डाटा लोड हुँदैछ...

अप्रेशन ‘फोक्सट्रोट चार्ली’ : डा.पुनम थापा पक्राउ

शुक्रबार, २६ साउन २०८० काठमाडौँ । 

प्रमाणपत्र किर्ते प्रकरण अर्का एक डाक्टर पक्राउ परेका छन् । शुक्रबार अप्रेशन 'फोक्सट्रोट चार्ली' अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डा.पुनम थापालाई पक्राउ गरेको हो ।

थापालाई काठमाडौँको गोठाटारस्थित निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । प्रमाणपत्र किर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।   

यसअघि सांसद डा.सुनील शर्मासहित ७ जनालाई पक्राउ परिसकेका छन् ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर