्लो ६ घन्टा मा मात्रै १५५ मिमि वर्षा भएको छ, जुन भारी वर्षा हो । त्यस क्षेत्रका नदि नालामा बाढी र बस्तीमा डुबानको जोखिममा परेको छ ।  सिन्धुलीको हरिहरपुर क्षेत्रमा २०५ मिमि, धनुषा, बर्दिवास मा १७३ मिमि वर्षा भएको छ । पछिल्लो १२ घन्टाको अवस्था हेर्दा लुम्बिनी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशको उत्तरी भागमा पनि भारी वर्षा भएको छ । आज दिनभरी नै वर्षाको संभावना छ । आगामी २–३ दिन सम्म यो अवस्था कायम रहने देखिन्छ । काठमाडौं उपत्यकामा पनि आज बिहानै देखि लगातार वर्षा भैरहेको छ । उपत्यका का धेरै नदि सतर्कताको लेबल मा पुगेका छन । सडक यातायात गर्दा वर्षा र बाढीको अहिलेको अवस्था र पूर्वानुमान हेरेर मात्र यात्रा गर्न सचेत गराइएको छ । 

आजको राशिफल: २०८० साउन २३ गते मङ्गलबार

Image
२०८० श्रावण २३ मंगलबार आजको राशिफल बि.सं. २०८० साउन २३ गते मङ्गलबार ई.सं.२०२३ अगस्त ०८ नेपाल सम्बत ११४३ अनालागा अष्टमी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, अधिक श्रावण कृष्ण अष्टमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, गण्ड योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ५: ३० बजे, सूर्यास्त साँझ ६: ४८ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर खाएर  जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १२ बजेर ०९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यक...

१५७ केजी लागूऔषध गाँजासहित सात पक्राउ

Image
वीरगंज, २२ साउन । बारा प्रहरीले एक सय ५७ केजी लागूऔषध गाँजासहित सात जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले आइतवार साँझ जीतपुरसिमरा २२ स्थित अमलेखगंजको जंगलबाट गाँजासहित उनिहरूलाई पक्राउ गरेको हो । गाँजा ओसारपसार भईरहेको सूचना पाएपछि प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले तीन नेपाली र चार भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका व्यक्तिलाई सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १ का ३९ वर्षीय रोशन नेगी, भिमफेदी गाउँँपालिका ९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका २२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्धिन खान, १८ वर्षीय देव कुमार, ३५ वर्षीय जागिरद्धिन मियाँँ, भारत बहराईजका २६ वर्षीय अहमद भाट रहेका छन् । उनिहरूको साथबाट बा११च ४९९२ नम्बरको स्कोरपियोसहित एक थान भारतीय नम्बर प्लेटलको पिकअप र एक थान भारतीय नम्बरको मोटरसाईकल बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरी उपरीक्षक बोगटीका अन...