डाटा लोड हुँदैछ...

राष्ट्रिय नागरिक सङ्घर्ष समिति पर्सा चयन

बीरगञ्ज ७ पुष।  
राष्ट्रिय नागरिक सङ्घर्ष समितिको जिल्ला संयोजक उपेन्द्रकुमार यादवको अध्यक्षतामा र केन्द्रीय प्रवक्ता हिराबहादुर चन्दको प्रमुख अतिथ्यमा जिल्ला कार्यसमिति प्रसाद चयन गरिएको छ।

उपेन्द्रकुमार यादवको संयोजकतामा २५ सदस्य कार्यसमिति चयन गरिएको हो। समितिको  सदस्यहरूमा महेन्द्रप्रसाद  साह, अब्दुल कैस, पुनित गुप्ता, संजयप्रसाद यादव, सन्तोष पटेल प्रयाग महतो नासिर र्मिया, धनीलाल यादव, राजेश हाडा भीम चौरसिया गुड्डु यादव कमरुल मिया विश्वम्भर सिंह लक्ष्मीराम सुशील शाह नाजिर मिया बालेन्द्र ठाकुर राजेश यादव उपेन्द्र कुशवाहा जवाहर तिवारी रहेका छन्।  

त्यसैगरी भेलाले राजनीतिक समन्वय समिति र आर्थिक समिति पनि चयन गरेको छ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर