Posts

Showing posts from October, 2024
डाटा लोड हुँदैछ...

यादवको हत्यामा संलग्न एकजना पक्राउ

Image
वीरगंज, १६ कात्तिक । धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.– १ सेमरा तेगछिया नयका टोल बस्ने अन्दाजी वर्ष ५५ को भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवको हत्याको आरोपमा प्रहरीले सोही ठाउँ निवासी वर्ष ६४ को सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ । यादवलाई सेमरा तेगछिया सडकखण्डमा मिति २०८१/०७/१० गते साँझ ७ः३० बजेको समयमा पसलबाट घर जाने क्रममा धारिलो हतियारले टाउको पछाडि गर्दनमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोथाई खाँ थारूलाई सोही दिन निजकै घरबाट पक्राउ गरी अनुसन्धान गर्दा भोगचलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा बिवादको कारणले यादवको हत्या गरेको प्रहरीले जनाएको छ । यादवको हत्यामा प्रयोग गरेको धारिलो हतियार खुकुरी लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता  प्रकाश सापकोटाले बताउनुभयो ।  

जर्गाले लाखौंको सुनचाँदी गहना गढीमाईलाई दान गरे

Image
वीरगंज, १६ कात्तिक । बाराका बरियापुरस्थित विश्वप्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा बाराको अमलेखगञ्ज निवासी जर्गा होटलका सञ्चालक विजय जर्गा मगरले लाखौं मूल्य पर्ने ५ थान सुन र १ थान चाँदीको गहना दान गरेका छन् ।   दीपावलीको अवसरमा गढीमाई देवीलाई दुवै कानमा सुनको वाला, घाँटीमा लगाउने हार, सुनको टिकुली, नाकमा सुनको ठोप र पाउँमा चाँदीको पायल दान गरेको मगरले बताउनुभयो । माताको कृपाले व्यापार, व्यवसाय फस्टाएको र आफ्नो भाखल पुरा भएको माताको चरणमा सुन र चाँदीका गहना दान दिएको बताए ।   सुन र चाँदी दान दिने विजय जर्गा मगरलाई मन्दिरका मुल पुजारी मंगल चौधरी थारू लगायतकाले सम्मान गर्नुका साथै धन्यवाद  प्रकट गरेका छन्  ।

नेपाल प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस

Image
काठमाडौँ, १५ कात्तिकः नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक(डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।       गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।       बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल हुनुहुन्छ । बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत हुनुहुन्छ ।       बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

स्यालको आक्रमणबाट १३ जना घाइते

Image
बरहथवा (सर्लाही), १४ कात्तिक : सर्लाहीमा स्यालको आक्रमणबाट  यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन तथा बलरा नगरपालिकाका एक जना घाइते भएका छन् । स्यालको आक्रमणबाट बसवरिया गाँउपालिका–१ का १० वर्षीय  रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया  सिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षीय मदैनिया दर्जी र ६ वर्षीय राजु मुखिया, बसवरिया–३ का १५ वर्षीय दीपेन्द्र माझी, बसवरिया–४ का १५ वर्षीया करुणा साह र ६० वर्षीय बद्री मुखिया, गोडैता नगरपालिका–१० का ४० वर्षीया इन्दूदेवी बैठा, ४० वर्षीया प्रेमादेवी मण्डल, सोही ठाउँका ४१ वर्षीय विपद पासवान तथा बलरा नगरपालिका–४ का ६० वर्षीया सोमरी देवी घाइते भएका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । घाइतेमध्ये इन्दूदेवी र प्रेमादेवीलाई थप उपचाररका लागि काठमाडौँ लगिएको प्रहरीले...

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

Image
वीरगंज, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख मूल्य बराबरको १४ किलो चाँदीका गहनासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार बिहान ८ः०० बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि. त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–२१ अमलेखगंजमा पथलैया बाट हेटौडा जाँदै गरेको ना ५२ प २५८४ र ना ५५ प ३९३२ नं. को मोटरसाइकल चेकजाँच गर्दा चाँदीका गहना बरामद भएको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी गराएका छन् । प्रहरीले प्रसौनी गाँउपालिका वडा नं. ६ प्रस्टोका बस्ने वर्ष ३३ को सन्तोष साह सोनार र जीतपुर सिमरा उ.म.न.पा. वडा नं.८ गमरगावाटोल बस्ने वर्ष २७ को सुरेश महतोलाई पक्राउ गरेको जनाएको छ । दुवैजनाले मोटरसाइकलको टयांकीभित्र फल्स बटम बनाई चाँदीका गहना लगिरहेको अवस्थामा बरामद गरिएको प्रवक्ता प्रनाउ सापकोटाले बताए । सोनारको मोटरसाइकलबाट रू. १६ लाख १० हजार ३२५ मूल्य बराबरको ९ किलो चाँदीको गहना र महतोको मोटरसाइकलबाट आठ लाख ९४ हजार ६२५ मूल्य बराबरको ५ किलो चाँदीको गहना बरामद भएको प्रवक्ता सापकोटाले बताए । 

पोलियो दिवसको अवसरमा विभिन्न कार्यक्रम

Image
बिरगंज ८ कार्तिक  ।  बिस्व पोलियो दिवसको अवसरमा आज वाक रैलीको आयोजाना गरिएको थियो।  वाक रैली रोटरी भवनबाट सुरु भई नारायणी अस्पताल हुँदै घन्टाघर पुगेर पुन रोटरी भवनमा पुगि समापन गरिएको थियो। वाक रैलीमा जिल्ला प्रहरी कार्यालयका प्रमुख  कुमोद दुङेल ,  माहानगरका प्रमुख राजेश मान सिंह, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख , उधोगबाणिज्य संघका अध्यक्ष अनिल रुगटा , उपाध्यक्ष माधव राजपाल , भारतिय दूतावासका प्रमुख मिना लोक राज , जनस्वस्थका जामोद ठाकुर नेपाल औषधि ब्यवासायिक संघका प्रतिनिधि, मानवसेवाआश्रमका प्रतिनिधिहरु ,प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी विभिन्न समाजसेविहरु चिकित्सकहरु , रेडक्रसकर्मीहरु , कादमबरी स्कुल , जीवन ज्योति स्कुल , डिएभी स्कुलका बिधार्थी भाईबहिनिहरुको पनि उपस्थिति रहेको थियो।  बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं , रोटरी क्लब अफ बिरगंजका पदाधिकारी ,स्वेमसेवकहरु समाजसेविहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।  रोटरी क्लब अफ बिरगंजका अध्यक्ष रोटरी निर्मल खत्रीले जानकारी गराएका थिए । उनको भनाई अनुसार रोटरी इनटरनेशनल एक बिश्वब्यापी संस्था हो जस्ले बि...

नेपाल–भारतबीच पर्यटन प्रवद्धर्नको पुल बन्दै अल्पाइन माविका विद्यार्थीहरु

Image
वीरगंज, ७ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजका विद्यार्थी सम्मिलित टोलीले भारतको प्रसिद्ध यात्रा तथा पर्यटन कार्यक्रममा सहभागिता जनाएको छ । भारतको पटनास्थित सम्राट अशोक सम्मेलन केन्द्र ज्ञान भवनमा फेयर फेस्ट मिडियाले आयोजना गरेको कार्यक्रममा अल्पाइन माविले सहभागिता जनाउँदै नेपाल–भारत पर्यटन प्रवद्र्धनका लागि प्रयास गरेको छ । दुई दिने कार्यक्रममा भारत, बिहारका मुख्यमन्त्री नीतीश कुमारले हिजो सम्बोधन गरेका थिए भने आज सहायक मुख्यमन्त्रीलगायतको सहभागिता रहेको अल्पाइन माविका सञ्चालक विनोद उपाध्यायले जानकारी गराउनुभएको छ । अल्पाइन माविका करीब डेढ दर्जन विद्यार्थी तथा शिक्षक सहितको टोलीले १५ दिन पहिले नेपालको भीमफेदीमा भ्रमण गरी त्यहाँको होमस्टे कार्यक्रमलाई भारतको बिहार राज्यको पटनामा आयोजित बजार तथा व्यापार प्रवद्र्धन कार्यक्रममा सहभागीहरुलाई जानकारी गराएका थिए । नेपाल–भारत पर्यटकहरुको तालमेल गराई नेपालको पर्यटन क्षेत्रको अर्थतन्त्र उकास्न यसप्रकारको कार्यक्रम आयोजना गरिएको अल्पाइन माविका उपाध्यायले बताउनुभयो । विद्यार्थीहरुले हिजो र आज भारतको पटनास्थित सो कार्यक्रममा सहभागी भएर व्...

वीरगंजका होटलहरुको अनुगमन, दुईवटा बिर्यानी होटललाई जरिवाना

Image
वीरगंज, ७ कात्तिक/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधवार वीरगंजका होटलहरूमा छड्के अनुगमन गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय वीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेस कुमार सिंह नेतृत्वको टोलीले बुधवार वीरगंजका ताज बिर्यानी, जाइका बिर्यानी, लजिज बिर्यानी र शाम मुरादाबादी बिर्यानीलगायतका होटलहरूमा छड्के अनुगमन गरेको थियो । अनुगमन गर्ने क्रममा टोलीले होटलहरूमा भेटिएका विभिन्न कैफियत अनुसारको जरिवाना पनि गरेको टोलीमा सम्मिलित होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले बाताए । यसक्रममा जाइका बिर्यानी र ताज बिर्यानी हाउसलाई १०–१० हजार जरिवाना गरि  सुधारको लागि विभिन्न निर्देशन समेत दिइएको पन्तले बताए । अनुगमन गर्दा भेटिएको म्याद गुज्रिएका र अखाद्य बस्तुहरू नष्ट गर्नुका साथै सम्बन्धीत निकायहरूमा दर्ता नभएका होटलहरू लाई तुरून्तै दर्ता गर्न निर्देशन दिएको खाद्य अधिकृत सुरेश कुमार सिंहले बताए । उनले विभिन्न खाद्य बस्तुहरूको टेस्टो मिटर द्वारा बैज्ञानिक ढंगले  समेत जाँच गरिएको बताए । खाद्य अनुसन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यलयले ग...

सोनार हत्या प्रकरणः भारतीय नागरिक पक्राउ

Image
वीरगंज, ७  कार्तिक । वीरगंज छपकैया निवासी वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा बारा प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल निवासी अन्दाजी ३० वर्षीय विजय गुप्ता कलवार रहेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको शव हत्या गरिएको अवस्थामा बाराको प्रसौनी गाउँँपालिका वडा नम्बर १ स्थित गण्डक नहरको त्रिवेणी पुल नजिक कार्तिक १ गते फेला परेको थियो । असोज २७ गते बाराको मुसहर्वामा लाग्ने मेला हेर्न भनेर घरबाट निस्किएका सोनारको शव पुल नजिक टाउको पछाडि चोट लागेको अवस्थामा भेटिएको थियो । सोनार हत्या प्रकरणको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको विशेष टोलीले हत्याका मुख्य आरोपित कलवारलाई मंगलवार रक्सौल क्षेत्रबाट पक्राउ गरेको हो । तर जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने कलवारलाई वीरगंजको इनर्वा नाकाबाट पक्राउ गरिएको बताए । सोनारको हत्यामा संलग्न कलवारसंगै संलग्न रहेका अर्का एक युवक भने फरार रहेको बारा प्रहरी श्रोतले जनाएको छ । ती युवकको पहिचान भइ...

बङ्गलादेशमा प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

Image
ढाका, ७ कात्तिक  बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन 'बङ्गभवन' कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह 'एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट'ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो । राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ । प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् । "राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ", एकजना प्रदर्शनकारीले भने ।   मोहम्मद साहाबुद्दिन बङ्गलादेशका १६औँ राष्ट्रपति हुन। उहाँ सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।   भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ...

पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट

Image
वीरगञ्ज, ७ कात्तिकः मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगञ्ज चिनिनछ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रू १२ अर्ब ६६ लाख ८० हजार बराबरको  एक लाख ३५ हजार पाँच  सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ । भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको छ । डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छभने पेट्रोल ट्याड्ढरबाट नै ल्याउने गरिन्छ । अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयÍर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार...

शिरडी साईबाबा मन्दिरको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

Image
तस्वीर सौजन्यः अभिलाष गुप्ता वीरगंज ६ कात्तिक ।  वीरगंजको गीता मन्दिर स्थित श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रस्टले छैठौं वार्षिकोत्सव आज धूमधामका साथ मनाउँदै छ । आज बिहान मन्दिर सेवा ट्रस्टद्वारा आयोजित पालकी शोभा यात्रा निकालीएको थियोे । सो पालकी शोभा यात्रा मन्दिरबाट निकाली गहवा माताको मन्दिरमा पुगी मेन रोड हुँदै अलखियामठ बाट काली मन्दिर हुँदै गीता मन्दिर स्थित श्री शिरडी साई बाबा मन्दिरमा पुगि समापन भएको थियो।  पालकी शोभा यात्रामा भक्तजन एवं श्रद्धालुहरूको उल्लेखनीय सहभागीता रहेको थियोे । श्री शिरडी साई बाबा मन्दिरका अध्यक्ष हीरा साह कानुका अनुसार आज १२ बजे देखि भण्डाराको आयोजना गरिएको थियोे सो भण्डारामा वीरगंजका सम्पूर्ण भक्तजन एवम् श्रद्धालुहरू लाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको थियोे। पूजाआजा गरेर जोतको कार्यक्रमपछी  १२ बजे देखि भण्डारा महाप्रसाद वितरण गरिएको थियोे । त्यसपछि सत्संग एवम् भजन र कीर्तनको कार्यक्रम पनि आयोजना गरिएको थियो। मन्दिरका प्रमुख संरक्षक नीरज कुमार सर्राफका अनुसार यस वर्षको उत्सव विशेष रूपमा भक्तजन एवं श्रद्धालुहरूका लागि समर्पित गरिएको छ। कार्यक्रम...

बारा प्रहरीद्वारा गाँजा र अवैध सामान बरामद

Image
वीरगंज, ६ कात्तिक ।  जिल्ला प्रहरी कार्यालय, बाराले २७ किलो गाँजा बरामद गरेको छ ।   कात्तिक ५ गते बिहान ९ः३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट चरमोहना बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा सुर्वण गाँउपालिका वडा नं. ३ बतौरा नहरमा चेक जाँच गर्ने क्रममा कञ्चनपुरबाट बतौरा आउदै गरेको भारतीय नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएका थिए ।   प्रहरीले मोटरसाइकल पछाडी बाँधी राखेको बोरा खोली हेर्दा बोरा भित्र २७ किलो गाँजा बरामद भएको जिप्रका, बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्ष्Fक प्रकाश सापकोटाले जनाएको छ । गाँजा छाडेर फरार हुने व्यक्तिको खोजी भइरहेको उनले जनाएको छ ।   यसैगरी कात्तिक ४ गते इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंज चोकमा चेकजाँच गर्ने क्रममा वीरगंजबाट चितवन जादै गरेको ना २ क ६७६ नम्बरको मिनि ट्रकबाट सपोर्टिङ विल नभएको १५ लाख ४० हजार २ सय ८० रुपियाँ बराबरको बदाम दाना, जीरा, मेथि, नारिवल र अन्य खुद्रा समान बरामद भएको छ । प्रहरीले ट्रक नियन्त्रणमा ...

प्रेमिकाको विषयमा विवाद, युवकको हत्या

Image
सिराहा, ५ कात्तिक । सिराहामा आफ्नो 'गर्लफ्रेन्ड'सँग नभेटाउँदा एक युवकको हत्या गरिएको खुलासा भएको छ । एक साता अगाडि सिराहाको सुखीपल नगरपालिकामा 'गर्लफ्रेन्ड' सँग नभेटाएको निहुँमा आफ्नै केटा साथीको हत्या गरिएको पाइएको सिराहा प्रहरीले जनाएको छ । गोलबजार नगरपालिका वडा नम्बर १३ निवासी कृष्णकुमार महराको आफ्नै साथीहरू मिलेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । लागुऔषध सेवन गरी पाँच जनाले महराको हत्या गरेको अनुसन्धानबाट खुलेको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए । प्रहरीले महराको हत्या गरेको आरोपमा गोलबजार नगरपालिका–१३ डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको हो । असोज २७ गते नगरपालिकामा दसैँ मेला लागेको थियो । त्यो मेला हेर्न महरासहित सबै साथीहरू गएका थिए । मेला हेर्न गएका सबैले लागु औषधको सेवन गरिसकेका थिए । प्रहरीकाअनुसार उनीहरू सबै जनाले गाँजा र नाइट्राभेट ट्याब्लेट सेवन गरेका थिए । 'त्यहिबेला कृष्ण महराले आफ्नो गर्लफ...

माट्रिका आई फाउन्डेशनले मंगलवार निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गर्दै

Image
वीरगंज, २ कात्तिक । माट्रिका आई फाउन्डेशन आँखा अस्पतालले यही मंगलवार कात्तिक ६ गते निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गर्दैछ । शिविरमा मोतियाबिन्दु भएका बिरामीहरुको पनि निःशुल्क अपरेशन गर्ने जनाएको छ ।   बडा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा माट्रिका आइ फाउन्डेशन आँखा अस्पतालले वीरगंज महानगरपालिका वडा नं. ८ पानीटंकी मेनरोडस्थित अस्पताल परिसरमा मंगलवार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म शिविरको आयोजना गर्ने जनाएको छ । आँखामा समस्या भएका, आँखाका उपचार गर्न असमर्थ रहेका गरीब, असहायहरुको निःशुल्क उपचारको साथै मोतियाबिन्दुको पनि निःशुल्क अपरेशन गर्ने अस्पतालले जनाएको छ । साथै शिविरमा औषधि पनि निःशुल्क वितरण गरिने अस्पतालले जनाएको छ । 

वीरगंजमा महिलावादी स्मृतिको फोटो प्रदर्शनी शुरु

Image
वीरगंज २ कार्तिक । वीरगंजको बिर्ता स्थित त्रिजुद्व महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयमा नेपाल पिक्चर लाइब्रेरीले ३ दिने फोटो प्रदर्शनी कार्यक्रम शुरु गरेको छ । नेपाल पिक्चर लाइब्रेरीको "सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल" प्रदर्शनीको  देशव्यापी यात्राको पहिलो चरण अन्तर्गत आज वीरगंजमा शुरू भएको हो । सो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट शुरू भएको हो २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो। यो प्रदर्शनीले अहिले सम्म काठमाडौं, नयाँदिल्ली, कोची, इस्तानाबुल, सिङापुर, नेदरल्याण्डको ब्रेडा लगायतका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको छ। यस परियोजनाको मुख्य  उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास, र सामुदायिक संलग्नता मार्पmत नेपालको महिलावादी इतिहासलाई संरक्षण एवम प्रसार गर्नु हो। यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक  जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्न चाहन्छ नेपाल पिक्चर लाइब्रेरीका अनुसन्धान प्रमुख दिवश राजा ...

४७ हजार नक्कली नोटसहित भारतीय पक्राउ

Image
वीरगंज, २ कात्तिक । वीरगंजबाट ४७ हजार नक्कली नोटसहित एकजना भारतीय पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर–४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई बिहीवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्पm जाँदै गरेको बा.प्र.०३–००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बाराबाट हत्या गरिएको अवस्थामा शव भेटियो

Image
वीरगंज, १ कात्तिक । वीरगंज महानगरपालिकाको छपकैया निवासी वीरेन्द्र सर्राफको वीरगंज–कलैया सडकखण्डको गण्डकचोकदेखि एक किलोमिटर दक्षिण नहरमा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोली शव रहेको स्थलमा पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक भेषराज भट्टले जानकारी गराए । भारत, रक्सौल घर भई हाल सर्राफ को घरमा डेरा लिई बस्ने विजय गुप्ता कलवारसंगै उनी गत असोज २७ गतेदेखि बेपत्ता भएका थिए । सर्राफको शव पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रनि भट्टले जानकारी गराएका छन् । 

सशस्त्र प्रहरीद्वारा साढे १० लाख मूल्यको अवैध सामान बरामद

Image
वीरगंज, ३० असोज । सशस्त्र प्रहरी बल, पर्साले मंगलवार १० लाख ५७ हजार ३५५ मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरी वीरगंज भन्सारमा दाखिला गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् । असोज २९ गते वीरगंज म.न.पा–१६ भन्सार मेनगेट स्थित बिभिन्न सीमानाकाहरूबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा ना २ ह ३८८७ नं को अटोमा तथा बिभिन्न सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल ल्याउदै गरेको ७ लाख ५७ हजार ३५५ मूल्य बराबरको किराना, मोटरपार्टस, कस्मेटिक, मोवाइल एसेसोरीज, कपडा, ईलेक्ट्रोनिक्स र खेलौनाका समानहरू बरामद गरी अटोको भन्सार मुल्य तीन लाख  मुल्याङ्कन जम्मा मुल्य  रू.१० लाख ५७,३५५ बराबरको सामान र अटो नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षकनरेन्द्र सिंह धामीले आज जानकारी गराएका छन् । 

विजया दशमीको टीका दिनभरि नै लगाउन सकिने

Image
वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको समय छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले समय हेर्नेका लागि उत्तम साइतबारे निर्धारण गरे पनि दिनभरि नै टीका लगाउन सकिने जनाएको छ । समितिले देवीको प्रसाद ग्रहण गर्न कुनै साइत कुर्न नपर्ने भन्दै जुनसुकै बेला लगाउन सकिने जनाएको छ । शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको समय छ । बडादशैंको मुख्य दिन सबैले टीका लगाउँछन् भने एकादशीदेखि पूर्णिमासम्म टाढा रहेका आफन्तलाई भेटेर वा निश्चित भेगमा टीका लगाउने चलन छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८१ को अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । उनले असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका–जमरा लगाइदिने कार्यक्रम छ । राष्ट्रपति कार...

काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश

Image
काठमाडौँ, २५ असोज : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । आजको खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अङ्कले जितेको हो । जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ । यसअघि नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेको थियो । तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ । उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३–० तथा श्रीलङ्कालाई ३–१ को सेटमा पराजित गरेको थियो भने तुर्कमिनेस्तान उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ । 

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने

Image
हेलसिङ्की, २५ असोज  ।    फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले बिहीबार घोषणा गरेको छ । केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ । केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । सरकारले सन् २०२४ को डिसेम्बरदेखि नै केन्द्रको सञ्चालन सुरु गर्ने उद्देश्यले सम्बन्धित कानूनमा संशोधन गर्न बिहीबार संसदमा प्रस्ताव पेस गरेको छ । सरकारका अनुसार केन्द्रले फिनल्याण्डको राष्ट्रिय सुरक्षामा, पूर्वाधारको सुरक्षा, आपूर्ति शृङ्खला सुरक्षा सुनिश्चित गर्न तथा साइबरसुरक्षामा महत्वपूर्ण योगदान दिनेछ ।   (रासस\सिन्ह्वा):

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

Image
मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ । बुधबार निधन हुनुभएका रतन टाटाको स्थान नोएल टाटाले लिनुभएको छ । रतनले परिवारद्वारा सञ्चालित टाटा समूह सङ्गठनलाई विश्वव्यापी दिग्गजमा परिणत गर्नुभएको थियो । आफ्नो निधन हुँदासम्म रतन टाटा ट्रस्ट्सका अध्यक्ष हुनुहुन्थ्यो । ट्रस्ट्सको जटिल स्वामित्व संरचनामार्फत समूहको होल्डिङ कम्पनी टाटा सन्समा करिब ६६ प्रतिशत हिस्सा छ । बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्सजस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल सेयरधारक हो । "टाटा ट्रस्ट्स गठन गर्ने विभिन्न ट्रस्टहरूको अध्यक्षका रूपमा श्री नोएल नवल टाटालाई नियुक्त गर्ने र उहाँलाई अध्यक्षका रूपमा पदनाम दिने सर्वसम्मत निर्णय गरिएको छ", एक प्रेस विज्ञप्तिमा भनिएको छ, "उहाँको नियुक्...

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

Image
वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान माईस्थानचोकस्थित रहेको गहवामाई मन्दिरमा आज अपराहन नेपाली सेना, प्रहरीलगायतले फूलपाती भित्र्याएका हुन् । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । वीरगंजमा आज सप्तमीको मेला निकै भीडभाडका साथ लाग्दैछ । घण्टाघर, माईस्थान र भारतीय महावाणिज्य दूतावासको सडकसम्म करीब एक किलोमिटर लाग्ने मेलामा गाउँ गाउँबाट मेला भर्न आउनेहरुको भीड लाग्न थालेको छ । अष्टमीसम्म निकै भीडभाडका साथ मेला लाग्ने र नवमीदेखि मेला विसर्जन हुने गर्दछ । वीरगंजको विभिन्न स्थानमा दुर्गा भवानीको भव्य मेला बनाएर पूजाआजा गर्ने प्रचलन पनि रहेको छ । 

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

Image
वीरगंज, २३ असोज ।  दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक टेक्नोसफ्ट प्रा.ली, पर्साले प्रिन्टर सहयोग गरेको छ । आज वीरगंज महानगरपालिका वडा नं.११ श्रीपुर त्रिमुर्ती टोल स्थित रहेको  डायनामिक टेक्नोसफ्ट प्रालि पर्साका  प्रमुख सचिन साहले सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई १ थान क्यानन कम्पनीको प्रिन्टर प्रदान गरेका हुन् । वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी बरिष्ठ नायब निरीक्षक गोरख बहादुर शाहीले प्रिन्टर सहयोग गर्ने टेक्नोसफटलाई धन्यवाद प्रदान गरेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका बरिष्ठ उपाध्यक्ष जयलाल साह कानु, सचिव कुल नारायण (दिलीप) प्रधान, सदस्य मधु सिहं, प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी जवान अबिनेस राय लगायतको सहभागिता रहेको थियो । 

संयुक्त राष्ट्रसङघको शरणार्थी पुरस्कारबाट नेपालकी गुरूङ सम्मानित

Image
जेनेभा, २३ असोज । आप्रवासी र शरणार्थीको अधिकारका लागि दशकौँ लामो समयदेखि काम गर्दै आएकी ब्राजीलीयाली भिक्षुणी रोसिटा माइलेसीले बुधवार संयुक्त राष्ट्रसङघीय शरणार्थी निकाय (युएनएचसिआर)को नानसेन पुरस्कार जित्नुभएको छ । ७९ वर्षीय माइलेसीले ४० वर्षको अवधिमा ब्राजीलमा कानुनी कागजात, आवास, खाना, स्वास्थ्य सेवा, भाषा प्रशिक्षण र श्रम बजारमा पहुँच पु¥याउन हजारौँ मानिसलाई सहयोग गरेको युएनएचसीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माइलेसीसहित चार क्षेत्रीय पुरस्कार पनि सबै महिलाहरूलाई दिइएको छ । माइलेसीसँगै क्षेत्रीय पुरस्कारबाट नेपालकी दीप्ति गुरूङ, बुर्किना फासोकी मैमौना बा, सिरियाली जिन डाभोद, सुडानी शरणार्थी नाडा फाडोल सम्मानित भएका छन् । सम्मानित हुने चार व्यक्तित्वमध्येकी एक नेपाली चेली गुरूङ रहनुभएको छ । उहाँले आफ्ना छोरीहरू राज्यविहीन भएपछि नेपालको नागरिकता कानुनमा सुधार का लागि अभियान चलाउनुभएको थियो । "मैले आप्रवासी र शरणार्थीहरूको लागि आफूलाई समर्पित गर्ने निर्णय गरेँ । म शरणार्थीहरूलाई सहयोग गर्न, स्वागत गर्न र एकीकृत गर्न बढ्दो आवश्यकताबाट प्रेरित छु," माइलेसीले पुरस्क...

बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

Image
२३ असोज, धनुषा।  हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो । सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ । यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले रु नौ करोड २५ लाख, बारामा रु आठ करोड ५० लाख, सिरहामा रु सात करोड ९० लाख, महोत्तरीमा रु सात करोड ५० लाख र पर्सामा रु पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । बाढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले रु आठ करोड निकासा गरेको छ । 

अब पैसा ट्रान्सफर गर्दा पनि भ्याट लाग्ने

Image
काठमाडौं   २२ असोज  । नेपाल राष्ट्र बैंकले दशैं–तिहार लगायत चाडपर्व लक्षित गर्दै 'डिजिटल वालेट' मा रकम जम्मा गर्न सक्ने दैनिक संख्या बढाएको छ । यो वर्ष दशैंमा नयाँ नोट सटही गर्ने सुविधा नदिएको केन्द्रीय बैंकले सफा नोटमात्र साट्ने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने संख्या बढाएको हो । हाल प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा १० पटक मात्रै रकम जम्मा गर्न सक्ने व्यवस्था छ । तर, दशैं–तिहार लगायत चाडपर्वमा भने वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । 'बडा दशैंको शुभ अवसरमा २१ असोजदेखि १ कात्तिक कोजाग्रत पूर्णिमासम्म र दिपावली तथा छठ पर्वको अवसरमा १५ कात्तिक देखि २२ कात्तिकसम्म प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्नेछन्,' राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई जारी गरेको निर्देशनमा छ । चाडपर्वका लागि अस्थायी रूपमा मात्रै एक दिनमा ३० पटक रकम जम्मा गर्न सक्ने व्यवस्था भएको हो । केन्द्रीय बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न खोजे प...

ट्याङ्करमा ३९२ किलो गाँजासहित दुईजना पक्राउ

Image
वीरगंज, २२ असोज । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थको ट्यांकरबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्यांकर र गाँजासहित दुर्ई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो । विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्पm जाँदै गरेको ना ७ ख १७७१ को ट्याकंर जाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्यांकरचालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो। ट्यांकरको ५ वटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी गराए ।  

प्रतियोगिता खेल्दै गरेका गोलकिपरको मृत्यु

Image
बारा, २२ असोज । जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल मैदानमा भेट्रान फूटबल प्रतियोगिताको फाइनल खेल खेल्दै गरेका गोलकिपरको अचानक मृत्यु भएको छ । महागढीमाई ५ का ४२ वर्षीय अरूणकुमार चौधरीको मृत्यु भएको वडाध्यक्ष्F दीपेन्द्र चौधरीले जानकारी गराए । थारू ११ र वीरगंज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको जीतपुरसिमरा ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए । अचानक अचेत भएका चौधरीलाई सिमरास्थित अल्पाइन अस्पताल हुँदै वीरगंज लगिएको थियो । थारू ११ टिमबाट खेलेका चौधरी खेलको अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा अर्का गोलरक्षक भित्र पठाइएको थियो । मैदानबाट बाहिरिएको केही समयपछि टाइब्रेकरमा चलिरहेका बेला चौधरी अचानक ढलेका थिए ।

लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक विमोचन

Image
वीरगंज, २१ असोज । लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक 'बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध'को विमोचन गरिएको छ । आज वीरगंज महानगरपालिकाको ममता विद्या मन्दिरमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि वीरगंज महावाणिज्य दूतावासका तरुण कुमार र अतिथिहरु मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दी, वरिष्ठ पत्रकार जगदीश शर्मा, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह, प्रFध्यापक बासुदेवलाल दास, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं साहित्यकार गणेश लाठलगायतले पुस्तकको संयुक्तरुपमा विमोचन तथा पुस्तकको विषयवस्तुबारे मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार प्रताप श्रेष्ठले गरेका थिए ।  

वृद्धको ५० हजार लुटने चारजना भारतीय पक्राउ

Image
वीरगंज, २२ असोज । जेष्ठ नागरिकको रकम लुटपाट गर्ने भारतीय नागरिकहरूलाई बारा प्रहरीले पक्राउ गरेको छ । असोज १ गते जेष्ठ नागरिकको रकम लुटपाट गरेका भारतीय नागरिकहरूलाई खोज तलासको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । असोज १ गते अं.१२ः१५ बजेको समयमा बारा जिल्ला सदरमुकाम कलैया उ.म.न.पा.वडा नं.१ स्थित प्रभु बैकबाट रू. ५० हजार निकालेर घर तर्पm जाने क्रममा कउमनपा वडा नं.१३ बलिरामपुर बस्ने जेष्ठ नागरिक (नाम गोपनियता कायम गरिएको)लाई भारतीय नम्बर प्लेट द्यच्द्दद्दद्यव् घज्ञटद्ध नम्बरको मोटरसाईकलमा आएका २ जना र अन्य २ जनाले चक्कु देखाएर रकम लुटपाट गरी फरार भएका थिए । जेष्ठ नागरिकलाई लुटपाट गरेको वारे जानकारी प्राप्त भए पश्चात प्रहरीले निज लुटेराहरूको खोजतलास गरीरहेकै अवस्थामा पुनः सोही स्थानमा नै ऊक्त ब्यत्तिहरू देखा परेको र अन्य मानिसहरूलाई समेत लुटपाट गर्ने योजना बनाईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले लुटेराहरू देश भारत, राज्य बिहार, जिल्ला पश्चिम चम्पारण, थाना बेताही, ग्राम पञ्चायत रानी पोखरी बस्ने वर्ष ५९ को सुरेश प्रसाद बानीय...

सुत्केरी महिलाले नारायणी अस्पतालमा निःशुल्क रगत पाउने

Image
वीरगंज, २१ असोज । वीरगंजको नारायणी अस्पतालमा सुत्केरी महिलाले अब रक्त सञ्चार केन्द्रबाट निश्शुल्क रगत पाउने भएका छन् । नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाबिच सोमवार सुत्केरी महिलाहरूका लागि निशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो । अस्पतालमा उपचारका लागि आउने सुत्केरी महिलालाई आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने छ । त्यसबापतको लाग्ने शुल्क अस्पतालले केन्द्रलाई तिर्ने सम्झौता भएको छ । रक्त सञ्चार केन्द्रले बिरामीको उपचारमा आवश्यक पर्ने रगतको ब्याग, क्रस म्याच, ग्रूपीङ एंव परिक्षण बापत प्रति युनिट रगतको १ हजार ५० रुपियाँँ शुल्क लिने गरेको छ । उक्त शुल्क अब नारायणी अस्पतालले रक्त सञ्चार केन्द्रलाई तिर्ने गरी सोमवार अस्पताल प्रशासन र रेडक्रस सोसाइटी पर्सा शाखाबिच सम्झौता गरिएको हो । रेडक्रस पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेल र नारायणी अस्पतालका प्रमुख मेसु डा. चुमनलाल दासले हस्ताक्षर गरेको सम्झौतापत्रमा नाारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने, रक्त सञ्चार केन्द्रबाट सुत्केरी ...

जिप्रका, पर्साद्वारा चाडपर्वमा १३ बुँदे अपील

Image
वीरगंज, २१ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वमा सुरक्षा सम्बन्धी १३ बुँदे अपिल जारी गरेको छ । आज जारी गरिएको अपिलमा सामाजिक सदभाव भड्किने खालको गतिविधि नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, महंगा गरगहना, बहुमूल्य वस्तुहरू र मोबाईल लिएर भीडभाडमा नजान अनुरोध गरेको छ । त्यस्तै घर, तथा पसल बाहिर जाँदा झ्यालढोका राम्रोसँग लगाएर मात्रै निस्किने, ढोका बन्द भएको छ छैन यकिन गर्ने र सकेसम्म साइरन जडित प्रविधिको प्रयोग गर्न, कतै बाहिर जानुपरेमा छिमेकी वा प्रहरीलाई जानकारी दिएर मात्रै जान पनि अनुरोध गरेको छ । त्यसैगरी आर्थिक कारोवार गर्दा सकेसम्म डिजिटल माध्यमको प्रयोग गर्न आफ्नो मोबाईलको ओटीपी पासवर्ड गोप्य राख्न, सामाजिक सञ्जालमा आफ्नो व्यत्तिगत यात्राको वारेमा अद्यावधिक नगर्न, जुवातास, लंगुर बुर्जा कौडा लगायतका खेलहरू नखेल्न भनेको छ । मोटरसाईकलमा यात्रा गर्दा अनिवार्य रूपमा हेलमेट लगाउँन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम उल्लंघन नगर्न र हर्षाेल्लासका साथ दशैं मनाएर आपराधिक गतिविधि नियन्त्रणमा सहयोग गर्न पनि अनुरोध गरेको छ ।

खाने होइन वीरगंजको तात्तो रसिलो जिलेबी ?

Image
वीरगंज, २१ असोज । नवरात्रिको नवौं दिनसम्म वीरगंजको घण्टाघरदेखि आदर्शनगर क्षेत्रमा लाग्ने मेलाको मुख्य आकर्षण भनेको ताजा र रसिलो जिलेबी हो । नौं दिनसम्म लाग्ने नवरथा मेलामा वीरगंजको सडक पेटीमा सयौं जिलेबी पसलहरू थापिएका छन् । आर्थिक मन्दीको समयमा पनि उनीहरूको पसलमा जिलेबी किन्नेहरूको कमी हुँदैन । एक पाउ, आधा किलो, एक किलो जिलेबी बिक्री हुने उनीहरूको ग्राहक भनेको पर्सा जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दा हुन् । गाउँ–गाउँबाट आएका कारीगरहरूले आकर्षक एवं रहरलाग्दा जिलेबी बनाएका छन् । सो ठाउँबाट ओहोरदोहोर गर्नेहरूको जिलेबी हेरेर मुख रसाउने गर्छ । वीरगंजमा लाग्ने मेलाको प्रमुख आकर्षण जिलेबीपसल रहँदै आएको छ र यस वर्ष पनि जिलेबीपसल नै सबैभन्दा बढी देखिएको छ । वीरगंजमा सप्तमी र अष्टमीका दिन भव्य मेला लाग्ने गर्छ । सोही मेलालाई लक्षित गरेर बिपी उद्यानदेखि आदर्शनगर चोकसम्म र माईस्थानदेखि गीतामन्दिर चोकसम्म परम्परागतरूपमा मेला लाग्दै आएको छ । 

करेन्ट लागेर सिरहा र झापामा दुई जनाको मृत्यु

Image
वीरगंज, २१ असोज । सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५ वर्षीय दुर्गानन्द चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै खेतको कलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो। झापा, मेचीनगर नगरपालिका-८ सेन्टरटोल बस्ने ३८ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित राजपैनीमा विद्युतीय तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिङमा हरियो रङ लगाएका खसीबोका खरिद गर्न सुझाव

Image
२० असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ। हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् । काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो रु सात सय २० देखि सात सय ५५, पहाडका खसी रु छ सय ७० देखि सात सय पाँच, बोका रु छ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो रु एक हजार तीन सयमा बिक्री भइरहेका छन् । काठमाडौँ उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिए । सिङमा हरियो रङ छिटेको हेर्नुस् यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ । टुकुचामा खसीबोका स्वास्थ्...

दशैं-तिहार-छठ पर्वको मौका छोपेर मुल्यवृद्धि गर्नेलाई कडा कारबाही हुने

Image
वीरगंज, १८ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले दशैं, तिहार तथा छठ पर्वको मौका छोपेर माछामासु, खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको मूल्यवृद्धि नगर्न व्यापारी र पसलेहरूलाई कडा निर्देशन दिएको छ । शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पाँच बुँदे एक सूचना जारी गर्दैै दशैं, तिहार र छठ पर्बका बेला मौका छोपेर कुनैपनि वस्तुको मनपरी ढंगले मूल्य बृद्धि नगर्न निर्देशन दिएका हुन् । उक्त सूचनामा कुनैपनि वस्तुको अनुचित तवरले मूल्य वृद्धि नगर्न,अखाद्य वस्तुको बिक्रिवितरण नगर्न, सार्वजनिक सवारी साधनको भाडा नबढाउन निर्देशन दिइएको छ। यस्तै माछा मासु बिक्री गर्ने व्यापारीहरूले माछा मासु काट्ने र बिक्री गर्न राख्ने ठाँउ सफा राख्न, मासु काट्ने व्याक्तिले सफा एप्रोन लगाउन, चाडपर्वमा ठूलो आवाजमा डिजे वा साउण्ड सिस्टम नबजाउन,पटकाजन्य पदार्थको बिक्रीवितरण र प्रयोग नगर्न,जुवातास नखेल्न र नखेलाउनपनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यदि स्थानीय प्रशासनको यी आग्रह र निर्देशनको उल्लंघन भएको पाइएमा सम्बन्धीत पसलल, संस्था वा व्यक्तिलाई कानुन अनुसार हुदैसम्मको कारबाई गरिनेपनि चेतावनी दि...

छैठौं दिन पनि राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा पोखरिया अस्पतालमा धर्ना जारी

Image
पोखरिया, १८ असोज । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति र सरकारी सेवा विस्तारको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले पोखरिया अस्पताल परिसरमा शुक्रवार पनि धर्ना जारी राखेको छ। केन्द्रिय सदस्य निजामुदिन समानीको नेतृत्वमा पार्टीका नेता र कार्यकर्ताहरूले असोज १३ गतेदेखि अनिश्चितकालीन धर्ना शुरू गरेका हुन।   प्रदेश सरकारले पाँच वर्षअघि नै पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गरे पनि त्यसअनुसारको भौतिक पूर्वाधार र स्वास्थ्य सेवा अझैसम्म उपलब्ध नगराइएको भन्दै धर्ना जारी राखिएको छ। यससँगै, पोखरियामा भूमिसुधार, मालपोत, नापी लगायतका सरकारी कार्यालयहरूको सेवा विस्तार गर्नुपर्ने माग समेत उठाइएको छ। धर्नामा सहभागीहरूले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र जनप्रतिनिधिहरूको अनियमितता रोक्न पनि माग गरेका छन। धर्नाको छैठौं दिन, शुक्रवार, मध्यान्ह १ बजेदेखि अपरान्ह ३ बजेसम्म कार्यक्रम आयोजना गरिएको थियो। निजामुदिन समानीले मधेस प्रदेश वा संघीय सरकारका मन्त्रीहरूले आफैँ आएर धर्नामा उठाइएका मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताएका छन। उनका अनुसार स्थानीय स...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

Image
वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ । बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो । निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार खोरसोर नजिकको पुल क्रस गरेर जग्दु आउँदै हुनुहुँदो रहेछ । सिमलको रूखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो", जग्दुका साथमा रहनुभएका एक जना भने भागेर बाँच्न सफल भएका छन् ।

मानव सेवा आश्रमको भवन शिलान्यास

Image
वीरगंज, १७ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा मानव सेवा आश्रमको भवनको आज शिलान्यास  भएको छ ।   दशैंको शुभसाइत पारेर डा रामआवतर खेतानले भुमि पुजा गरी भवनको शिलान्यास गरेका हुन । लायन्स क्लबको १ करोड ३४ लाखको लागतमा दुर्ई तले भवनको निर्माण कार्य ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको लायन्स क्लबका संजय खेतानले बताए। भवनको ठेक्का समीर कन्ट्रक्सनले लिएको जसमा ६ महिना भित्र काम पुरा गरि आश्रमलाई हस्तान्तरण गर्ने योजना रहेको छ । मानव सेवा  आश्रमका अभिभावकत्व ग्रहण गरेका डा दिपक शाक्यको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका डिएन अग्रवाल,समाजसेवी गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,वरिष्ठ उपाध्यक्ष हरि गौतम, लायन्स विनोद खण्डेवाल, राजकुमार सिनधी, रामविहारी पाण्डे, प्याब्सन पर्साका सुशीला साह, पशुपति विक्रम शाह, उषा शाह, देवेश मानव सेवा लगायतले धारणा राखेका थिए । 

परिवारिक वातावरणमय भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्टको उदघाटन

Image
वीरगंज, १६ असोज । वीरगंजको हरि खेतान बहुमुखी क्याम्पस नजीकै भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन गरिएको छ ।   आज वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले सुविधा सम्पन्न परिवारिक वातावरणमय भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन गरेका थिए । करिब २५ लाखको लागतमा खोलिएको रेष्टुरेन्ट परिवारिक वातावरण रहेको छ । प्रख्यात र दक्ष कुकबाट मासुको विभिन्न प्रकारहरू बनाइने बताइएको छ ।  हरेक बर्ग का युवा युवती महिला–पुरूषको लागि खुला केबिन कटेजको सुविधा रहेको जानकारी रेष्टुरेन्टका संचालक निरज सर्राफ र मुकेश कुमार गुप्ताले बताए । वीरगंजमा पहिलोपल्ट परिवारसंग बसेर माटोको भाँडोमा पकाइने कटिया मासु तथा मासुको विभिन्न परिकार बनाइने सञ्चालक सर्राफले बताए । उनले अनुभवी कारिगर र वेटरबाट सेवा दिन पाउँदा छिटै ग्राहकको मन जित्ने जानकारी गराएका छन् ।

वीरगंजको पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम

वीरगंज, १६ असोज ।  ६९ औं प्रहरी दिवसको अवसरमा वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साले वीरगंज–१४  स्थित पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा र वडा प्रहरी कार्यालय श्रीपुरमा प्र.ब.ना.नि.गोरख बहादुर शाही प्रमुख आतिथ्यतामा सम्पन्न  स्थानीयबासी, समाजसेवी, संचार कर्मी, सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सदस्य मधु सिहं,सदस्य जगत राई, सदस्य मुनेश लायोमगर, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. अबिनेस राय लगायतले सरसफाइ गरेका थिए । यसैगरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साले वीरगंज–११  त्रिमुर्ती टोलमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका सचिव कुल नारायण प्रधान, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. अबिनेस राय ...

अल्पाइन माविद्वारा कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम

Image
वीरगंज, १६ असोज । अल्पाइन माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम आज वीरगंजको होटल भिस्वामा सम्पन्न गरेको छ । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य, संगीत प्रस्तुत गरेका थिए भने नेपाली शिक्ष्ँक रामपुकार यादवले विशेष प्रस्तुति दिएका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । विद्यालयका संस्थापक विनोदकुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा +२ का प्रधानाध्यापक विक्रम उपाध्याय, विद्यालयका प्रअ विशाल उपाध्यायसहित शिक्षकहरु श्यामसुन्दर, विनोद चौहान, विनोद श्रीवास्तव, दिलीप सिंह, सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलीप प्रधान, केन्द्रका सदस्य मधु सिंह राजपूत, केन्द्रका प्र.ह. सुभाष प्रसाद यादव, अविनेस रायलगायतको सहभागिता थियो ।