डाटा लोड हुँदैछ...

गोली प्रहारबाट सिंहको हत्या

वीरगंज, २९ माघ । रक्सौल हरैया निवासी अनुप सिंहलाई आइतवार दिउँसो सुगौलीको छपुवानिर अज्ञात समूहले गोली हानी हत्या गरेको छ । 

सुगौलीस्थित टोलटैक्समा गाडी शुल्क बुझाउने क्रममा स्कार्पियोमा आएका समूहले सुजुकी कारमा रहेका सिंहमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । 

गोली प्रहारबाट घाइते सिंहलाई मोतिहारी जिल्ला अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिंह  आइतवार कामविशेषले मोतिहारी गएका थिए र फर्कने क्रममा यो घटना भएको थियो ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर