डाटा लोड हुँदैछ...

परिवारिक वातावरणमय भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्टको उदघाटन

वीरगंज, १६ असोज ।

वीरगंजको हरि खेतान बहुमुखी क्याम्पस नजीकै भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन गरिएको छ ।
 
आज वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले सुविधा सम्पन्न परिवारिक वातावरणमय भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उदघाटन गरेका थिए ।

करिब २५ लाखको लागतमा खोलिएको रेष्टुरेन्ट परिवारिक वातावरण रहेको छ । प्रख्यात र दक्ष कुकबाट मासुको विभिन्न प्रकारहरू बनाइने बताइएको छ ।  हरेक बर्ग का युवा युवती महिला–पुरूषको लागि खुला केबिन कटेजको सुविधा रहेको जानकारी रेष्टुरेन्टका संचालक निरज सर्राफ र मुकेश कुमार गुप्ताले बताए ।

वीरगंजमा पहिलोपल्ट परिवारसंग बसेर माटोको भाँडोमा पकाइने कटिया मासु तथा मासुको विभिन्न परिकार बनाइने सञ्चालक सर्राफले बताए । उनले अनुभवी कारिगर र वेटरबाट सेवा दिन पाउँदा छिटै ग्राहकको मन जित्ने जानकारी गराएका छन् ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर