डाटा लोड हुँदैछ...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ ।

बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार खोरसोर नजिकको पुल क्रस गरेर जग्दु आउँदै हुनुहुँदो रहेछ । सिमलको रूखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो", जग्दुका साथमा रहनुभएका एक जना भने भागेर बाँच्न सफल भएका छन् ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर