डाटा लोड हुँदैछ...

जर्गाले लाखौंको सुनचाँदी गहना गढीमाईलाई दान गरे

वीरगंज, १६ कात्तिक ।
बाराका बरियापुरस्थित विश्वप्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा बाराको अमलेखगञ्ज निवासी जर्गा होटलका सञ्चालक विजय जर्गा मगरले लाखौं मूल्य पर्ने ५ थान सुन र १ थान चाँदीको गहना दान गरेका छन् ।
 
दीपावलीको अवसरमा गढीमाई देवीलाई दुवै कानमा सुनको वाला, घाँटीमा लगाउने हार, सुनको टिकुली, नाकमा सुनको ठोप र पाउँमा चाँदीको पायल दान गरेको मगरले बताउनुभयो ।

माताको कृपाले व्यापार, व्यवसाय फस्टाएको र आफ्नो भाखल पुरा भएको माताको चरणमा सुन र चाँदीका गहना दान दिएको बताए ।
 
सुन र चाँदी दान दिने विजय जर्गा मगरलाई मन्दिरका मुल पुजारी मंगल चौधरी थारू लगायतकाले सम्मान गर्नुका साथै धन्यवाद  प्रकट गरेका छन्  ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर