Posts

Showing posts from April, 2025
डाटा लोड हुँदैछ...

साह अपहरणमुक्त, नाबालकसहित चारजना पक्राउ

Image
वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा एकजना नाबालकसहित चार जना पक्राउ गरेको जनाएको छ । जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.१८ बस्ने वर्ष २६ को सुधिर प्रसाद साहलाई वैशाख १६ गते राति ९ः४५ बजे वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीबाट प्रहरीले उद्धार गरेको थियो । साहलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको आरोपमा प्रहरीले वीरगंज म.न.पा.वडा नं.१२ मुर्ली बस्ने वर्ष २३ को रिकेश कुमार गुप्ता, वर्ष २५ को राजन गुप्ता, जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा.वडा नं.३ बस्ने वर्ष २४ को सिकेन्द्र साह र एकजना नाबालकलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका चारैजनालाई  पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ । 

वीरगंजमा आतिशबाजी एवं डिजेमा प्रतिबन्ध लगाइँदै

Image
वीरगंज, १७ वैशाख । वीरगंजमा बिहे,  ब्रतबन्ध, पार्टी उत्सव तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ । आज जिल्ला प्रशासन कार्यालयको सभाहलमा  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरूसंगको बैठकमा उक्त निर्णय भएको बैठकमा सहभागी  होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले बताए ।   बैठकमा जिल्लाका प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरीका प्रमुख राधेश्याम धिमाल सहित वीरगंजमा संचालित पार्टी प्यालेसहरूका संचालक  एवं प्रबन्धकहरूको  सहभागीता रहेको अध्यक्ष पन्तले बताए । बैठकले जिल्लामा हुने ध्वनि प्रदुषणलाई मध्यनजर गर्दै डिजेलाई पनि अब क्रमश निरूत्साहित गर्दै जाने सहमति भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।  उनले हाललाई डिजे राति १० बजे पछि पूर्णरूपमा रूपमा निषेध गर्ने सहमति भएको र तुरून्तै अन्य सरोकारवालाहरूसंग पनि बैठक बसेर डिजेलाइ पर्सा जिल्लामा पूर्ण रूपमा प्रतिबन्ध  गरिने  बताए । जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले बैठकमा भएको सहमतिलाई सबैले अक्षरसः पालना गर्नु पर्ने र त्यसो नभए उल्लंघन गर्नेलाइ कार्बाहीको दायरामा ल्याउने ...

बालक हत्याको आरोपमा चारजना पक्राउ

Image
रौतहट, १४ वैशाख । रौतहटमा १४ वर्षीय बालकको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वृन्दावन नगरपालिका–७ का कृष्णप्रसाद यादवको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने मुख्य अभियुक्त २५ वर्षीय नागेन्द्र सहनी र सहायक अभियुक्त २२ वर्षीय साधुलाई पक्राउ गरेको हो । त्यसैगरी मृतकको मोटरसाइकल खरिद गर्ने गौर नगरपालिका–४ का विकास पटेल र मोटरसाइकल टुक्रा पार्ने ग्यारेजवाला अनिल साहलाई पनि प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कृष्णप्रसाद यादव गत वैशाख ६ गते बीआर०५डब्लू०१३७ नम्बरको मोटरसाइकल लिएर घरबाट निस्केका थिए । तर, उनी घर नफर्केपछि ९ गते प्रहरी कार्यालय गरूडामा खोजतलासका लागि परिवारले निवेदन दिएको थियो । प्रहरीले खोजतलास गर्दा ११ गते रौतहटको गरूडा नगरपालिका–८ स्थित चाँदी खोलामा छाती र पेटमा गोली लागेको अवस्थामा यादवको शव फेला परेको थियो । प्रहरी अनुसन्धानमा नागेन्द्र सहनी र मृतक यादवको परिवारपछि पुरानो रिसिइबी रहेको र त्यसैको रिसमा उनीहरूले हत्या गरेको खुलेको थियो । नागेन्द्र सहनीको भतिजी मृतकको बुबाको इँटा भट्टामा डुबेर मृत्यु भएको थियो । यो विषयमा ...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

Image
वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज महानगरपालिका र पान, गुट्का तथा सुर्तीजन्य पदार्थ व्यवसायी संघबीच भएको छलफलमा पान पसलमा अनिवार्य डस्टबिन राख्ने, जथाभावी थुक्न र फोहोर गर्न नदिन लगाउने विषयमा व्यवसायी सहमत भएका छन् । यस्तै गुट्का तथा सुर्तीजन्य पदार्थहरूको खुल्ला रूपमा बिक्री वितरणमा कडाइ गर्दै विद्यार्थीहरूलाई यस्ता पदार्थ बिक्री गर्न प्रतिबन्ध लगाउन विद्यालय र अस्पताल क्षेत्र वरपर विक्री गर्न नपाइने निर्णय गरिएको छ। सार्वजनिक स्थानमा थुक्ने र जथाभावी फोहोर गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै वीरगंजलाई सफा र स्वच्छ शहर बनाउने उद्देश्यले महानगरपालिकाले व्यवसायी संघसँग सहमति गरेर यो निर्णय गरेको हो। वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजलाई स्वच्छ, सफा र मर्यादित शहर बनाउने तर्फ यो पहल त्यसकै एउटा महत्वपूर्ण पाटो रहेको बताउनुभयो । व्यवसायी संघका प्रतिनिधिहरूले पनि सहमतिमा हस्ताक्षर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता जनाएका छन् । पान व्यवसायी संघ पर...

नेपाल–भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि महत्वपूर्ण सम्झौता

Image
काठमाडौँ, ९ वैशाख। नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आज ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत तथा आवास मन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो। भारतीय मन्त्री खट्टर उर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने नेपाल भ्रमणमा छन्। सम्झौताअनुसार इनरुवा–न्यु पूर्णिया र दोदोधारा (लम्की)–बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गरिनेछ, जसमा सम्बन्धित देशको ५१ प्रतिशत शेयर स्वामित्व हुनेछ भने बाँकी ४९ प्रतिशत अर्को देशको हुनेछ। नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्य र भारतका पावर ग्रिड लिमिटेडका निर्देशक डा. यतिन्द्र दुवेदीले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे। संघीय सहकार्यको नयाँ अध्याय कार्यक्रममा मन्तव्य दिंदै ऊर्जा मन्त्री दीपक खड्काले नेपाल–भारत ऊर्जा सहकार्यलाई 'साझा समृद्धिको प्रतीक'को रूपमा व्याख्या गर्दै इनरुवा–न्यु पूर्णिया र दोदोधारा ...

टाटा सुमोको टायरमा लुकाइएको नियन्त्रित औषधि बरामद

Image
वीरगंज, ९ वैशाख । बाराको अमलेखगन्ज प्रहरीले मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको टाटा सुमोबाट नियन्त्रित औषधिसहित चालकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। लागूऔषध सहित पर्साको बहुदरमाई नगरपालिका–९ बस्ने २४ वर्षीय मुमताज मियाँलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले सुमोलाई चेकजाँच गर्ने क्रममा सुमोको हुडको भागमा स्पेयर टायरभित्र प्वाल पारी लुकाई छिपाई राखिएको अवस्थामा नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ईरिक्शामा फल्ट बटम बनाएर आलमुनियमको तस्करी

Image
वीरगंज, ९ वैशाख । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी भारत लैजान लागिएको लाखौं मूल्यको आलमुनियम तथा ई–रिक्सा नियन्त्रणमा लिएको छ । वीरगंज महानगरपालिका वडा नं.१६ स्थित त्रिभुवन राजपथ सडकखण्डमा रहेको वीरगंज भन्सार कार्यालय परिसर अगाडि चेक प्वाइन्टमा सशस्त्र प्रहरी नायब निरीक्षक सहदेव सापकोटाको कमाण्डमा खटिएको टोलीले नेपालबाट भारत जाने सवारी साधनहरूको नियमित चेकजाँचको क्रममा वीरगंजबाट रक्सौल गइरहेको वीरगंज म.न.पा.१ ह १–०६९५ नम्बरको ई–रिक्सा जाँच गर्दा छतमा फल्स बटम बनाई लुकाएर राखिएको सामान फेला पारेको हो। ई–रिक्सामा जुटको बोरामा प्याक गरी लुकाइएको करिब रू. एक लाख २० हजार मूल्य बराबरको आलुमिनियम सिट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । भन्सार छली गरी चोरी निकासी गर्न लागिएको उक्त सामान सहितको ई–रिक्सा चालक फरार भएकाले सशस्त्र प्रहरीले उक्त सवारी साधन र सामान नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

सिसी क्यामेरा सञ्जाल विस्तार अभियानमा बैंकहरूको आर्थिक सहयोग

Image
वीरगंज, ८ वैशाख । महानगर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सि.सि.टिभी क्यामेरा सञ्जाल विस्तार गरिने भएको छ । सि.सि.टिभी क्यामेरा सञ्जाल विस्तारका लागि महानगरपालिकाको पहलमा विभिन्न बैंकहरूले सोमवार १७ लाख ७५ हजार रुपियाँँ उपलब्ध गराएका छन् । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित वीरगंज बनाउने अभियानमा सहकार्य गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई गर्नु भएको आहवान अनुरूप बैंकहरूले उक्त सहयोग उपलब्ध गराएका हुन् । बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यको नेतृत्वमा यहाँ संचालित बैंकहरूलाई वीरगंज सुरक्षित बनाउने अभियानमा सिसि क्यामेरा विस्तारका लागि सहयोग उपलब्ध गराउन आग्रह गरिएको थियो ।   महानगरपालिकाको पहल एवं सेफर वीरगंज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगंजका विभिन्न स्थानमा थप नयाँ क्यामेरा जडान गरिने महानगर प्रमुख सिंहले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध नियन्त्रणमा सिसि क्यामेराको उल्लेखनीय सहयोग रहने भएकाले महानगरका हरेक चोक तथा सडकमा सञ्जाल विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो । क्यामे...

छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु

Image
काठमाडौँ, ७ वैशाखः मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो । ललितपुर, महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा बागमती प्रदेश ०१–००३ क ८७३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका राजन सञ्यालका दुई वर्षीय छोरा प्रजन सञ्यालको घटनास्थलमा मृत्यु भएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कपिलवस्तुको बुद्धभूमी नगरपालिका–१ टिक्करमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल सोही स्थानका ६० वर्षीय गौतम केसी तथा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ चाँगामा मे १त ७७५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही स्थानका २८ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । बैतडीको डिलासैनी गाउँपालिका–६ बाङ्गबगरमा गोकुलेश्वरबाट पन्ज्युनयातर्फ जाँदै गरेको बसबाट खसेर दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २७ वर्षीय...

अल्पाइन मावि कक्षा १२ का विद्यार्थीहरुको बिदाइ तथा सम्मान कार्यक्रम

Image
वीरगंज, ७ वैशाख । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजले कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुको बिदाई तथा सम्मान कार्यक्रम गरेको छ ।   आज वीरगंजको होटल भिस्वामा सम्पन्न कार्यक्रममा अल्पाइन मावि कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुका साथै अमेरिकाको भिसा प्राप्त गरेका विद्यार्थी, नेपाल–भारतको विभिन्न स्थानमा सम्पन्न क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएका विद्यार्थी खेलाडीहरुको पनि सम्मानमा भव्य कार्यक्रम आयोजना गरिएको हो ।   यसैगरी कार्यक्रममा कक्षा ११ को त्रैमासिक परीक्षामा ए प्लस ग्रेड ल्याएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।   कार्यक्रममा विद्यालयका संस्थापक विनोद उपाध्याय, प्रधानाध्यापक विक्रम उपाध्याय, निर्देशक कौशल किशोर सिंह, विशाल उपाध्याय लगायत शिक्षक, शिक्षिका, विद्यार्थीहरुको सहभागिता थियो ।

शिक्षक आन्दोलनले पठनपाठन अवरूद्ध हुनु हुँदैन– पालिका प्रमुखहरू

Image
वीरगंज, ७ वैशाख । पर्साको १४ वटै पालिकाका प्रमुखहरू विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिने प्रतिबद्धता जनाएका छन् । शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनबाट विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएपछि पालिका प्रमुखहरु सक्रिय भएका हुन् ।   सरकारले यही वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान चलाउने भनेको भए पनि शिक्षक आन्दोलनका कारण प्रभावित हुन पुगेकाले अबदेखि प्रभावित हुन नदिन बैशाख ८ गतेदेखि १५ गतेसम्म जिल्लाभर भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरू एकमत भएका हुन् । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको जिल्ला स्थित पालिका प्रमुखहरूको बैठकले तत्काल भर्ना अभियान चलाउन सम्बन्धित पालिकाका विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । जस्तोसुकै आपत विपत र संकटको अवस्थामा समेत विद्यार्थीहरूको सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्नु पर्नेमा शिक्षकहरू विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिँदा विद्यार्थीहरूको पठन पाठन बन्चित हुने भएकाले भर्ना अभियानलाई यथासिघ्र अघि बढाउन पालिका प्रमुखहरू नै सक्रिय हुनु परेको हो । पर्सागढी नगरपालिकाका प्रमु...

टिपर र कार ठोक्किँदा बारामा दुई जनाको मृत्यु

Image
बारा, ०५ वैशाख । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा  टिपर र कार ठोक्किदा दुईजनाको मृत्यु भएको छ । निजगढबाट पथलैया जाँदै गरेको प्र२–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको बा. ०१–०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्ई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया बस्ने वर्ष ४६ को नारायण हरी शर्मा र अर्का एक जना कार चालक रहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपर चालक फरार रहेको र खोजी कार्य भइरहेको छ ।

ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

Image
वीरगंज, ५ वैशाख ।  जिल्ला प्रहरी कार्यालय, बाराले बाराको विभिन्न स्थानबाट ३६७ किलो गाँजा सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ । सूचनाको आधारमा बैशाख ४ गते राति ११ः४५ बजे इलाका प्रहरी कार्यालय सिमराले जीतपुर सिमरा उप–महानगरपालिका–३ बजनीमा  हेटौडाबाट वीरगंज जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रक चेक जाँच गर्दा लुकाई छिपाई राखिएको अवस्थामा १९ पोका करीब ३०५ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ट्रक चालक जिल्ला मकवानपुर कैलास गा.पा.०४ बस्ने वर्ष ३२ को राजन लामा, ट्रकमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र ओसार पसारमा संलग्न जिल्ला मकवानपुर कैलास गा.पा.१० बस्ने वर्ष २७ को जीवन थोकर रहेको बारा प्रहरीले जनाएको छ । यसै गरी बैशाख ४ गते बिहान ईलाका प्रहरी कार्यालय प्रसौनीले प्रसौनी गा.पा. वडा नं.४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहलाई २ किलो १४० ग्राम गाँजासहित पक्राउ गरेको छ । पवनले आफनै घरबाट गाँजाको कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ । यसैगरी आज बिहान २ः३० बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढले पचरौता न.पा. वडा ...

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

Image
वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया नगरपालिका–२ मननपुरस्थित बाँसघारीमा लुकाएर राखिएको अवस्थामा २४ किलो ५०० ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहले बताए । प्रहरी बेस क्याम्प पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले बेवारिसे अवस्थामा राखिएको दुर्ईवटा ग्यालेनभित्र प्लास्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेस बरामद भएपछि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रनाउ सिंहले जानकारी गराएका छन् । 

धार्मिक सद्भावमा खलल नपुर्याउन राजनीतिक दलहरूको अपिल

Image
वीरगंज, ३ वैशाख । पर्साका राजनीतिक दलहरूले  वीरगंजमा कुनै पनि पक्षलाई धार्मिक र सामाजिक सदभावमा खलल नपुर्याउन अपिल गरेको छ । बुधवार नेपाली कांग्रेसको पार्टी कार्यालय, वीरगंजमा बसेको सर्वदलीय बैठकले प्रेस बिज्ञप्ती जारी गर्दै सो अपिल गरेको हो ।  बैठकमा पर्सा जिल्लाको पछिल्लो समय विकसित सम्पूर्ण घटनाक्रमको बिषयमा गहनरूपमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले बताए । पन्तले बैठकमा दलहरूले आआफ्ना भातृ संगठनहरूलाई सामाजिक र धार्मिक सदभाव खलबलिने अभिव्यक्ति नदिन पनि सजग गराउने भद्र सहमति भएको बताए । बैठकमा नेपाली कांग्रेसका कावा सभापति रामनारायण कुर्मी, एमाले अध्यक्ष डा विश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति हरि पन्त जसपा अध्यक्ष राम नरेश यादब, तबरेज आलम, वीमनपाका उपमेयर इम्तियाज आलम, जनमतका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ लगायतले बिचार राखेका थिए ।   निरन्तर सर्वदलीय बैठक मार्फत जिल्लाका समस्या समाधानमा अघि बढ्ने सहमती भएको पन्तले जानकारी गराएका छन् । 

वीरगंजको विवाद सुल्झाउन ५ बुँदे निर्णय

Image
वीरगंज, ३१ चैत । हनुमान जमोत्सवका दिन शनिवार वीरगंजमा भएको दुर्ई फरक धर्म समुदायबीचको विवाद सहमतिमा टुंगिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको ११ घन्टाको लगातार बैठकपछि विभिन्न ५ बुँदे निर्णय गरी विवाद समाधान गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटनाका दोषी पहिचान गरी २४ घन्टाभित्र कानुनी दायरामा ल्याउने निर्णय भएको बताएका छन् । घटनामा घाइते भएकाहरूलाइ निःशुल्क उपचारको व्यवस्था मिलाउने, कुनैपनि सामुदायिक पर्वमा कसैले हातहतियार प्रदर्शन गर्न नपाउने, मदर्सासहितका धार्मिक स्थलहरूमा हुने पढाइको अनुगमन गर्ने तथा घटनाका दोषीलाइ कारबाही गर्दा कुनै पनि राजनीतिक दलबाट हस्तक्षेप नहुने सहमति भएको प्रजिअ अर्यालले बताए । पाँच बुँदे सहमतिपत्रमा सबै राजनीतिक दलका नेता,हिन्दु र मुस्लिम समुदायका अगुवाहरूले हस्ताक्षर गरेका छन् । यसैगरी प्रजिअ अर्यालले शनिवार बेलुकीदेखि वीरगंजमा लगाइएको कफ्र्यु आइतवार राति १२ बजेसम्म निरन्तर रहने जानकारी गराएका छन् । उनले जिल्ला सुरक्षाको समितिको बैठक बसेर आवश्यक निर्णय गरिने बताए । राति १२ बजेपछि कफर््यु हटाएर केहि निश्चित क्षेत्रहरूमा ...

कर्फ्यूका कारण आजको रात्रि बजार स्थगित

वीरगंज, ३० चैत । नयाँ वर्ष २०८२ को स्वागतमा आयोजित रात्रि बजार शनिबार स्थगित भएको छ ।   वीरगंज महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको रात्रि बजार आइतबारसम्म संचालन हुने लक्ष्य रहेको थियो ।   हनुमान जयन्तिको अवसरमा आज आयोजित शोभा यात्रामा दुई समुदायबीच भएको झडप हिंस्रक भई स्थानीय प्रशासनले कर्फ्यू जारी गरेपछि महानगरपालिकाले आजका लागि रात्रि बजार स्थगित गरेको हो । भोलिको रात्रि बजार लाग्ने नलाग्ने विषयमा भने परिस्थिति अनुरुप निर्णय लिइने छ । कर्फ्यु जारी रहने वा नरहने विषयले भोलिको रात्रि बजारको निर्णय हुने आयोजक संस्था वीरगंज महानगरपालिकाले जनाएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा 'रात्रि बजार' आयोजना गरेको थियो । नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको थियो ।   यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो ।   महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । ग्रीन सि...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

Image
जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका  स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिनुभयो । धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् । यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी ईन्चार्ज महतोले बताउनुभयो । स्थानीयले वडामा तत्काल बृहत्त् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलाश गर्न  र सङ्क्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन् । क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रुप लिनसक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ ।

अल्पाइनद्वारा एसइईमा सामेल विद्यार्थीहरुको बिदाइ कार्यक्रम

Image
वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका बीच एसइई परीक्षामा सामेल छात्राहरुको बिदाई कार्यक्रम गरेको छ । दामनको नामटारस्थित रुम्बा नाम्से होमस्टेमा एक कार्यक्रमको आयोजना गरी २०८१ सालको एसइई परीक्ष्Fामा सहभागी भएका विद्यार्थीहरुको बिदाइ तथा सम्मानमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । रुम्बा नाम्से होमस्टेमा भएको दुई दिने फेयरवेल कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरी विद्यार्थीहरुलाई होमस्टेबारे जानकारी पनि गराइएको थियो । कार्यक्रममा विद्यालयका निर्देशक विनोद उपाध्याय, शिक्षकहरु श्यामसुन्दर सर्राफ, विनोद प्रसाद, वरुण निषाद, राकेश चौरसिया, अंकित कुमार, गौतम सर र छात्र–छात्राहरुको सहभागिता थियो ।  

अल्पाइनद्वारा एसइईमा सामेल विद्यार्थीहरुको बिदाइ कार्यक्रम

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका बीच एसइई परीक्षामा सामेल छात्राहरुको बिदाई कार्यक्रम गरेको छ । दामनको नामटारस्थित रुम्बा नाम्से होमस्टेमा एक कार्यक्रमको आयोजना गरी २०८१ सालको एसइई परीक्ष्Fामा सहभागी भएका विद्यार्थीहरुको बिदाइ तथा सम्मानमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । रुम्बा नाम्से होमस्टेमा भएको दुई दिने फेयरवेल कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरी विद्यार्थीहरुलाई होमस्टेबारे जानकारी पनि गराइएको थियो । कार्यक्रममा विद्यालयका निर्देशक विनोद उपाध्याय, शिक्षकहरु श्यामसुन्दर सर्राफ, विनोद प्रसाद, वरुण निषाद, राकेश चौरसिया, अंकित कुमार, गौतम सर र छात्र–छात्राहरुको सहभागिता थियो ।  

गहुँ काट्ने विषयमा दाजुभाइबीच विवाद, पेस्तोलसहित एक पक्राउ

Image
वीरगंज,२७ चैत । गहुँ काट्ने विषयलाई लिएर दुई दाजुभाईबीच विवाद भएपछि प्रहरीले दाईलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ६ निवासी ६० वर्षीय वीरेन्द्र यादवलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । गहुँ काट्ने विषयमा आफ्नै भाई ५५ वर्षीय सिकिन्द्र यादवसँग विवाद गर्ने क्रममा प्रहरीले वीरेन्द्रले लुकाएर राखेको कटुवा पेस्तोल र गोली बरामद भएको जिप्रका, पर्साले जनाएको छ । प्रहरी चौकी महुवनबाट झैझगडा छुटाउन गएको प्रहरीको टोलीले १ थान कटुवा पेस्तोल, ४ राउण्ड बिएमएम केएफ ०० लेखिएको गोली र १ थान फलामको चाचर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखी हातहतियार तथा खरखजाना सम्बन्धी कसुर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रवक्ता लम्सालले जानकारी गराएका छन् । 

इन्डो–नेपाल टी–२० मा जम्मु काश्मिरलाई विशाल अन्तरले पराजित गर्दै अल्पाइन मावि विजयी

Image
वीरगंज, २७ चैत/  छैठौं वीरगंज इन्डो–नेपाल टी–२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा भारत जम्मु काश्मिर टीमलाई १६५ रन अन्तरले पराजित गर्दै अल्पाइन मावि वीरगंज विजयी भएको छ । आदर्शनगर रंगशालामा बुधवार सम्पन्न प्रतियोगितामा दोस्रो दिन अल्पाइन माविले ४ विकेटको क्षतिमा २०९ रन बनाएको थियो । अल्पाइनका सेजाद मन्सुरीले ३९ बलमा ७० रन बनाए भने रोहित यादवले ४१ बलमा ५५ रन बनाएका थिए । यसैगरी जम्मु काश्मिरले सबै विकेट गुमाएर ४४ रन मात्र बनाउन सकेको थियो । प्रतियोगिताको म्यान अफ दि म्याच अल्पाइनका सोनु कुशवाहा घोषित भए । उनले ४ ओभरमा ६ विकेट लिएर १८ रन दिएको अल्पाइन माविका विनोद उपाध्यायले जानकारी गराउनु भएको छ ।

सुनचांदीको गहनासहित तीनजना पक्राउ

Image
वीरगंज, २५ चैत । वीरगंज भन्सार कार्यालय परिसरबाट सुनको गहनासहित तीनजना पक्राउ परेका छन् । नेपालबाट भारत जाने क्रममा भारत, पश्चिम बङ्गाल प्रान्त जिल्ला पश्चिम मेदिनीपुर स्थित किशोरनगर बस्ने अन्दाजी वर्ष ३५ को सौमेन गुचैट, र जोतेकानुरामगढ बस्ने अन्दाजी वर्ष २५ को अमित दास र हुगली, नन्दपुर बस्ने बटु रंग रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूबाट सुनको गरगहना झुम्का २ सेट अन्दाजी ८२ लाल, रिङ्ग १ सेट अन्दाजी ३० लाल, सिक्री लकेट १ थान अन्दाजी ३० लाल,सुनको गणेश लक्ष्मी मूर्ती अङ्गित लकेट १ थान अन्दाजी ४ लाल, सुनका टुक्राहरू अन्दाजी १ तोला गरी जम्मा अन्दाजी २ तोला ६६ लाल एवं चाँदीको लक्ष्मीको मूर्ती अन्दाजी २ तोला रहेको सशस्त्रका डिएसपी लोकेन्द्र सुब्बाले जानकारी गराए । पक्राउ परेकाहरुले आफू भक्तपुर जिल्लाको ठिमी न.पा., वडा नं.–१, लोकन्थलीमा सगरमाथा खोटाङ्ग सुनचाँदी पसल संचालन गर्ने भक्त गदाल विक र काठमाण्डौ म.न.पा., वडा नं.३२, नरेफाँटमा ओमशान्ति ज्वेलर्स संचालन गर्ने श्रवण घिमिरेको लागि काम गर्ने र अर्डर अनुसार जडिबुटीमा सुन बनाउने कारखानामा काम गर्दै आएको बताए । अर्डर आएको ग्राहकका सुन ...

दोस्रो वडाध्यक्ष भलिबल उदघाटन

Image
वीरगंज, २२ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१३ वडा कार्यालयको खेल मैदानमा दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिताको उदघाटन वडाध्यक्ष हेमनारायण चौधरीले गरेका छन् । वडाध्यक्ष चौधरीले मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्यक रहेको बताए । उनले खेल देशको प्रतिष्ठासँग जोडिएकोले यसप्रकारको प्रतियोगिता सञ्चालनमा ल्याएको बताए । पहिलो खेल देउरवाना पर्सा र थस्कौल बारा बीच भएकोमा थास्कौल विजयी भएको थियो भने दोस्रो खेलमा आयोजक डुमरवाना विकास मञ्चलाई पराजित गर्दै छहारी युवा सेवा समाज हेटौडा विजयी भएको छ । त्यसैगरी तेस्रो खेल निप्टा क्लब निबुवाटार र धनुषा भलिबल टिम भएकोमा खेल समयमा लाइट अफ भएर स्थगित भएको थियो । आयोजक डुमरवाना विकास मञ्चले भोलि तेस्रो खेल हुने जानकारी दिनु भएको छ । उद्घाटन समारोहमा  वडा नं १४ वडा अध्यक्ष चैन गुरूङ र जीतपुरसिमरा–१२ वडाध्यक्ष श्याम बाबु खा थारूलगायतको सहभागिता थियो । 

२२० ग्राम ब्राउनसुगरसहित चारजना भारतीय पक्राउ

Image
वीरगंज, २१ चैत । ब्राउनसुगरसहित चार जना भारतीय नागरिकलाई वीरगंज महानगरपालिकाको शंकराचार्य गेटबाट प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमित चेकजाँच गर्ने क्रममा लागु औषध मुद्दामा सलंग्न रही वारदात पश्चात फरार प्रतिवादी भारत, विहार राज्य जिल्ला पुर्वी चम्पारण थाना रक्सौल वडा नं. १४ मौजे बस्ने वर्ष ३७ को कृष्णा कुमारको भारतीय नम्बरको कालो स्कार्पियो गाडीको पछाडीपट्टीको डिक्की भित्र कार्पेटले छोपी कालो रंगको प्लाष्टिकको झोलामा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ दुर्ई वटा पोका मध्ये एउटा पोकाभित्र १०० ग्राम र अर्काे पोकाभित्र १२० ग्राम गरी २२० ग्राम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सोही स्कार्पियोमा सवार भारत विहार राज्य जि. पूर्वी चम्पारण थाना रक्सौल वडा नं. १३ बस्ने वर्ष ३८ को सुधिर कुमार, रक्सौल वडा नं. १३ बस्ने वर्ष ४८ को अमित कुमार, रक्सौलकै सिसवा वडा नं. १ बस्ने वर्ष २७ को राजा कुमार (गाडी चालक)लाई पनि पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान ...

मधेस साहित्य महोत्सव चैत २२ गतेदेखि हुने

Image
वीरगंज, २० चैत/ वीरगंजमा 'मधेस साहित्य महोत्सव' चैत २२ र २३ गते हुने उत्कर्ष नेपालले जनाएको छ । मधेसको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंजमा 'मधेस साहित्य महोत्सव' आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनले दुर्ई दिने 'मधेस साहित्य महोत्सव'मा तराई–मधेसका २२ वटा जिल्लाको साहित्य, भाषा, कला र संस्कृतिलाई समेटिने बताए । महोत्सवमा तराई–मधेसका भोजपुरी, मैथली, अवधि, थारू, माडवारी, उर्दु, हिन्दी भाषाका साथै नेपाली र नेवारी भाषाका साहित्यकार, कवि, कलाकार, चित्रकार, विश्लेषक, स्तम्भकार, लेखक, सर्जक लगायतले आ–आफना सृजना, कला, विचार र अनभुवहरू प्रस्तुत गर्ने बताए । मधेस साहित्य महोत्सवमा छिमेकी मुलुक भारतका पनि साहित्यकारहरू सहभागी हुने उनले बताए । वीरगंजस्थित मधेस विश्व विद्यालयको प्रांगणमा आयोजना हुने महोत्सवको पहिलो दिन चैत २२ गते उदघाटन सत्रपछि साहित्य सम्बन्धी विभिन्न सत्र, कवि गोष्ठी र साँझ सांस्कृतिक साँझ आयोजना गरिने मधेस साहित्य महोत्सव आय...