Posts

डाटा लोड हुँदैछ...

सीधा इंसान को कभी सुख नही मिलता

Image
Ram Tere Kitne Naam 1985 Bollywood Full Movie HD | Sanjeev Kumar | Rekha...

कोई कोई फिल्म बहुत दर्द दे जाती है दिल को

Image
Namkeen | Hindi Full Movie | Sanjeev Kumar | Sharmila Tagore & Shabana A...

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सिंहको सरुवा यातायात व्यवस्था कार्यालयमा

Image
वीरगंज, १३ असोज । घरेलु तथा साना उद्योग कार्यालय, पर्साका प्रमुख धनञ्जयकमार सिंहको यातायात व्यवस्था कार्यालय धनुषामा सरुवा भएको छ । धनन्जयकुमार सिंह उद्योग विभाग अन्तर्गत पर्ने घरेलु तथा साना उद्योग कार्यालयमा विगत दुई वर्ष बिताएका थिए । उनले आफनो कार्यकालमा  इमानदारीपूर्वक कार्य सम्पादन गरेको बताए । कार्यक्रममा सिंहको दुई वर्षे कार्यकालमा कार्यालयको कामको प्रगति सराहनीय रहेको लेखा अधिकृत प्रद्युमन प्रसादले मन्तव्य व्यक्त गरेका थिए । बिदाइ कार्यक्रममा उद्योग विभाग पर्सा घरेलु तथा साना उद्योग कार्यालयका सुदर्शन आचार्य, मन रावल, कमलेश कुमार गुप्ता कानू, विणा कुमारी, सरिता खडका, सञ्चारकर्मी प्रेम सर्राफलगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नासु सुरज रामले गराएका थिए ।

रानीघाट पुलमा हाम फालेकी राधिकाको खोजी हुंदै

Image
वीरगंज, १३ असोज । वीरगंजको रानीघाट पुलबाट श्रीसिया नदीमा हाम फालेकी करीब १७ वर्षीया राधिका कुमारी दासको खोजी कार्य भइरहेको छ । बिपद ब्यवस्थापन गुल्म प्रहरी टोलीले युवतीको खोजी कार्य जारी राखेको जनाएको छ । आज बिहान अन्दाजी ९ः३० बजेको समयमा रानीघाट नजिकै रहेको पुलबाट हामफाल्नु अघि पहिला आफ्नो मोबाइल फालेकी प्रत्यक्षदर्शीहरूले बताएका छन् । पुलबाट नदीमा हाम फालेकी ती बालिकाले नदीमा आएको बाढीले बगाएर बेपत्ता बनाएको छ।   बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा प्रसौनी बस्ने विनोद दास र मन्तुरा दासकी १६ बर्षीया छोरी राधिका कुमारी दास रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले भने बेपत्ता किशोरीको खोजी जारी रहेको र विवरण भने आउन बाँकी रहेको जनाएको छ । प्रहरीले घटनास्थलबाट किशोरीकी आमा मन्तुरालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा लगेको छ । 

अल्पाइन माविका दाजुभाइ पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्दै

Image
वीरगंज, १२ असोज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ असवारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई टोल बस्दै आएका दाजुभाइ नितेश र सतीश गुप्ता पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्दैछन् । वीरगंज–११ दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालयका छात्र सतीश गुप्ताले एनइइटी परीक्षा पास गरेर भारत, आगराको सरोजिनी नायडू मेडिकल कलेजमा एमबिबिएसमा भर्ना भएका छन् । अल्पाइन माविका सञ्चालक विनोद उपाध्यायले सतीश गुप्ता र उनका परिवारप्रति बधाई ज्ञापन गर्दै सतीश गुप्तालाई डाक्टर बनाउन उनका परिवारले देखाएको निरन्तर समर्पण र समर्थनप्रति सराहना गरेका छन् । लगन, जोश र समर्थनका साथ सबै कुरा हासिल गर्न सकिने कुरा सतीशले पुष्टि गरेको सञ्चालक उपाध्यायले बताए । यसबाट अल्पाइन माविका भविष्यका विद्यार्थीहरुको लागि सतीशले मार्गप्रशस्त गरेकोमा आफू पनि गौरन्वावित भएको बताए । यसअघि सतीशका दाजु नितेशले पनि पूर्ण छात्रवृत्तिमा हाल पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्स पढिरहेको उनले जानकारी दिए । सञ्चालक उपाध्यायले दुवै दाजुभाइले इतिहास बनाएकोमा सफलताको शुभकामना पनि दिएका छन् । 

घनघोर वर्षाको कारण पर्सा डुबानमा, सतर्कता अपनाउन विभागको अनुरोध

Image
वीरगंज, १२ असोज । बिहीवारदेखि परेको घनघोर वर्षाको कारण पर्सा जिल्लाको विभिन्न स्थान डुबानमा परेको छ । घनघोर वर्षाको कारण श्रीसिया नदीको जलसतह पार गरेको छ । नदिको सतह पार गरी त्यसको पानी नजिकको बस्तीमा पसेको छ । वीरगंजका अधिकांश वडाहरु जलमग्न भएको छ भने घरघरमा पानी पसेको छ । आज बिहान वर्षा केही मत्थर भएपछि मानिसहरु पानी निकास गर्न जोहो गर्न थालेका छन् । वीरगंज महानगर प्रमुख राजेशमान सिंहले आज बिहानदेखि नगरको अनुगमन गर्दै सर्वसाधारणलाई सचेत गर्न थालेका छन् । श्रीसिया नदीको पानीको बहाव बढीरहेकोले उच्च सतर्कता अपनाउन नगरवासीहरूलाई आग्रह गरेका छन् । यसैबीच जल तथा मौसम विज्ञान विभागले पर्सा बारावासीलाई सन्देश पठाउंदै बारा जिल्ला स्थित पसाहा खोला, महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ । यसैबीच अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिवार बिहान ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।   नेपाल ...

धार्मिक पर्यटकीय स्थलहरूको प्रबद्र्धन र प्रचारमा सरकारको ध्यान जाओस्– अध्यक्ष पन्त

Image
वीरगंज, ११ असोज । वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरूले धार्मिक पर्यटनलाई महत्व दिएर ४५औं अन्तराष्ट्रिय पर्यटन दिवस मनाएका छन् । वीरगंज नाका हुँदै जनकपुरधाम  र पशुपतिनाथ मन्दिर जान हिडेका छ जना भारतीय धार्मिक पर्यटकहरूलाई दहि र जुस खुवाएर टीका, माला सहित भब्य स्वागत गरेर धार्मिक पर्यटनलाई विशेष महत्व दिएका हुन ।   पशुपतिनाथ, जनकपुर, गढिमाइ र मुक्तीनाथ जस्ता पबित्र र पौराणिक हिन्दु धामहरू मुलुकमा प्रशस्त रहे पनि राज्यले भने त्यस्ता धार्मिक पर्यटकीय स्थलहरूको प्रबद्र्धन र प्रचारमा ध्यान दिन सकिरहेको छैन । राज्यको ध्यान तान्नकै लागि पनि आज पर्यटन दिवसको अवसर पारेर धार्मिक पर्यटनलाई महत्वका साथ जोडन खोजेको होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंजका अध्यक्ष  हरि पन्तले बताए । उनले सम्भावना धेरै भए पनि नेपालको धार्मिक पर्यटन ओझेलमा परेको बताए । वीरगंजका होटल तथा पर्यटन ब्यवसायीहरूले आज वीरगंजको शंकराचार्यद्धार मा औपचारिक कार्यक्रम गरेर पर्यटकहरूको स्वागत गरेका थिए । स्वागत गरिएको पर्यटकहरूलाई ब्यबसायीहरूले गन्तब्यसम्म जान पुग्न भाडाको समेत ब्यबस्थापन गरिदिएका थिए । वीरगंजको शंकराचार्यद्धारमै संघ...