अल्पाईन कप क्रिक्रेट नेशनल एकेडेमी क्याम्पस बिजयी
बिरगंज २९ माघ । आइतबार भएको प्रथम अल्पाईन कप - २०८० क्रिक्रेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा नेशनल एकेडेमी क्याम्पस बिजयी भएको छ ।
प्रथम अल्पाईन कप - २०८० क्रिक्रेट प्रतियोगिताको दोस्रो दिन आइतबार भएको पहिलो खेल नेशनल एकेडेमी क्याम्पस र ब्राइट पब्लिक स्कूल बीच भएको थियो ।
बिरगंजको नारायणी रंगशालाको क्रिक्रेट मैदानमा आइतबार भएको लिग क्रिक्रेट प्रतियोगिता -२०८० दोस्रो दिनको पहिलो खेलमा नेशनल एकेडेमी क्याम्पस ६५ रनले ब्राइट पब्लिक स्कूललाई पराजित गर्दै बिजयी भएको थियो ।
नेशनल एकेडेमी क्याम्पसका खेलाडी आबिद बाबु ठकुरी म्यान अफ द म्याच घोषित भएका थिए भन्ने उनलाइ ट्रफी ले सम्मानित गरिएको छ।
Comments
Post a Comment