Posts

डाटा लोड हुँदैछ...

फागुन १ गते जनयुद्ध दिवसका अवसरमा बिदा छैन

Image
काठमाडौँ, २९ माघ : गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित उक्त दिन बिदा कायम नरहेको जानकारी दिनुभयो । सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो ।

सांसद यादव र मेयर सिंहले स्वास्थ्य प्रयोगशालाको शिलान्यास गरे

Image
वीरगंज, २९ माघ । सांसद प्रदीप यादव र नगरप्रमुख राजेशमान सिंहले वीरगंज महानगरपालिकाले वडा नम्बर २३ सबैठवामा निर्माण हुने स्वास्थ्य प्रयोगशालाको शिलान्यास गरेका छन् ।   सांसद यादवले महानगरको ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।   नगरप्रमुख सिंहले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । महानगरको ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफूहरू लागिपरेको बताए । उनले सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनुपर्ने बाध्यता हटाउन र नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले सबैठवामा साढे ६६ लाख रुपियाँको लागतमा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न लागेको जानकारी गराए ।   असार मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने गरि शुरू भएको प्रयोगशाला भवन निर्माण कार्यको सोमवार शिलान्यास गरिएको थियो । ६६ लाख ५१ हजार ५ सय ३७ रुपियाँको लागतमा निर्माण हुन लागेको स्वास्थ्य प्रशोगशाला भवनको स्यारन बिजी कन्सट्रक्सन प्रा.लि.ले ठेक्का सकार गरेको छ ।

गोली प्रहारबाट सिंहको हत्या

Image
वीरगंज, २९ माघ । रक्सौल हरैया निवासी अनुप सिंहलाई आइतवार दिउँसो सुगौलीको छपुवानिर अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।  सुगौलीस्थित टोलटैक्समा गाडी शुल्क बुझाउने क्रममा स्कार्पियोमा आएका समूहले सुजुकी कारमा रहेका सिंहमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो ।  गोली प्रहारबाट घाइते सिंहलाई मोतिहारी जिल्ला अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  सिंह  आइतवार कामविशेषले मोतिहारी गएका थिए र फर्कने क्रममा यो घटना भएको थियो ।

अल्पाईन कप क्रिक्रेट नेशनल एकेडेमी क्याम्पस बिजयी

Image
 बिरगंज २९ माघ । आइतबार भएको प्रथम अल्पाईन कप - २०८० क्रिक्रेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा नेशनल एकेडेमी क्याम्पस बिजयी भएको छ । प्रथम अल्पाईन कप - २०८० क्रिक्रेट प्रतियोगिताको दोस्रो दिन आइतबार भएको पहिलो खेल नेशनल एकेडेमी क्याम्पस र ब्राइट पब्लिक स्कूल बीच भएको थियो । बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा आइतबार भएको लिग क्रिक्रेट प्रतियोगिता -२०८० दोस्रो दिनको पहिलो खेलमा नेशनल एकेडेमी क्याम्पस ६५ रनले ब्राइट पब्लिक स्कूललाई पराजित गर्दै बिजयी भएको थियो । नेशनल एकेडेमी क्याम्पसका खेलाडी आबिद बाबु ठकुरी म्यान अफ द म्याच घोषित भएका थिए भन्ने उनलाइ ट्रफी ले सम्मानित गरिएको छ।

बारामा नक्कली नोट सहित पाँचजना पक्राउ

Image
वीरगंज  २५ माघ । बारा प्रहरीले  नेपाली नक्कली नोटसहित पाँच जनालाइ पक्राउ  गरिएको पत्रकार  सम्मेलनको आयोजना गरेर सार्बजनिक  गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट सर्लाही  जिल्ला चन्द्रनगर गाउँँपालिका ३ का रामचन्द्र महतो कोइरी, बाराको परवानीपुर गाउँपालिका ५ का सुमित साह, सोही स्थानका सन्तोष  पटेल, वीरगंज महानगरपालिका–१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव गरी पाँचजनालाई बिभिन्न स्थानबाट  नेपाली  नक्कली  नोटसहित पक्राउ गरी अFवश्यक कारवाही  भैरहेको जिल्ला प्रहरी  कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले माघ २४ गते जितपुरसिमरा उप महानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा नक्कली नोटको कारोवार गरिहेको अवस्थामा एक जनालाई पक्राउ गरेको थियो । उनलाई पक्राउ गरि अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न अन्य ४ जना लाई समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । प्रहरी उपरीक्षक काफ्लेका अनुसार विभिन्न ठाउँहरूबाट पक्राउ गरी एक हजार दरको नोट थान ६१ नक्कली नोट र भारतीय सिमकार्ड सहितको मोबाईल ...

रङ्गीन काउली: प्रतिकिलो दुई सय दरले बिक्री

Image
सिरहा, २४ माघ :  सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल हुनुभएको  छ । उहाँले उत्पादन गर्नुभएकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ । उहाँले भन्नुभयो "सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ ।  स्वदेश फर्किएपछि  भारतबाट काउलीको बीउ झिकाए ।  परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो ।   बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।" उहाँले  एक किलोसम्मको काउली फलाउनुभएको थियो  । "यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पु¥याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ," किसान साहले भन्नुभयो, "आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।" उहाँले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो दुई सय  दरले बिक्री गर्नुभएको थियो । खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उहाँले जानकारी दिनुभयो । "सबैतिर यस काउलीको च...

ठोरी देश विकासको लागि कोशेढुङ्गा साबित हुने

Image
वीरगंज २३ माघ । पर्सा जिल्लाको सुदूरपश्चिममा रहेको ठोरीको विकास दिन दुर्ई गुणा रात चौगुणा हुँदै गएको छ।  ठोरीमा हुलाकी राजमार्ग पुगेपछि  ठोरीको बिकासले गति लिएको हो। अहिले बन्द अवस्थामा रहेको ठोरी नाका खुलाउन चौतर्फी माग छ। बाग्मती प्रदेशको भारतको सीमानजीक ठोरी नै हो । बाग्मती प्रदेशको चीनसँग सिमाना जोडीएको र ठोरी नाका खुले भारतको सीमानाकासँग नजिक हुने र प्रस्तावित उत्तर–दक्षिण सडक पनि बाग्मती प्रदेशको मध्य भएर निर्माण हुने भएपछि सडक सम्पर्कले चीन र भारतलाई जोडने भएकोले पनि ठोरी नाका प्रदेशको लागि मात्र नभई देश बिकासको लागि समेत कोशेढुङ्गा साबित हुने विज्ञहरु बताउँदै आएका छन् ।  परापूर्वकालमा नेपालको प्रमुख नाका ठोरी नै थियो । वीरगंज नाका खुलेपछि ठोरी नाका ओझेलमा परेको हो । बाटोघाटोको सुबिधा नहुनुले पनि ठोरी विकासमा पछि पर्दै गएको थियो । चारैतिरबाट नदीले घेरिएको, बर्षा लाग्नासाथ आवतजावत बन्द हुने भएकोले पनि ठोरी सरकारी  उपेक्षाको शिकार बन्दा बिकास निर्माणको काम समेत भएन र सुगम जिल्लाको दुर्गम स्थान भएको थियो । देशमा बहुदलीय  व्यवस्था पुनस्र्थापित भएपछि ठोरीमा छो...