Posts

Showing posts from December, 2023
डाटा लोड हुँदैछ...

हैप्पी न्यू इयर २०२४ भन्दै भारतीय पर्यटकहरुको नेपालमा

Image
वीरगंज, १६ पुस ।  सन् २०२४  का दिन वीरगंज भएर भारतीय पर्यटकहरु उल्लेख्य मात्रामा नेपाल आएर नयाँ वर्ष मनाउंदै छन् । भारतको बिहार, युपी प्रदेशबाट पर्सा जिल्लाको वीरगंजको घडीअर्वा, भिस्वा, ठोरी, बारा जिल्लाको शहीद स्मारक, त्रिखण्डीलगायत स्थान, चितवनको सौराहा, कास्कीको पोखरा, बागमतीको काठमाडौंमा आज भारतीय मात्र होइन नेपाली पर्यटकहरुको पनि उल्लेख्य भीड लागेको छ । भारतको बिहारमा मदिरा निषेध भएपछि नेपालमा आएर वनभोज गरी रमाउनेहरुको उल्लेख्य भीड लागेको छ । भारतीय नम्बरको जीप, कार, भ्यान, मोटरसाइकल अहिले नेपालको हाइवे क्ष्Fेत्रको ससाना होटलहरुमा उल्लेख्य भीड लागेको छ । जनवरी १ का दिन विश्वभरि नै विभिन्न कार्यक्रम हुनुको साथै नेपालमा समेत विभिन्न साँस्कृतिक कार्यक्रम गरि पिकनिक स्पोटसमा गई मनाउने प्रचलन रहेको ।

तराईको जिल्लाहरूमा चिसो बढेपछि जनजीवन कष्टकर

Image
वीरगंज १५ पुस । तराईको जिल्लाहरूमा घाम नलागी हुस्सु लाग्ने गरेकोले अत्याधिक चीसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । तराईको जिल्लाहरूमा तीन दिनदेखि घाम नलागेको र हुस्सु लागि चिसो हावा चल्ने गरेको कारण अत्यधिक चिसो भएको छ । चिसो बढे पछि जनजीवन कष्टकर बनेको छ । चिसोले बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन । चिसोले गर्दा मानिसहरू घरबाट कम मात्रामा निस्कने गरेका छन् । बजार पनि सुनसान जस्तै भएको छ ।  गरिबीको रेखामुनि रहेका विपन्न वर्ग पनि न्यानो कपडा नहुँदा चिसोले प्रभावित भएका छन । विगतमा स्थानीय निकाय विभिन्न सामाजिक संघसस्थाहरूले गरिब परिवारलाई न्यानो कपडा बितरण गर्ने गरेका थिए यस वर्ष भने दाताहरू निष्क्रिय देखिएका छन् । 

तराईको जिल्लाहरूमा चिसो बढेपछि जनजीवन कष्टकर

वीरगंज १५ पुस । तराईको जिल्लाहरूमा घाम नलागी हुस्सु लाग्ने गरेकोले अत्याधिक चीसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । तराईको जिल्लाहरूमा तीन दिनदेखि घाम नलागेको र हुस्सु लागि चिसो हावा चल्ने गरेको कारण अत्यधिक चिसो भएको छ । चिसो बढे पछि जनजीवन कष्टकर बनेको छ । चिसोले बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन । चिसोले गर्दा मानिसहरू घरबाट कम मात्रामा निस्कने गरेका छन् । बजार पनि सुनसान जस्तै भएको छ ।  गरिबीको रेखामुनि रहेका विपन्न वर्ग पनि न्यानो कपडा नहुँदा चिसोले प्रभावित भएका छन । विगतमा स्थानीय निकाय विभिन्न सामाजिक संघसस्थाहरूले गरिब परिवारलाई न्यानो कपडा बितरण गर्ने गरेका थिए यस वर्ष भने दाताहरू निष्क्रिय देखिएका छन् । 

स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

Image
काठमाडौँ, १५ पुस : स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिनुभयो । यसअघि बोर्डमा आबद्ध भएकाले कुनै रकम तिर्नु पर्दैनथ्यो । बीमितलाई रु एक लाख बराबरको उपचार खर्च बीमा बोर्डले व्यहोर्ने गर्दछ । उहाँले अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गराउन सहभुक्तानी प्रणाली लागू गरिएको बताउनुभयो । "बीमितले अनावश्यकरुपमा स्वास्थ्य परीक्षण गराउन थाले", उहाँले भन्नुभयो, "त्यसलाई कम गरेर आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौँ ।" उहाँका अनुसार सहभुक्तानी प्रणाली आगामी माघ १ गतेदेखि लागू हुनेछ । प्राथमिक स्वास्थ्य केन्द्र र २५ श्ययासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्न नपर्ने उहाँको भनाइ छ । सह...

एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनमा

Image
काठमाडौँ, १५ पुस : प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा ससस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमा समेटियो । कोशीका लागि अप्सरी बेगमले ४८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाइन् । रुविना क्षेत्रीले २६ बलमा ४ चौकासहित २२ रन बनाइन भने काजोल श्रेष्ठ ४ रनमा आउट भइन् । त्यस्तै लकिता राजवंशीले १४ तथा विमला मलहाले ६ रन बनाइन् । बलिङतर्फ एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले समान १÷१ विकेट झारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन् । उनी ५० बलमा ३ चौका र १ छक्कासहित ५६ रनमा अविजित रहिन् । सीता रानामगरले ३७ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा रन जोडिन् । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्...

पर्सा इलेभेनलाई हराउँदै पुलिसले उपाधि चुम्यो

Image
वीरगंज, १४ पुस । प्रो क्लब च्याम्पियनपिसप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।   वीरगंको नारायणी क्रिकेट रंगशालामा आज भएको फाइनल खेलमा पुलिस क्लबले पर्सा क्लब–११ लाई एक सय रनको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । टस जिती पहिले ब्याटिड्ढो निर्णय लिएको पुलिस क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्साले भने ११ ओभरमै अलआउट हुनुअघि ४५ रनमात्र बनाउन सक्यो । पहिलो ब्याटिङ गरेको पुलिसका लागि करण केसीले अविजित ४० रनको योगदान गरे । उनले केवल १७ बलमा पाँच छक्का प्रहार गरेका थिए । अर्जुन साउदले पनि २६ रन बनाए । शंकर राणाले १९ रन जोडे । ओपनर दिलीप नाथले १७ रन बटुले । कप्तान आरिफ शेख १६ रनमा आउट भए । पर्साका बलर सफिउल्लाह अन्सारी र पवन सर्राफले दुर्ई–दुर्ई तथा रूपेश सिंह र रंजित कुमारले एक–एक विकेट लिए । जवाफी ब्याटिङ गरेको पर्साका लागि ओपनर अनिल शाहले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । उनले १३ रन बनाएका थिए । पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए । ललित राजवंशी र रासिद खानले दुर्ई–दुर्ई वि...

बालकुमारी घटनामा मारिएका परिवारजनलाई क्षतिपूर्ति दिलाउन राष्ट्रिय नागरिक संघर्ष समितिको माग

वीरगंज, १५ पुस । राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा वीरगंजले आज प्रेस विज्ञप्ति जारी गरी सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको नाममा चोरबाटोबाट आयातित वर्तमान व्यवस्थाले आम सर्वसाधारण नेपालीको हत्या, भ्रष्टाचार, सार्वभौम नेपालीहरू लाई शरणार्थी बनाउने, युवाहरूलाई विदेशमा बेच्ने गतिबिधिबाट हेर्दा सरकारको यहि लक्ष्य र उद्देश्य नै हो कि भन्ने कुराको पुष्टि भएको जनाएको छ । समितिका संयोजक उपेन्द्र कुमार यादवले जारी गरेको विज्ञप्तिमा देश भित्र रहेका विभिन्न उद्योगहरू मिलोमतोमा बेची रोजगारीका अवसरहरूलाई पूर्णरूपमा बन्द गरी विदेशी रोजगारको नाममा नेपाली युवा युवतीहरूको बेच्ने क्रमको एउटा गन्तव्य कोरिया रोजगारको लागी भएको परीक्षाको बहाना गर्दै, युवाहरूको जमात बोलाई सरकारको लापरवाहीका कारण २०८० पौष १३ गतेको बालकुमारी जुन घटना घट्यो जस्मा नेपाल आमाका सपुत २ छोराहरू अछामका २१ वर्षीय विरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावत हत्याको घोर भत्र्सना गरेका छन् ।   विज्ञप्तिमा मृतक युवाभाईहरू विरेन्द्र शाह र सुजन रावतप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ र शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने क्षमता प्र...

भारतीय ग्यांगस्टार नेपाल–भारत मैत्रीपुलबाट पक्राउ

Image
वीरगंज, १३ पुस । भारतीय एसएसबीले मोस्ट वान्टेड ग्यांगस्टार शाकिर रेजा उर्फ आसिफ अलीलाई नेपाल–भारत मैत्रीपुलबाट पक्राउ गरेको छ । चेकजाँचको क्रममा भारतीय एसएसबीले ग्यांगस्टार अलीलाई मैत्रीपुलमा चेकजाँच गर्ने क्रममा भाग्न खोज्दा पक्राउ गरेको इन्स्पेक्टर मनोजकुमार शर्माले बताए । भारत, बिहार कटिहारका निवासी आसिफ ग्यांगस्टार रहेको र उनीमाथि २० वटा विभिन्न गम्भीर आपराधिक मुद्दा रहेको तथा नेपाल तथा भारतको जेलमा कैद भुक्तान गरिसकेको इन्स्पेक्टर मनोजकुमार शर्माले बताए । पक्राउ परेका अलीले दिएको बयान अनुसार नेपालमा उनको एकजना मनीषा गौतम नामक प्रेमिका रहेको र उनीसंग विवाह गरेर नेपाली नागरिकता लिई घरजम गर्ने तयारी स्वरुप नेपाल आउने क्रममा पक्राउ गरिएको बताइन्छ । प्रहरीले उनको साथबाट १२ वटा संदिग्ध पहिचानपत्र, आठवटा सीम र तीनवटा मोबायल बरामद गरेको छ । अलीलाई पक्राउ गर्न प्रहरीले स्पेशल टीम गठन गरेको र मोबाइल लोकेशन तथा उनका साथीलाई पक्राउ गरी अलीलाई पक्राउ गर्न सफल भएको बताइन्छ । 

जबरजस्ती करणी मुद्दामा फरार रहेका चमार पक्राउ

Image
वीरगंज, १३ पुस । जबरजस्ती करणी मुद्दामा फरार रहेका एकजना युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका वडा नं. ७ रघुनाथपुर बस्ने २० वर्षीय देवनारायण महरा चमारलाई इलाका प्रहरी कार्यालय एकटाँगाको टोलीले आज बिहान पक्राउ गरेको छ । चमारमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा रहेको र उनी फरार भएका थिए । उनलाई आज घरबाट पक्राउ गरी आवश्यक कारबाइको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाइएको छ । 

गिट्टीको बिल देखाएर प्याजको तस्करी

Image
वीरगंज, १४ पुस । जिल्ला प्रहरी कार्यालय बाराले ९ लाख ३० हजार मूल्य बराबरको भन्सार छलीको प्याजसहित ट्रक नियन्त्रणमा लिएको जनाएको छ । पुस १३ गते प्रहरी चौकी पथलैयाले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा ना ६ ख २६२५ नं. को ट्रक चेक जाँच गर्ने क्रममा भिसिटिएस अनलाईन बिल गिट्टिको देखाएपछि प्रहरीले ट्रक भित्र रहेको १७,७३० किलो प्याज नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उक्त प्याज ९ लाख ३० हजार ८२५ मूल्य बराबर रहेको र अनुसन्धानको लागी राजस्व कार्यालय पथलैयामा पठाईएको जिप्रका, बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्र राज गुरूङ्गले बताएका छन् । 

बालुवा तस्करी गर्ने ५ ट्याक्टर नियन्त्रणमा

Image
बिरूवागुठी १२ पुस/ वीरगंज महानगरपालिका अन्तर्गतको भेडाहा खोलाबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा मिलनचोक प्रहरी चौकीले आज बिहान पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले भेडाहा खोलाबाट गिट्टी, बालुवा लोड गरेको अवस्थामा ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६, प्र २०३–००१–४७४७ गरी पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको बताए । नियन्त्रणमा लिइएको ट्याक्टर कारबाईको लागि वीरगंज पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक केसरीले बताए । भदौ मसान्तदेखि बन्द भएको वीरगंज महानगरपालिका अन्तर्गतको भेडाहा खोला, पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सिङ्गाही र कर्जनिहा खोलाहरूको ठेक्कामा ढिलाई हुँदा गिट्टी, बालुवाको तस्करीमा वृद्धि भएको र तस्करीको गिट्टी, बालुवा महानगरमा रहेका क्रसर उद्योगहरूले किन्ने गरेको बताइन्छ ।

कानून पालना गराउन कडारूपमा प्रस्तुत हुने– प्रजिअ

Image
वीरगंज, १२ पुस/ प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कानून पालना गराउन  कडारूपमा प्रस्तुत हुने बताएका छन् । जिल्ला प्रशासन कार्यालय, पर्सामा आयोजित सञ्चारकर्मीसँग अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रजिअ भुसालले लामो समयदेखि स्वास्थ्य तथा उद्योग क्षेत्रमा काम गरी हालै गृह प्रशासनर्फ आएकोले प्राविधिक कुरा थाहा रहेको बताए । पर्सामा देखिएका समस्या सञ्चारकर्मीले सत्यतथ्य प्रकाशन गरे जिप्रका, पर्सालाई सहयोग पुग्ने बताए । उनले गृह प्रशासनले जिल्ला प्रशासनलाई दिएको म्यान्डेट अन्तर्गत नागरिकता, सामान्य उजूरी, मिटर ब्याजसम्बन्धी उजूरी, हातहितयार, नागरिकताजस्ता प्रत्यक्ष जनतासँग जोडिएको काम भएकोले छिटो कार्य सम्पादन हुने बताए । प्रजिअ भुसाल आएपछि हिजो उद्योगी व्यापारीसँग तथा आज राजनीतिक दलसँग छलफल गरी पर्साको शान्ति सुरक्षा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे बुझ्ने कार्य भइरहेको बताए । नागरिकता प्रतिलिपि शाखा तथा नागरिकता लिन लाग्ने भीड र उनीहरूलाई दिइने सेवा कसरी सहज बनाउन सकिन्छ भन्नेबारे कर्मचारीसँग छलफल गर्ने बताए । छलफलको क्रममा सञ्चारकर्मीहरूले मिटरब्याजको उजूरी हेर्दा दलालहरू बढी प्रवे...

तिलगङ्गाका चिकित्सकले गरे ६३० जनाको शल्यक्रिया

Image
परवानीपुर, १२ पुस/ अन्तर्राष्ट्रिय साझेदार अपरेशन रिज्युइस सिङ्गापुरको आर्थिक सहयोग एवं तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको आयोजनामा पर्साको विन्ध्यवासिनी गाउँपालिकामा बृहत् तीन दिने आँखा शिविर एवं शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुस ९ गतेदेखि बहुअर्वाभाठास्थित राधाकृष्ण चौरसिया माविमा सम्पन्न आँखा शिविरमा पाँच हजार आँखा रोगीहरूको आँखा परीक्षण गरी तीमध्ये मोतियाबिन्दुको समस्या देखिएका ६३० जना रोगीको शल्यक्रिया भएको प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाले जानकारी दिए । आँखा शिविरमा विन्ध्यवासिनी, बहुदरमाई, पोखरिया र जगरनाथपुर गाउँपालिकाका सयौं आँखा रोगीहरू लाभान्वित भएका छन् । विन्ध्यवासिनी गापाको सहजीकरणमा भएको कार्यक्रममा गापाले शिविर र शल्यक्रिया सञ्चालनको लागि विद्यालयको भवन, पानी, टेन्ट, कुर्सी, खाना पकाउने भाँडाकुँडा एवं १५ जना स्वयंसेवकको व्यवस्थापन गरेको थियो भने अन्तर्राष्ट्रिय साझेदार संस्था सिङ्गापुरबाट ४० जना विदेशी स्वयंसेवकहरूले सो शिविरमा सहयोग गरेका थिए । प्रतिष्ठानका वरिष्ठ भेट्रो रेटिना सर्जन डा सञ्चिता शर्माको नेतृत्वमा २८ जना चिकित्सक एवं स्वास्थ्यकर्...

कमिशन खाएर ऋण प्रवाह गर्ने परिपाटी अन्त्य गर्नुपर्छ– कुशवाहा

Image
परवानीपुर, १२ पुस/ आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कमिशन खाएर वाणिज्य बैंकहरूले सर्वसाधारणलाई ऋण दिने  परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन् । आम जनता पार्टी मधेस प्रदेश कमिटीद्वारा वीरगंजको ओम पार्टी प्यालेसमा आयोजित प्रदेशस्तरीय अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । बैंकहरूले लिने गरेको मनपरी ब्याज फिर्ता गराउन लघुवित्त, सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गर्न तथा आम जनतालाई सहजरूपमा कर्जा दिलाउने अभिप्रायले आयोजित सो अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले बैंकहरूको नीतिकै कारण जनताले दुःख भोग्नुपरेको बताए । सर्वसाधारण जनता र किसानभन्दा कमिशन दिने र बैंकमा पहुँच भएका ठूलाबडाले मात्र कर्जा पाउँछन्, उनले भने – यो परिपाटीको अन्त्य गर्नुपर्छ । कमिशनमा कर्जा प्रवाह गर्ने जबसम्म परिपाटी अन्त्य हुँदैन तबसम्म हरेक बैंकले निर्धारण गरेको कृषि कर्जा सम्बन्धित किसानले नपाउने उनले बताए । नेता साहले बैंकहरूले बेला–बेलामा जथाभावी प्रिमियम शुल्क वृद्धिको बहाना गर्दै ब्याजदर बढाउने र कर्जा नवीकरण शुल्कलगायत शीर्षकमा ऋणीहरूसँग मनपरी शुल्क लिंदा आम जनतामाथि थप आर्थिक भार बढ्दै गएको...

१५ लाख मूल्य बराबरको मोबाइलसहित एकजना पक्राउ

Image
वीरगञ्ज  १२ पुस  । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलेर नेपाल भित्राइएका १५ लाख बराबरको मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो । बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्र राज गुरुङका अनुसार चौधरीले अवैध रुपले भन्सार छलीका मोबाइलहरु लुकाईछिपाई राखेको सूचना प्रहरीमा आएको थियो । सोही सूचनाको आधारमा खानतलासी गर्दा चौधरीको घरबाट उक्त मूल्य बराबरको मोबाइल बरामद भएको निमित्त प्रवक्ता गुरुङले जनाए । उनको साथबाट विभिन्न कम्पनीका ५१ थान मोबाईल सेटहरू, ४८ थान चार्जर, ९ थान ब्याट्री र १४ थान मोबाईल कभर फेला परेको उनले बताए । बरामद सामानसहित पक्राउ परेका चौधरीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

कोशीले सुदूरपश्चिमलाई हरायो

Image
काठमाडौँ, १२ पुस : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । सुदुरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउदै पूरा गरयो । कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे । काजलले ४८ बलमा  आठ चौकाको मद्धतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्धतमा ५१ रनको योगदान गरिन । बिमला मलाहले ४ रन जोडिन । सुदुरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै एक सय १८ रनको योगफल बनाएको थियो । सुदुरपश्चिमको लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन । त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन । बलिङतर्फ कोसी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान एक एक विकेट लिएका थिए । ---

भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीद्वारा छजना अपहणकर्ता पक्राउ

Image
रौतहट, १२ पुस/ भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले छजना अपहणकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी देश भारतको जिल्ला सीतामाढी थाना डुम्रा मेहसोल वडा नं. २७ बस्ने मो. अकबर, सोही ठाउँ बस्ने मो. नईम, वर्ष ३० को कौसर अली, वर्ष २० को मो. सदाब, वर्ष २७ को मो.इरशाद र टन्डसपुर वडा न ३ बस्ने रामनरेश कुमार रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।   पुस ५ गते बिहान १०ः३० बजे जिल्ला चितवन भरतपुर महानगरपालिका–१९ हुलाक चोक बस्ने वर्ष ४० को कृष्ण थापा र ऐ. रत्ननगर न. पा. वडा नं १२ जीरौना बस्ने अ.वर्ष ३५ को दिपेन्द्र महतसमेत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जान्छु भनी हिडेकोमा पुस ७  गते बेलुका निज कृष्ण थापाले आप्mनो फेसबूक आइडीबाट म अपहरणमा परें रु छ लाख फिरौती माग गरेको छ भनी पत्नीलाई म्यासेन्जरमा कल गरेको भन्ने जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा सूचना प्राप्त भएको थियो ।   उक्त सूचना जिप्रका रौतहटमा  प्राप्त भई अपहरणमा परेका मानिसहरू सीमावर्ती भारतीय इलाकामा हुन सक्ने सम्भावना रहेकोले प्रहरी टोलीले भारतीय प्रहरीसँग सहयोग तथा समन्वय गरी अप्रेशन सञ्चालन गर्दा पुस १० गते सीतामढी ...

शान्ति सुरक्षा, अमनचयन कायम गर्छु– प्रजिअ भुसाल

Image
वीरगंज, ११ पुस/ प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पर्सावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । वीरगंज उद्योग वाणिज्य सङ्घले उनको आगमनमा बुधवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रजिअ भुसालले वीरगंज आर्थिक नगर भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै उद्योग, व्यापारको विकास र प्रवद्र्धनका क्षेत्रमा आफ्नो सक्रिय भूमिका रहने बताए । उनले जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था मिलाउने पनि बताए । प्रजिअ भुसालले जिल्लाको सरकारी कार्यालयलगायत सम्पूर्ण सेवाहरूमा सुशासन प्रवद्र्धन गर्ने, सीमावर्ती क्षेत्रमा हुने गैरकानूनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने, जिल्लाको विकास निर्माणमा भइरहेका ढिलाइ अन्त्य गरेर विकास निर्माणका कार्य अगाडि बढाउने बताए । सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले वीरगंजलगायत पर्सा जिल्लामा शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । उनले सीमा सुरक्षा अधिकारीहरूको बैठकले प्रभावकारी निर्णय गर्ने हुँदा सोलाई निरन्तरता दिनुपर्ने, नगरको सुरशान्ति सुरक्षा, अमनचयन कायम गर्छु– प्रजिअ भुसालमा सिसिटिभी क्यामराको प्रभावका...

गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला

Image
पिथौरागढ (भारत), ११ पुस : कुमाउँका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन् । "दिन–दिन खजाना का भार का बोकिया ले, शिव शिव चुलि में का बाल नैं एक कैका । तदपि मुलुक तेरो छोड़ि नैं कोई भाजा, इति वदति गुमानी धन्य गोर्खाली राजा ।।" अर्थात् हरेक दिन खजानाको बोझ बोकेर जनताको टाउकोको कपाल उड्यो तर गोरखाको शासन छोडेर देशको कोही पनि नागरिक भागेनन् । त्यसैले हे गोर्खाली राजा तिमी धन्य छौ । भारतको उत्तराखण्डको पिथौरागढस्थित गोर्खाली किल्ला चारैतिरबाट नौ फिट अग्लो पर्खालले घेरिएको छ । पर्खालको चौडाइ पाँच फिट चार इन्च छ । पर्खालमा बन्दुक चलाउन मिल्ने एक सय ५२ वटा प्वाल छन् । नालापानी किल्ला जस्तै पिथौरागढको गोर्खाली किल्ला पनि गोर्खालीको बहादुरीको इतिहाससँग जोडिएको ऐतिहासिक ठाउँ हो । जहाँ गोर्खालीले अङ्ग्रेजलाई परास्त गर्दै २५ वर्ष शासन चलाएका थिए । तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अङ्ग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए । त्यति बेला गोर्खाली सेनाले कुमाउ गडवालतर्फ आक्रमण गर्ने क्रममा सुरुवातमा ...

बारा मजदूरद्वारा विद्युत् प्रFधिकरणविरुद्ध प्रदर्शन

Image
बारा, ११ पुस । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगमा कार्यरत मजदुरहरूले रोजगारी संकटमा परेको भन्दै आज विरोध प्रदर्शन गरेका छन् ।   प्रदर्शन गर्दै मजदूरहरुले इलाका प्रशासन कार्यालय सिमरामा ध्यानाकर्षण पत्र बुझाउँदै ६ हजारभन्दा बढी मजदुरहरूको रोजगारीमा प्रत्यक्ष असर परेको बताएका हुन् । इलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरीमार्फत नेपाल विद्युत प्राधिकरणलाई बुझाइएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, 'नेपाल विद्युत प्राधिकरणले एक्कासी विद्युत लाइन काटेपछि रोजगार दाताहरूबाट उद्योगमा श्रमिकहरू कटौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराएको हुँदा ती प्रतिष्ठानहरूमा कार्यरत ६ हजारभन्दा बढी श्रमिकहरूको रोजगारीमा प्रत्यक्ष असर पर्न गएको व्यहोरा सम्बन्धीत सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षण गराउँदछौं ।' 'डेडिकेटेड फिडर' र 'ट्रंक लाइन' मार्पmत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर नेपाल विद्युत प्राधिकरणले कतिपय उद्योगको बिजुलीको लाइन काट्न थालेपछि सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप चलेको छ । नेपाल विद्युत प्राधिकरणले बारा जिल्लास्थ...

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै

Image
सुदूरपश्चिम, ११ पुस : पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ ।       भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।  गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमूना जाँच गर्दा आठजनामा कोरोनाको सङ्क्रमण फेला परेको जानकारी दिनुभयो ।   "सङ्क्रमित चारको नमूना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौँ पठाइएको र चार सङ्क्रमितको नमूना आज पठाउने तयारी भइरहेको छ", उहाँले भन्नुभयो, "सङ्क्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमूनाको थप परीक्षण गर्न जरुरी भएको  हो ।"     सीमा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाई 'होम आइसोलेसन'मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्धित पालिकासँग पनि समन्वय गर्ने गरिएको साउदले बताउनुभयो । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सचेत गराइएको पनि साउदले बताउनु...

प्रो–क्लब टी–२०ः सशस्त्र त्रिभुवन आर्मीसँग पराजित

Image
वीरगंज, ११ पुष । नेपाल प्रो–क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । बुधवार नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा कुशल मल्लको घातक बलिङमा आर्मीले अर्काे विभार्गीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २६ रनले पराजित गरेको हो । आर्मीले दिदएको ११५ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको एपिएफ क्लब १९ ओभरमा ८८ रन बनाउँदै अलआउट भएपछि आर्मीले उक्त खेल २६ रनले जितेको हो । आर्मीका लागि एपिएफका कप्तान प्रदीप ऐरीले ३३ बलमा सर्वाधिक २९ रन बनाए। लोकेश बमले १९ बलमा १६ र आसिफ शेखले १७ बलमा १२ रनमात्र जोडे ।बलिङतर्पm आर्मीका कुशल मल्ल एक्लैले एपिएफको पाँच विकेट लिए। चार ओभरमा उनले १८ रन दिएर पाँच विकेट लिएका हुन् ।यस्तै साहब आलम, सोमपाल कामी, विवेक यादव र बसिर अहमदले एक–एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । आर्मीका लागि सन्तोष कार्कीले सर्वाधिक ३२ रन बनाए। कुशल मल्लले २२, सनदीप रजालीले १६ र विनोद भण्डारीले १० रनको योगदान दिए। बलिङतर्पm एपिएफका अमरसिंह रौटेल...

प्रम कप क्रिकेट : एपिएफ विजयी

Image
काठमाडौँ, ११ पुस : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै विजयी भएको छ । जितका लागि एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रनमा समेटियो । कर्णालीका लागि त्रिर्सना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । उनले १९ बल खेल्दै तीन चौकाको मद्दतमा १९ रन जोडेकी हुन् । त्यस्तै गौरी बोहोराले १२ तथा रश्मी खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान किरण कुवरले १ रन बनाइन् भने बिना थापाले २ तथा अन्जु गुरुङले ६ रन बनाइन् । कर्णालीलाई सस्तैमा समेट्नेक्रममा एपिएफकी करुणा भण्डारीले चार विकेट लिइन भने सुमन विष्टले दुई विकेट झारिन् । त्यसैगरी बिनु बुढा र सीता रानामगरले समान एक÷एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनाएको थियो । एपिएफका लागि राजमती ऐरीले सर्वाधिक ६७ रनको योगदान दिइन् । उनले ५५ बल खेल्दै नौ चौका र दुई छक्काको म...

पाँच वर्षदेखि बारा, रौतहटमा आतंक मच्चाउने सार्पसुटर सिंह कसरी पक्राउ परे ?

Image
वीरगंज, ११ पुस । विगत ५ वर्षदेखि बारा, रौतहट जिल्लामा आतंक मच्चाउंदै आएको सार्पसुटर भारतीय नागरिक सुजितकुमार सिंहलाई बारा प्रहरीले मंगलवार राति घुँडामा दुई गोली प्रहार गरी पक्राउ गर्न सफल भएको छ । आज जिल्ला प्रहरी कार्यालय, बाराले प्रेस विज्ञप्ति जारी गरी बारा र रौतहटमा विभिन्न अपराधिक घटनाहरुमा संलग्न रहेको आरोपमा भारत मोतीहारी जिल्ला छौडादानो पञ्चायत तिनकुनी बस्ने अन्दाजी ३२ वर्षिय सुजित कुमार सिंहलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् । प्रहरीले सूचनाको आधारमा भारतसंग सीमा जोडिएको बाराको विश्रामपुर गाँउपालिका वडा नं. ३ डम्पिङ साईट चेकजाँच गर्दा सुरक्षाकर्मी माथि सिंहले गोली प्रहार गरेको र प्रहरीले चलाएको गोलीबाट उनी घाइते भएको प्रहरी उपरिक्षक सुरेश काफ््लेले जानकारी बताए । उनको घुडा मुनी गोली लागेको र कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सिंहको साथबाट एउटा पेस्तोल र गोली प्रहार गरेको छ । गत कार्तिक १३ गते दिउंसै कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोडिङ स्कूलका सञ्चालक रुपेश सर्राफको सिंहले गोली प्रहार गर...

वण्डर्स क्लव नोयडा ८ विकेटले बिजयी

Image
वीरगञ्ज । वीरगञ्जमा जारी प्रो क्लव च्याम्पियनसिप टी–२० क्रिकेटमा आज पनि दुईवटा खेल हुदैछन् । नारायणी क्रिकेट रंगशालामा आज भएको पहिलो खेल वण्डर्स क्लब नोयडा बिजयी भएको छ । वण्डर्स क्लव नोयडाले सशस्त्र प्रहरीको एपीएफलाई ८ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । खेलमा सशस्त्रका खेलाडी आसिफ शेखले २२ बलमा १९ रन बनाए । हरिशंकर साहले २३ रन जोडे । यस्तै प्रदीप ऐरीले २४ रन जोडेका थिए । अर्का खेलाडी सन्दीप जोराले २० रनको योगदान गरे भने लोकेश बमले १५ बलमा १९ रन बनाए । नोएडाका कप्तान अल्पित गुप्ताले दुई विकेट लिए । अर्को बलर हर्षित सेठी र दिवान्स रावतले क्रमशः एक÷एक विकेट लिए । १ सय ४५ रनको लक्ष्य नोयडाले १६ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो । खेलमा नोयडाका खेलाडी सिद्धार्थ गोस्वामीले नटआउट हुदैँ ४३ रन बनाए । हर्षित सेठीले नटआउटमा ४५ रन जोडे । यस्तै रितिक भट्टले ४६ रन र अरोरा रितिकले १२ रन बनाएका थिए । सशस्त्रका बलर विपिन खत्री र कमल खत्रीले क्रमश ः एक÷एक विकेट लिएका थिए ।  

पर्सा जिल्लामा तस्करीको लाइन खुला

Image
वीरगंज, १० पुस । पर्सा जिल्लामा अहिले सबैखाले तस्करी शुरू भएको छ । खुला सीमा रहेको यो जिल्लाका विभिन्न स्थानबाट अहिले तस्करी निर्बाधरूपमा सञ्चालनमा छ । दुवैतर्फका सुरक्ष्Fा निकायलाई प्रभावित पारेर तस्करहरूले तस्करीको लाइन सञ्चालनमा ल्याएको स्रोतले जनाएको छ । कपडा, हार्डवेयर, विद्युतीय सामग्री, माछा, कुखुरा, कबाड, चौपायाहरूको तस्करी अहिले सञ्चालनमा छ । पशुपक्ष्Fी आयात निर्यातमा प्रतिबन्ध भएपनि खुला सीमाका कारण अहिले भारतबाट तस्करीको माध्यमबाट बोइलर कुखुरा भित्रिने क्रम जारी छ । यसैगरी, क्वारेन्टाइन गरेर चौपायाहरू भन्सार माध्यमबाट भित्रिनुपर्नेमा विनाक्वारेन्टाइन विभिन्न नाकाबाट तस्करीका माध्यमले भैंसी, राँगा, बाख्रा–बाख्री खुलेआम भित्रिरहेका छन् । मध्यराति १२ देखि बिहान ३ बजेसम्म तस्करीका सामानहरू वीरगंजलगायत सीमावर्ती क्ष्Fेत्रमा रहेका गोदामहरूमा सञ्चय गर्ने र त्यहाँबाट गन्तव्यतर्फ लैजाने क्रम जारी छ । वीरगंजको मुख्य नाकाबाट पनि तस्करी भइरहेको छ । सेटिङमा तस्करी भएकोले सशस्त्र, जनपदको सुरक्ष्Fा घेराबाट यो समयमा तस्करीका सामानहरू निर्बाधरूपमा भित्रिरहेका छन् । दसौता, पाँडेपुर, महादेवपट्...

स्वर्णकारलाई गोली प्रहार गर्ने सुटर सुजित सिंह पक्राउ

Image
कलैया, १० पुस । बाराको कलैयामा दिउँसै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त भारतीय सुटर सुजित सिंहलाई प्रहरीले दुवै खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजित कुमार सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । प्रहरीले उनको साथबाट एक थान पेस्तोल र ५ थान गोली समेत पक्राउ गरेको हो । सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको हो । बाराको बिश्रामपुर गाँउपालिका– ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोमा दुबै खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताएका छन् । सिंहको हाल प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ । कार्तिक १३ गते बाराको सदरमुकाम कलैया उपमहानगर– ६ मा दुर्ई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिड्ढा स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए । स्वर्णकारको छाती...

उखु किसान सधैं मारमा पर्ने गरेको छ

Image
बारा, १० पुस । बारामा अहिले किसानहरु उखु काटन थालेका छन । बाराको १६ पालिकाका अधिकाँश गाउँका किसानहरुले उखु लोड गरि रिलायन्स सुगर चिनी मिल मनहर्वा लग्ने गरेका छन् । उखु काटेर मिल सम्म पुर्याए पनि भाउ नतोक्दा किसानहरु चिन्तित बन्दै गएको बाराको सुवर्ण गाउँपालिकाका अगुवा किसान अशोककुमार यादवले बताउनुभयो । किसान नै सधैं मारमा रहने गरेको अहिले पुनः किसानमा मारमा परेको अगुवा किसान यादवले बताउनुभयो ।बारामा उखु खेती तर्फ आकर्षित बन्दै गएको बेला मुल्यको चिन्ताले किसानले दुखेसो पोख्ने गरेका छन् । बाराको कलैया उपमहानगरपालिका ,जितपुर सिमारा उपमहानगरपालिका ,महागढीमाई नगरपालिका ,सिम्रौनगढ नगरपालिका ,सुवर्ण गाउँपालिका ,विश्रामपुर गाउँपालिका लगायतको पालिकाको किसानले अहिले धमाधम चलान लिएर मिल सम्म उखु पुर्याउने गरेका छन् । ३-४ दिन सम्म लाईनमा बसेर उखु काँटा हुने गरेको अर्का किसान दिपेन्द्र प्रसाद साहले बताउनुभयो । उखु काटेर मिल सम्म पुर्याएपनि एकैचोटि धेरै चलान छोडेका धेरै समस्या हुने गरेको किसान साहले बताउनुभयो । बारामा अहिले धेरै किसान उखु खेती गर्न लागेको भएपनि उखुमा धेरै समस्या हुने गरेको सिम्रौनगढक...

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको जित

Image
काठमाडौँ, ९ पुस : लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ३० रनले पराजित गरेको छ । जितका लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो  । कर्णालीका लागि गौरी बोहराले २२ बलमा २ चौकासहित सर्वाधिक २२ रन बनाइन् । त्यस्तै, यमुना थारुले २९ बलमा ४ चौकासहित २१ रन बनाइन् । अञ्जु गुरुङ ६ बलमा ३ चौकासहित १३ र रश्मी खड्का ११ रनमा नट आउट रहिन् । तृर्सना विश्वकर्माले ८, कप्तान किरण कुँवरले २ र बीना थापा ४ रनमा आउट भइन् । लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान दुई/दुई विकेट लिए भने शर्मिला रोका र चमेली चौधरीले समान एक/एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । लुम्बिनी प्रदेशकी कप्तान सरस्वती गङ्गा मगरले ६२ बलमा ७ चौकासहित ५३ रन बनाइन् । चमेली चौधरीले २२ बलमा २ चौकासहित १८ रन बनाइन् । सरस्वती पुनले ३ र मधु डिसीले २ रन बनाए  । कर्णालीका लागि यमुना थारु, रश्मी खड्का ...

बारा प्रहरीद्वारा लागूऔषधसहित चारजना पक्राउ

Image
वीरगंज, ९ पुस । जिल्ला प्रहरी कार्यालय बाराले प्रतिबन्धित लागूऔषध टयाबलेटसहित चारजना पक्राउ परेको जनाएको छ ।   इलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका–३, बजनीबाट प्र.२–०३–०१६ प ०८८८ नम्बरको मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने वर्ष ४३ को जयशंकर प्रसाद यादव, पछाडि बस्ने वर्ष २४ को मनिष कुमार साहलाई लागूऔषधसहित पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले फेनरागन– २९६ पिस, डाईजेपाम– ३०३ पिस, बुप्रो नोर्पिmन– ३०० पिस बरामद गरेको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताएका छन् ।   यसैगरी इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नं.९ शहिद चोकबाट निजगढ–८ बुद्ध चोक बस्ने वर्ष २० को विवेक मोक्तान र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टांगिया बस्ने वर्ष २० को सागर तामाङलाई लागूऔषधसहित पक्राउ गरेको प्रवक्ता न्यौपानेले बताए । उनीहरुको साथबाट ट्रामानिल १८० पिस बरामद भएको प्रहरीले जनाएको छ । 

बारा प्रहरीद्वारा एक करोड मूल्य बराबरको प्याज भन्सार चलान

Image
वीरगंज, ९ पुस । जिल्ला प्रहरी कार्यालय बाराले असोजदेखि पुस ५ गतेसम्म एक करोड १ लाख ५८ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालय चलान गरेको छ ।   जिल्ला प्रहरी कार्यालय, बारा मातहतको इलाका प्रहरी कार्यालय जीतपुर, इलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैयाले असोजदेखि पुस ५ गतेसम्म भन्सार छलीका अबैध रुपमा नेपाल भित्रिएको १ करोड १ लाख ५८ हजार ७ सय रुपियाँ मुल्य बाराबरको प्याज नियन्त्रणमा लिई भन्सार कार्यालय वीरगंज, पर्सा र राजश्व कार्यालय पथलैया, बारा बुझाइएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षध दधिराम न्यौपानेले आज जानकारी गराएका छन् । 

पर्सामा बाघले मान्छे खायो

Image
पर्सा, ९ पुष । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थरकट्टी गाँउका बाबुलाल महतो उराँवका छोरा २० वर्षीय मनोज महतो उराँव रहेका छन् । सब डिभिजन वन कार्यालय रंगपुरका रेञ्जर कपिलदेव यादवका अनुसार, जंगलसंग जोडिएको थरकट्टी गाँउका मनोज आइतवार बेलुकी शौच गर्न खेत तिर गएका थिए । राति अबेरसम्म घर नफर्किएका मनोजलाई खोज्न छिमेकी र गाँउलेहरूले सोमवार बिहान खेत तिर जाँदा खेत नजिकैको जंगलमा बाघले मारेर खाएको अवस्थामा मनोजका शरीरका अंगहरू भेटिएको रेञ्जर यादवले जानकारी दिए। पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले थरकट्टी गाँउमा बाघले मान्छे मारेको खबर प्रहरीलाई आएपछि अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको बताए।

महानगरको सडकमा रिफलेक्टर रोड स्टड लाइट बल्न छोड्यो

Image
वीरगंज ९ पुस । वीरगंजको मुख्य सडकको दायाँ बायाँ सडकमा जडान गरेको अधिकांस  सडक रिफलेक्टर रोड स्टड लाइट बल्न छाडेका छन् । गुणस्तरहीन  रिफलेक्टर रोड स्टड लाइट जडान गरेको कारण बिग्रेको स्थानीयको भनाइ छ । सडक बिभागले मुख्य सडकमा सवारीका साधनको लागि संकेत दिन सडकको दायाँ–बायाँ पिच सडकमा सडक संकेत बत्ती जडान गरेको थियो । बत्ती जडान गरेको छ महिना पनि भएको छैन अधिकांस बत्तिहरू बल्न छाडिसकेका छन । सडक बिभागका कर्मचारीले कमिसनको प्रलोभनमा परि गुणस्तरहिन बत्ती जडान गरेको स्थानीयको आरोप छ । सो सम्बन्धमा बुझ्न खोज्दा सडक बिभागका कोहिपनि कर्मचारी जवाफ दिन तयार भएनन् । सडकको किनारमा मुख्य सडकमा नियमित चल्ने गाडीहरूको लागी  चाहिने स्थान छुट्याएर सडक  किनारमा सडक  बिभागले  अटोम्यााटिक रातो बत्ती जडान  ग¥यो  । ठूलो  राजमार्गदेखि  ठुला शहरमा पनि सडक  डिभाइडरमा  रातो र राती  पिल पिल गरेर बल्ने बत्ती  जडान  गरेको थियो । तर वीरगंजका सडकमा जडान गरिएका  रिफलेक्टर रोड स्टड लाइट अधिकान्स बल्न छोडेको छ । सडकले कमसल सामान जडान  गरिंदिदा छ महिना बित्न नपाउदै बल्न छोड्यो  यस्को दोषी को ? 

नेपाल बिएफएसआई समिट २०२३ सम्पन्न

Image
वीरगञ्ज, ८ पौष/ नेपाल बैंकिङ, फाइनान्स एण्ड इनस्योरेन्स इन्स्टिच्युट र पिएचडी चेम्बर अफ कमर्स एण्ड इनडस्ट्रीको इण्डिया–नेपाल सेन्टरले संयुक्त रूपमा "नेपाल बिएफएसआई समिट २०२३" को दोस्रो संस्करण शुक्रवार काठमाडौंमा सम्पन्न गरेको छ । एकदिवसीय कार्यक्रमको मुख्य उद्देश्य बैंकिङ आविष्कारका उत्कृष्ट अभ्यासहरू साझा गर्ने र भारत र नेपालबीचको आर्थिक सम्बन्धमा योगदान पु¥याउने वित्तीय क्षेत्रमा सहयोग र सहकार्यका क्षेत्रहरू अन्वेषण गर्ने रहेको थियो । पिएचडी चेम्बर–भारत–नेपाल केन्द्रका सेक्रेटरी अतुल कुमार ठाकुरले सम्मेलनको अध्यक्षता गर्दै नेपालले तरलता, भुक्तानी सन्तुलन, घट्दो माग, घट्दो निर्यात र आयात, न्यून औपचारिक क्षेत्रको रोजगारी, उच्च बसाइसराइ दर र सक्रिय नीतिगत उपायहरूको अभाव जस्ता आर्थिक समस्याहरूको सामना गर्दै आएकोमा यस शिखर सम्मेलनले एक महŒवपूर्ण नीति प्लेटफर्म प्रदान गरेको बताउनुभयो । उहाँले नेपाल बिएफएसआई शिखर सम्मेलन २०२३ ले यस क्षेत्रको अर्थतन्त्र पुनरूत्थान र आर्थिक वृद्धिलाई बढावा दिने अवसरको रूपमा काम गरिरहेको बताउनुभयो ।   वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार ...

प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित

Image
काठमाडौँ, ८ पुस : सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । नेपाली महिला क्रिकेट टोलीकी कप्तानसमेत रहेकी इन्दु वर्माको उत्कृष्ट प्रदर्शनमा एपिएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो । एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेटले हराएको थियो भने सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो । एपिएफ ३ खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्षस्थानमा छ । कोशी प्रदेशको समान ६ अङ्क भए पनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । जितका लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनको योगफल बनायो । लुम्बिनीको लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाइन् । उनले ४९ बलमा २ चौकासहित २८ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । एपिएफकी इन्दु वर्माले ३ विकेट लिइन् । त्यस्तै विनु बुढाले २ विकेट लिइन् भने रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले समान १/१ विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी क्र...

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

Image
चितवन, ८ पुस : नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो । परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन र तनहँुतर्फका विभिन्न छ स्थानमा सवारीसाधन रोकिनेछ । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछ । काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने उहाँले जानकारी दिनुभयो । ...

तलववृद्धिको माग गर्दै ठाराब क्याम्पसमा तालाबन्दी

Image
वीरगंज,८ पुस । ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंजमा कर्मचारीहरूले तलबवृद्धिको माग गर्दै आइतवार तालाबन्दी गरेका छन् ।   १५ वर्षदेखि तलब नबढाएको भन्दै १० जना कर्मचारीहरूले तलबभत्ता बृद्धिको माग गर्दै त्रिवि कर्मचारी संघले आइतवार क्याम्पसमा तालाबन्दी गरेको हो । संघका अध्यक्ष किशोरी चौधरीको नेतृत्वमा कर्मचारीहरूले क्याम्पसको कर्मचारी प्रशासन शाखा, आइटी शाखा, सामान्य प्रशासन तथा स्टोर शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा ताल्चा मारेको आन्दोलनरत कर्मचारी मध्येका मनोहर साहले जानकारी दिए । क्याम्पसले २०६६ सालदेखि आन्तरिक करारामा नियुक्त गरेका १० जना कर्मचारीहरू विगत १५ वर्षदेखि मासिक १५ हजार रूपेयाँको तलबमा काम गर्दै आइरहेका छन् ।श्रम ऐन अनु्सार तलबबृद्धिको माग गर्दै कर्मचारीहरूले गत बुधवार एक घण्टा, गत बिहीवार दुर्ई घण्टा र गत शुक्रवार तीन घण्टा काम ठप्प पारेका थिए । त्यति गर्दासमेत माग सम्बोधनका लागि क्याम्पस प्र्रशासनले चासो नलिएपछि आइतवार क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरिएको त्रिवि कर्मचारी संघका अध्यक्ष चौधरीले बताए ।

प्रधानमन्त्री कप क्रिकेट : कोशीद्वारा मधेस प्रदेश पराजित

Image
काठमाडौँ, ८ पुस : प्रधानमन्त्री कप राष्ट्रिय टि–टवान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेश मधेस प्रदेशलाई ६० रनले पराजित गर्दै विजयी भएको छ । जितका लागि एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेश २० ओभरमा नौ विकेट गुमाउँदै ६९ रनमा समेटियो । मधेशका लागि साना प्रविनले ४१ बलमा तीन चौकासहित सर्वाधिक २७ रन बनाइन् । त्यस्तै आरती महतोले २० बलमा चार चौकासहित १८ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओपनर पुजा महतो तीन, एलिसा यादव चार, सरस्वतीकुमारी चौधरी सात, अनुराधा चौधरी र प्रतिमा शाहले समान दुई÷दुई रन बनाए । कोशीका लागि सबनम राइ र एलिसा खडियाले समान दुई विकेट लिए । रुविना क्षेत्री र संगिता राईले समान एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला व्याटिङ रोजेको कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै एक सय २९ रनको योगफल बनाएको थियो । कोशीका लागि कप्तान रुवीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् । उनले ६४ बलमा नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन् । त्यस्तै अप्सरी बे...

बारा प्रहरीद्वारा तीन हजार किलो प्याज नियन्त्रण

Image
बारा, ८ पुस ।  जिल्ला प्रहरी कार्यालय बाराले तीन हजार किलो प्याज नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जीतपुरको टोलीले  वीरगंजबाट  चितवन  जादै गरेको प्र.२०३–००१ च ६२०३ न.को पिकअप गाडीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरबजारमा चेक जाँच गर्दा विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको एक लाख  ८१ हजार  मूल्य बराबरको ६०  बोरा प्याज (तीन हजार किलो) बरामद गरेको थियो । प्याज र पिकअप नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।

राष्ट्रिय नागरिक सङ्घर्ष समिति पर्सा चयन

बीरगञ्ज ७ पुष।   राष्ट्रिय नागरिक सङ्घर्ष समितिको जिल्ला संयोजक उपेन्द्रकुमार यादवको अध्यक्षतामा र केन्द्रीय प्रवक्ता हिराबहादुर चन्दको प्रमुख अतिथ्यमा जिल्ला कार्यसमिति प्रसाद चयन गरिएको छ। उपेन्द्रकुमार यादवको संयोजकतामा २५ सदस्य कार्यसमिति चयन गरिएको हो। समितिको  सदस्यहरूमा महेन्द्रप्रसाद  साह, अब्दुल कैस, पुनित गुप्ता, संजयप्रसाद यादव, सन्तोष पटेल प्रयाग महतो नासिर र्मिया, धनीलाल यादव, राजेश हाडा भीम चौरसिया गुड्डु यादव कमरुल मिया विश्वम्भर सिंह लक्ष्मीराम सुशील शाह नाजिर मिया बालेन्द्र ठाकुर राजेश यादव उपेन्द्र कुशवाहा जवाहर तिवारी रहेका छन्।   त्यसैगरी भेलाले राजनीतिक समन्वय समिति र आर्थिक समिति पनि चयन गरेको छ।

न्यु टाइगर क्लब गहवाद्वारा रक्तदान कार्यक्रम ६१ जनाद्वारा रक्तदान

Image
बीरगञ्ज ७ पुष।  सुरज साह कानुको स्मृतिमा न्यू टाइगर क्लब बीरगञ्ज गहवाले दुर्गा हल नजिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा तीन महिलासहित ६१ जनाले रक्तदान गरेका थिए क्लबका अध्यक्ष रविकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष उमेश कुमार गुप्ता, क्लबका भूतपूर्व अध्यक्षहरू रितेश गुप्ता, राजकिशोर गुप्ता, राजेन्द्र श्रेष्ठ, देवानन्द कलवार, प्रेम गुप्ता, अछेलाल महतो, मनिष प्रजापति, ललन चौरसिया, सन्दीप साह, मनोज साह लगायतको सहभागिता थियो।  

पुलमा ठोकिएर मोटरसाइकिल दुर्घटना, दुई युवकको मृत्यु

Image
बारा ७ पुष । बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बाराको प्रसौनी गाउँपालिका वडानम्बर -२ दुधौरा खोला पुल मा कलैयाबाट वीरगंज तर्फ जादै गरेको म.प्र.०३-०३०-प ४३९८ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई पुलको बाँया साईडको पिलरमा ठोकिएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर बस्ने राजेश मेहता खत्रीको छोरा वर्ष २२ को कुन्दन मेहता खत्री र कलैया उप-महानगरपालिका वडा नं. १२ सितलपुर बस्ने बिनोद प्रसाद कुशवाहाको छोरा वर्ष २२ को अभिमनु कुशवाहा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।  गए राती १२:१० बजे दुधौरा पुलको बाँया साईडको पिलरमा ठोकी दुवै जना गम्भिर घाईते भएको र उपचारको क्रममा दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। खत्रीको LS Neuro अस्पतालमा राति १२:४० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको छ भने कुशवाहाको राति करिब १ बजेतिर नेशनल मेडिकल कलेज बीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने पाँच करोड खर्च

Image
काठमाडौं ५ पुस । जम्बो टोली लिएर दुर्ई साता लामो अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसैका लागि पौने ५ करोड रुपियाँँ खर्च गरेको खुलेको छ । अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपियाँँ भुक्तानी भएको छ । यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो । प्रधानमन्त्री ३० भदौमा अमेरिका प्रस्थान गरेका थिए । उनले ४ असोजमा महासभालाई सम्बोधन गरेका थिए । उतैबाट उनी ५ असोजमा चीन पुगेका थिए । सो क्रममा उनी एसियन गेमको उदघाटन कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि उनले चीनका विभिन्न राज्यको भ्रमण गरी स्वदेश फर्किएका थिए । मुलुकमा आर्थिक संकट परेका बेला दुर्ई साता लामो घुमफिरमा निस्किएको भन्दै उनको आलोचना भएको थियो ।

पुस ७ गते नागढुंगा-मुग्लिन सडक ४ घण्टा बन्द हुने

Image
चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ। पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)ले बिहीबार एक सूचना जारी गरेर जनाएको हो। नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन् भने मालवाहक सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिने छन्। यसैगरी, काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ। पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ। उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्षअघि निर्माण भएका हुन्भने बाँकी १५ पुलको काम एकैसाथ थालिएको थियो। 

पर्सागढीमा ‘म बालिका हो, दुलही होइन’ अभियान

Image
वीरगंज ५ पुस मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले प्रदेशलाई किशोरीमैत्री बनाउने योजनाका साथ यहाँका किशोरीहरूलाई साथी बनाएका छन् । मधेश प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिकामा 'म बालिका हो, दुलही होइन' अभियानमा सम्बद्ध सामुदायिक विद्यालयका छात्राहरुले आज मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई भेटेर साथी बन्न आव्हान गरेपछी मन्त्री सिंहले उनीहरूको प्रस्ताव स्विकार गरेका हुन् । यहाँका ११० जना किशोरीहरूले भिजन क्लब गठन गरेर विद्यालय स्तरमा महिनावारी स्वच्छता, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, बाल विवाह न्यूनिकरण, बाल सहभागिता जस्ता विषयमा छलफल चलाउँदै आएका छन् । एकीकृत ग्रामीण स्वास्थ्य विकास तालिम केन्द्रले पर्सागढीका किशोरीहरूलाई चेतनासँगै क्षमता विकासका लागि विभिन्न अभिमुखिकरण कार्यक्रम संचालन् गर्दै आइरहेको छ । किशोरीहरूले मात्र यस विषयमा बोलेर आफ्नो नगर र समग्र प्रदेश किशोरीमैत्री नहुने भन्दै यसका लागि जनप्रतिनिधि सहित सरोकारवाला निकायका प्रतिनिधि सबैलाई साथी बनाएर एकीकृत पहलकदमी लिन यो उपाय अपनाइएको भिज...

पर्सा क्लब–११ द्वारा भारत, यूपी–११ माथि एक विकेटको रोमाञ्चक जित

Image
वीरगंज, ५ पुस ।  नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछाने नेतृत्वको टोली पर्सा क्लब–११ ले भारत उत्तर प्रदेशको टोली यूपी–११ माथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूपी—११ ले १६ ओभरमै अलआउट हुनुअघि ६६ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्साले भने १६.३ ओभरमा नौ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । पर्साका लागि दुई ब्याट्सम्यानले मात्र दाहोरो अंकमा रन बनाउन सके । ओपनर अनिल शाहले १८ रन बनाए । उनले २१ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान सन्दीप लामिछानेले १२ रन बटुले । उनले २० बलमा एक छक्का पनि प्रहार गरे । त्यसअघि सन्दीपले तीन विकेट पनि लिएका थिए ।   पर्साका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर इमरान शेख शून्य रनमै आउट भए भने हासिम अन्सारी पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । सुरज पटेल चार रनमा आउट भए भने पवन सर्राफले खातासम्म खोल्न सकेनन् । नसरुद्दिन अन्सारीले आठ रन...

एआई हाेइन मान्छेमा मात्रै प्याटेन्ट अधिकार हुने

Image
लन्डन । प्याटेन्टसम्बन्धी आवेदनमा अन्वेषकको रूपमा कृत्रिम बौद्धिकताको नाम राख्न अनुमति दिनु पर्ने याचिका खारेज गर्ने यस अघिको निर्णयहरूलाई बेलायती सर्वोच्च अदालतले सही ठहर्‍याएको छ । प्राविधिज्ञ डा. स्टेफन थेलरले डाबुस भनिने आफ्नो एआईलाई फुड कन्टेनर र फ्ल्याशिङ लाइट बिकनको आविष्कारकर्ताको रूपमा मान्यता दिलाउन खोजेका थिए  तर सन् २०१९ मा बौद्धिक सम्पत्ति कार्यालय (आईपीओ)ले यो अनुरोधलाई खारेज गरिदियो । त्यतिबेला उक्त कार्यालयले आविष्कारकर्ताको रूपमा व्यक्तिलाई मात्रै राख्न मिल्ने भन्दै सो अनुरोध अस्वीकृत गरेको थियो । यो निर्णयको विरुद्ध थेलर उच्च अदालत र पुनरावेदन अदालतसम्मै पुगे । अदालतहरूले एआई नभएर मान्छेमा मात्रै प्याटेन्ट अधिकार हुने भन्ने धारणालाई सपोर्ट गरेको तर्क आईपीओ थियो । अहिले सर्वोच्च अदालतका पाँच जना न्यायाधीशहरूको समूहले ती निर्णयलाई उल्ट्याउने अनुरोधलाई खारेज गरेका छन् । आविष्कारकर्ता व्यक्ति नै हुनु पर्ने अनि एआईको पोल्टामा प्याटेन्ट अधिकार दिन नसकिने फैसला गरिएको छ ।

घूससहित पक्राउ परेका जीतपुरसिमराका वडाध्यक्ष कार्की निलम्बन

Image
बारा ५पुस।। घर बाटो सिफारिसको क्रममा सेवाग्राहीसँग घुस रकम लिएको अभियोगमा जीतपुरसिमरा उपमहानगर वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की  निलम्बन भएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान  आयोग केन्द्रीय कार्यालय काठमाडौँले वडाध्यक्ष कार्की पदमुक्त भएको विषयमा उपमहानगरलाई अति गोप्य पत्र मार्फत जानकारी गराएको हो ।  कार्कीलाई घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियारको हेटौँडाको टोलीले जीतपुर स्थित जैशवाल होटेलबाट नियन्त्रणमा लिएको थियो ।  आयोगले कार्कीलाई सोमबार नगद रकम सहित नियन्त्रणमा लिएर सोही केन्द्रीय कार्यालय काठमाडौँ पठाएको हो  । सोही दिनदेखि लागु हुने गरी आयोगले वडाध्यक्ष कार्कीलाई निलम्बन गरेको हो ।   'अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ (४) बमोजिम पुष २ गतेबाटै लागु हुने गरी विशेष अदालत काठमाडाैँबाट म्याद थप भई आएको र यसरी थुनामा रहेका व्यक्ती सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक भए आयोगको ऐन २०४८ को दफा १७ तथा भष्टचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बन रहने कानुनी व्यवस्था रहेको जानकारी गराईन्छ' आयो...

जमुनिया खोला सखुवा पर्सौनी गाउँपालिका अन्तर्गत रहेको अध्यक्ष यादवको दाबी

Image
बीरगञ्ज ५ पुष । सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव ले पत्रकार सम्मेलन गरी जमुनिया खोला सखुवा पर्सौनी गाउँपालिका अन्तर्गत रहेको ले पटेरवा सुगौली गाउँपालिकाले जथाभावी सिमाङ्कन गरी टेन्डर आह्वान गरेकोमा सो खारेज गर्नुपर्ने माग गरेका छन्।  आज नेपाल पत्रकार महासङ्घ प्रसाद शाखाको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सखुवा प्रसौनी गा.पा. वडा नं. १ मा रहेको जमुनिया खोला साविकको मधुवनमयवल गा.वि.स.मा अवस्थीत तथा हाल गाउँपालिका स्थापना भएपश्चात सो मधुवनमथवल गा.वि.स. सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. १ हुन गएको बताए । यसरी हेर्दा तत्कालिन मधुवनमथवल गा.वि.स सखुवा प्रसौनी गाउँपालिकामा समायोजन हुन गएकोले सो गा.वि.स. मा पर्ने सम्पूर्ण प्राकृतिक श्रोत साधनहरु स्वतः सखुवा प्रसौनी गाउँपालिकामा पर्ने भएको अध्यक्ष यादवले दाबी गरे। उनले सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ मा पर्ने जमुनिया खोलाको टेण्डर पटेर्वा सुगौली गाउँपालिकाले आफूखुसी सिमा निर्धारण गरी मिति २०८० कार्तिक ३ गते गरेकोमा हाम्रो घोर आपति जनाएका छन्। सो टेण्डर बदर गरी सिमाँकन निर्धारण गरी मात्र टेण्डर गर्न जोडदार माग समे...

नेपाल-भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न

Image
वीरगञ्ज, ४ पौष  । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको संयुक्त आयोजना र भारतीय महावाणिज्य दूतावास, वीरगञ्जको सहकार्यमा नेपाल भारत आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ को दोस्रो संस्करण एक समारोहका बीच नेपालको आर्थिक राजधानी वीरगञ्जमा सम्पन्न भएकोे छ ।   उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भारत नेपाल बीचको बहुआयामिक सम्बन्धका बारे चर्चा गर्दै दुई पक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले खेल्नु पर्ने भूमिका र सिमावर्ती क्षेत्रमा आइरहने कठिनाईको समाधानको लागि स्थानीयस्तरबाट पहल गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले सुविधा सम्पन्न क्वारेन्टाईन तथा खाद्य प्रयोगशालाको स्थापना हुनुपर्ने, डिस्प्युट सेलको स्थापना गरिनुपर्ने, तेस्रो मुलुकका पार्ट÷पुर्जा, स–साना मेशिनरी तथा जीवन उपयोगी औषधीहरु भारतबाट समेत आयात गर्ने व्यवस्था हुनु पर्ने, नेपाली सवारी साधानलाई भारतमा सहज प्रवेशको व्यवस्था हुनुपर्ने लगायतका विषयहरु राख्नु भएको थियो ।   सम्मेलनका प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास, वीर...

बारामा बुधवार दुई दुर्घटनामा पाँचजनाको ज्यान गयो, २८ जना घाइते

Image
वीरगञ्ज, ४ पुस। बारामा बुधवार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर छ। निजगढ नगरपालिका स्थित भमरामा आज दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किएको छ। दुर्घटनामा दुर्ई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रौतहटबाट निजगढतर्फ आउदैँ गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५–००१ प ५४९७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन्। बलको मोटरसाइकलमा सवार २९ वर्षीया बाबुराम सुनुवार घाइते भएका छन्। घाइते उनको निजगढ सामुदायिक अस्पताल निजगढ ९ मा उपचार भईरहेको छ। घटनावारे थप अनुसन्धान भइरहेको निजगढ प्रहरीले जनाएको छ। यसैगरी  बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर  २२ अमलेखगन्जको तीन नम्बर पुल नजिक बस र ट्रक  एकापसम...

भिस्वा नाकाबाट हुने तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय

Image
वीरगंज । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने भिस्वा नाकाबाट हुने तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बलले लगातार सफलता पाईरहेको छ । तस्करहरुको बढि रजगज हुने सो नाकाबाट हुने तस्करी लगायतका अवैध कारोबारी माथि कडाई गर्दै सशस्त्र प्रहरीले दिनहुँ अवैध मालसामान समात्दै तस्करी नियन्त्रणमा सफलता पाईरहेको हो । भारतको सिक्टासंग जोडिएको भिस्वा नाकामा बिओपी बन्जारीका इन्जार्च सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) छबिराम दर्लामीको सक्रियताले त्यस क्षेत्रबाट हुने अवैध कारोबारीमा रुवाबासी छाएको छ । मुलुक आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको बेला सरकारको राजश्वमा योगदान दिने विभिन्न निकाय मध्येको एक सशस्त्र प्रहरी पनि हो । जसले सीमानाकाबाट हुने तस्करी लगायतका अवैध कारोबार नियन्त्रण गरि राज्यको राजस्व संकलनमा योगदान दिने गर्छ । त्यस जिम्मेवारीलाई इमन्दारीका साथ निर्वाहन गर्दै बिओपी बन्जारीका सशस्त्र प्रहरी इन्चार्ज इन्स्पेक्टर छबिराम दर्लामीको सक्रियताले ग्रामिण नाकाबाट हुने अवैध कारोबारमा नियन्त्रण हुँदै पछिल्लो दुई हप्तामा मात्रै लागु औषध गाँजासहित विभिन्न तस्करीका मालसामान समात्न सफल भएका छन् ।  इन्स्...