डाटा लोड हुँदैछ...

विजया दशमीको टीका दिनभरि नै लगाउन सकिने

वीरगंज, २५ असोज । विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ भने शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको समय छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले समय हेर्नेका लागि उत्तम साइतबारे निर्धारण गरे पनि दिनभरि नै टीका लगाउन सकिने जनाएको छ ।

समितिले देवीको प्रसाद ग्रहण गर्न कुनै साइत कुर्न नपर्ने भन्दै जुनसुकै बेला लगाउन सकिने जनाएको छ । शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी बिसर्जनको समय छ ।

बडादशैंको मुख्य दिन सबैले टीका लगाउँछन् भने एकादशीदेखि पूर्णिमासम्म टाढा रहेका आफन्तलाई भेटेर वा निश्चित भेगमा टीका लगाउने चलन छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८१ को अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् ।

उनले असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका–जमरा लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ः०० देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी लगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका–जमरा लगाइदिने छन् । निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई समेत टीका–जमरा लगाइदिने कार्यक्रम छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर