Posts

डाटा लोड हुँदैछ...

वीरगंज महानगरमा यौन व्यापार फस्टाउदै

Image
वीरगंज महानगर  क्षेत्रमा  दिनप्रतिदिन यौन ब्यबसाय फस्टाउदै गइरहेको छ । यौन ब्यापार गर्ने महिलाहरू केही स्थानीय छन भने केहि घुमन्ते र केहि भारतबाट समेत वीरगंज आएर यौनब्यापर गरिरहेको सोही क्षेत्रमा काम गर्ने संस्थाले जनाएको छ ।   वीरगंजका सानादेखि  ठूला होटेल तथा रेस्टुरेन्टहरू मदिरा भट्टीहरूमा यौनकर्मी महिला राखिएका हुन्छन् । भन्नको लागी  उनीहरूलाई कामदार भनिन्छ तर उनिहरूको वास्तबिक पेसा भनेको यौन ब्यापार हुन्छ ।  ती होटेल, रेस्टुरेन्ट तथा मदिराभट्टी  संचालकहरूले ग्राहकको आर्थिक  हैसियत अनुसार महिला उपलब्ध  गराउने गर्दछन् । कोहि आर्थिक हैसियत कमजोर भएकोले जीवन धान्न यौन ब्यापारमा लागेको पाइन्छ भने केहि मिठो खान राम्रो लगाउन मोजमस्ती गर्न यौनब्यापार गर्ने गरेका छन् । केहि यौनकर्मी भने घुमिघुमि यौन ब्यापार गर्ने गर्दछन् उनीहरूको एउटै ठेगाना हुदैन ।   यौनब्यापारमा एउटा कहालिलग्दो तितो सत्य पनि देखिएको छ । स्कुल, कलेज पढ्ने किसोरीहरू पनि यौनब्यापारमा लागेको पाइन्छ । यौनकर्मी महिलाहरूको अधिकार र सुरक्षाको क्षेत्रमा  काम गर्दै आएको संस्थाक...

भारतीय नम्बरको एम्बुलेन्स र चालक भन्सार चलान

Image
बीरगञ्ज ३ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले  बिना भन्सारको भारतीय एम्बुलेन्स र चालकलाई आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।  भारतीय बोलेरो एम्बुलेन्स गाडी भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामिण एरिया तथा महानगरपालिका भित्रमा अनाधिकृत रुपमा प्रयोग गर्दै आईरहेको  सूचना अनुसार पुस २ गते वीरगञ्ज महानगरपालिका वडा नं.१३ तराई अस्पताल अगाडी सडकखण्डबाट BR1AP 5291 नम्बरको भारतीय बोलेरो एम्बुलेन्स गाडीलाई स्वरूप परिवर्तन गरी स्कारपियो गाडीको पार्टसहरू लगाएको विना भन्सारको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरीले एम्बुलेन्स  चालक भारत विहार जिल्ला पुर्वी चम्पारण पलनवा ग्राम बहुअर्वा बस्ने वर्ष ३० को महमद नेजामुदिन लाई पक्राउ गरी आज अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायब निरीक्षक कुमार विक्रम थापाले बताउनुभएको छ।

३ लाख ३५ हजार मूल्य बराबरको प्याज र जुत्ता बरामद

Image
बीरगञ्ज ३ पुस । जिल्ला प्रहरी कार्यालय बाराले ३ लाख ३५ हजार मूल्य बराबरको प्याज र जुत्ता बरामद गरेको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैया बाराबाट खटिएको बिशेष प्रहरी टोलीले विल विजक नभएको अबैध भन्सार छलीका ३ खाल ३५ हजार ५ सय रूपैया बराबरको प्याज र जुत्ता नियन्त्रणमा लिएको हो । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंज मा चेकजाँच गर्ने क्रममा बा १७ च ७७८० नं. को मारुति भ्यान बाट  जुत्ता २४३ जोर मुल्य रू. २,८०,५०० र जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा जाँच गर्ने क्रममा  प्र.१-०१-००१ख३५७८ न.को यात्रुबहाक बस १००० किलो प्याज करिब ५५ हजार मूल्य बराबरको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो

Image
 चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ। चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ। भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएकाे प्रत्यक्षदर्शीले बताएका छन्। गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ। प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजारभन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ। रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको , छ ।

३८० किलो गाँजासहित दुईजना भारतीय पक्राउ

Image
काठमाडौँ  ३ पुष २०८०, मंगलवार । प्रहरीले चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका गरेको छ ।भरतपुर महानगरपालिका९१ आँपटारीबाट मङ्गलवार बिहान दुई जनालाई गाँजासहित पक्राउ प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो । पक्राउ पर्ने दुई जना चालक र सहचालक हुन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प, १०० बढीको मृत्यु

Image
३ पुस २०८०, मंगलबार   काठमाडौँ–  चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् । मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण ( यूएसजीएस )ले भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाएको छ । यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् । आपतकालीन कामदारहरूले चिसो मौसमको सामना गर्दै उद्धारकार्यलाई जारी राखेको समाचारमा जनाइएको छ । 

विदेशी महिलाले नेपालीसँग विवाह गरे लगत्तै नागरिकता पाउने व्यवस्था अनुचित

Image
काठमाडौँ  ३ पुष २०८०, मंगलवार  । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति राम्रो नभएको बताएका छन् । मङ्गलवार राजधानीमा भएको एक कार्यक्रममा उनले विवाह लगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादकाबीच बनेको बताएका हुन् । उनले भने,  'विदेशी महिलाले नेपालीसँग विवाह गरे लगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बिच पास भएको छ ।' भारतमा विवाह भएर गएर बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था रहेको पनि स्मरण गरे । उनले भने, 'ठुलो जनसङ्ख्या भएका छिमेकी छन् । छिमेकीसँग कहिलेकाहीँ हुने खटपटले भोलि समस्या ल्याउँछ कि, भोलि राष्ट्रियतामा खलल पुर्‍याउँछ कि भन्ने आशङ्का गरिन्छ ।'