डाटा लोड हुँदैछ...

भेडाहा खोलामा आएको बाढीको पानी बस्तीमा पस्यो

वीरगंज २३ साउन । वीरगंजमा भेडाहा खोलामा आएको बढीको पानीले  बाध कटान गरी बस्तीमा पस्दा घरहरू डुबानमा परेका छन् । डुबान क्षेत्रको सांसद प्रदीप यादव र मेयर राजेशमान सिंहले स्थलगत निरीक्षण गरेका थिए । 

वीरगंज महानगरपालिका वडा नम्बर ३० र ३१ मा भेडाहा खोलामा आएको बाढीको पानीले बाँध भत्काएर लालपर्सा, जगरनाथपुरलगायतको बस्तिमा पसेपछि घरहरू डुबानमा परेका छन भने ग्रामीण भेगसँग जोडीने सडकहरू अवरूद्ध भएका छन् ।  बाढीको पानीले खेतहरू समेत डुबानमा परेको छ । भेडाहा खोलाको पानी बस्तिमा पसेको सूचना पाउनासाथ पर्सा निर्वाचन क्षेत्र  नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगंज महानगर पालिकाका मेयर राजेशमान सिंह प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । दुवै नेताले स्थानीयको समस्या बुझेर बाढी नियन्त्रण गर्ने बिषयमा सम्बन्धीत पक्षसँग छलफल गरेका थिए ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर