डाटा लोड हुँदैछ...

अल्पाइन मावि कक्षा १२ का विद्यार्थीहरुको बिदाइ तथा सम्मान कार्यक्रम

वीरगंज, ७ वैशाख । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजले कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुको बिदाई तथा सम्मान कार्यक्रम गरेको छ ।

 
आज वीरगंजको होटल भिस्वामा सम्पन्न कार्यक्रममा अल्पाइन मावि कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुका साथै अमेरिकाको भिसा प्राप्त गरेका विद्यार्थी, नेपाल–भारतको विभिन्न स्थानमा सम्पन्न क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएका विद्यार्थी खेलाडीहरुको पनि सम्मानमा भव्य कार्यक्रम आयोजना गरिएको हो ।

 
यसैगरी कार्यक्रममा कक्षा ११ को त्रैमासिक परीक्षामा ए प्लस ग्रेड ल्याएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

 
कार्यक्रममा विद्यालयका संस्थापक विनोद उपाध्याय, प्रधानाध्यापक विक्रम उपाध्याय, निर्देशक कौशल किशोर सिंह, विशाल उपाध्याय लगायत शिक्षक, शिक्षिका, विद्यार्थीहरुको सहभागिता थियो ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर