डाटा लोड हुँदैछ...

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, युवकको मृत्यु

वीरगंज, ३२ साउन  । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटा मा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका छपकैया वडा नम्बर १ का जयनाथ सिंहका १६ वर्षीय छोरा राहुल कुमार सिंहको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान निचुटाबाट देउरिया आउने क्रममा सिंहले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घंटना हुदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्ष्Fक रामराजा केशरीले जानकारी दिए ।

शव पोष्टमार्टमका लागी नारायणी अस्पताल पठाइएको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखिएको प्रहरी निरीक्ष्Fक केशरीले बताएका छन् । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर