डाटा लोड हुँदैछ...

स्वर्णकारलाई गोली प्रहार गर्ने सुटर सुजित सिंह पक्राउ

कलैया, १० पुस । बाराको कलैयामा दिउँसै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्त भारतीय सुटर सुजित सिंहलाई प्रहरीले दुवै खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजित कुमार सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । प्रहरीले उनको साथबाट एक थान पेस्तोल र ५ थान गोली समेत पक्राउ गरेको हो ।

सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको हो । बाराको बिश्रामपुर गाँउपालिका– ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोमा दुबै खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताएका छन् । सिंहको हाल प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

कार्तिक १३ गते बाराको सदरमुकाम कलैया उपमहानगर– ६ मा दुर्ई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिड्ढा स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए ।

स्वर्णकारको छाती,टाउकोमा गरी चार राउन्ड गोली प्रहार गरी फरार मध्येका मुख्य सुटर सिह रहेको प्रहरीले जनाएको छ ।

सार्पसुटरका नामबाट परिचित सिंह यस अघिका बाराका दुर्ई घटनाका समेत सुटर रहेको प्रहरीको दाबी छ । त्यसको करिब २ महिनामा सुटरलाई बारा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिन सफल भएको हो ।

बारा प्रहरीले यसबारे पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउने भएको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर