Menu

आजको मौसम

टाटा सुमोको टायरमा लुकाइएको नियन्त्रित औषधि बरामद

Author
cloudwork |
April 22, 2025 0
Featured

वीरगंज, ९ वैशाख । बाराको अमलेखगन्ज प्रहरीले मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको टाटा सुमोबाट नियन्त्रित औषधिसहित चालकलाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
लागूऔषध सहित पर्साको बहुदरमाई नगरपालिका–९ बस्ने २४ वर्षीय मुमताज मियाँलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले सुमोलाई चेकजाँच गर्ने क्रममा सुमोको हुडको भागमा स्पेयर टायरभित्र प्वाल पारी लुकाई छिपाई राखिएको अवस्थामा नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3