डाटा लोड हुँदैछ...

उखु किसान सधैं मारमा पर्ने गरेको छ

बारा, १० पुस ।
बारामा अहिले किसानहरु उखु काटन थालेका छन । बाराको १६ पालिकाका अधिकाँश गाउँका किसानहरुले उखु लोड गरि रिलायन्स सुगर चिनी मिल मनहर्वा लग्ने गरेका छन् । उखु काटेर मिल सम्म पुर्याए पनि भाउ नतोक्दा किसानहरु चिन्तित बन्दै गएको बाराको सुवर्ण गाउँपालिकाका अगुवा किसान अशोककुमार यादवले बताउनुभयो ।

किसान नै सधैं मारमा रहने गरेको अहिले पुनः किसानमा मारमा परेको अगुवा किसान यादवले बताउनुभयो ।बारामा उखु खेती तर्फ आकर्षित बन्दै गएको बेला मुल्यको चिन्ताले किसानले दुखेसो पोख्ने गरेका छन् ।

बाराको कलैया उपमहानगरपालिका ,जितपुर सिमारा उपमहानगरपालिका ,महागढीमाई नगरपालिका ,सिम्रौनगढ नगरपालिका ,सुवर्ण गाउँपालिका ,विश्रामपुर गाउँपालिका लगायतको पालिकाको किसानले अहिले धमाधम चलान लिएर मिल सम्म उखु पुर्याउने गरेका छन् ।

३-४ दिन सम्म लाईनमा बसेर उखु काँटा हुने गरेको अर्का किसान दिपेन्द्र प्रसाद साहले बताउनुभयो । उखु काटेर मिल सम्म पुर्याएपनि एकैचोटि धेरै चलान छोडेका धेरै समस्या हुने गरेको किसान साहले बताउनुभयो ।

बारामा अहिले धेरै किसान उखु खेती गर्न लागेको भएपनि उखुमा धेरै समस्या हुने गरेको सिम्रौनगढका किसान उमेश कुमार गुप्ताले बताउनुभयो ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर