Menu

आजको मौसम

सिसी क्यामेरा सञ्जाल विस्तार अभियानमा बैंकहरूको आर्थिक सहयोग

Author
cloudwork |
April 21, 2025 0
Featured

वीरगंज, ८ वैशाख । महानगर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सि.सि.टिभी क्यामेरा सञ्जाल विस्तार गरिने भएको छ ।
सि.सि.टिभी क्यामेरा सञ्जाल विस्तारका लागि महानगरपालिकाको पहलमा विभिन्न बैंकहरूले सोमवार १७ लाख ७५ हजार रुपियाँँ उपलब्ध गराएका छन् ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित वीरगंज बनाउने अभियानमा सहकार्य गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई गर्नु भएको आहवान अनुरूप बैंकहरूले उक्त सहयोग उपलब्ध गराएका हुन् ।
बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यको नेतृत्वमा यहाँ संचालित बैंकहरूलाई वीरगंज सुरक्षित बनाउने अभियानमा सिसि क्यामेरा विस्तारका लागि सहयोग उपलब्ध गराउन आग्रह गरिएको थियो ।  
महानगरपालिकाको पहल एवं सेफर वीरगंज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगंजका विभिन्न स्थानमा थप नयाँ क्यामेरा जडान गरिने महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध नियन्त्रणमा सिसि क्यामेराको उल्लेखनीय सहयोग रहने भएकाले महानगरका हरेक चोक तथा सडकमा सञ्जाल विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो । क्यामेरा सञ्जाल विस्तारका लागि सहयोग उपलब्ध गराउने बैंकहरू धन्यवादको पात्र रहेको भन्दै यो कार्यमा सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।  
सिसि क्यामेरा सञ्जाल विस्तारका लागि विभिन्न १६ वटा बैंकले सहयोग उपलब्ध गराएको र बाँकी बैंकहरूबाट पनि चाँडै सहयोग उपलब्ध हुने बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यले जानकारी दिनुभयो । सबै भन्दा बढी नबिल बैंकले ३ लाख रुपियाँँ सहयोग गरेको उपलब्ध गराएको छ । सोमवार एक कार्यक्रमकाबीच बैंकहरूले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा सेफर वीरगंजलाई हस्तान्तरण गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3