Posts

Showing posts from September, 2023
डाटा लोड हुँदैछ...

हरि खेतान बहुमुखी क्याम्पस वीरगंजको बसमा विद्यार्थी गुन्द्रूक कोचेसरह यात्रा गर्न बाध्य

Image
वीरगंज, १३ असोज ।  हरि खेतान बहुमुखी क्याम्पस वीरगंजको स्कूल बसमा विद्यार्थीहरु गुन्द्रुक कोचिएसरह यात्रा गर्नु परिरहेको छ ।  वीरगंजको अलखियामठस्थित हरि खेतान बहुमुखी क्याम्पसले विद्यार्थी ल्याउने लैजाने स्कूल बसमा विद्यार्थीहरु उभिने ठाउँ पनि हुंदैन । अझ अचम्मको कुरा विद्यार्थीहरु सिटमाथि र शिशामा टांस्सिएर कोचिएर उकुसमुकुस भएर यात्रा गरेको दृश्य दिनहुँ देख्न सकिन्छ।  यसरी विद्यार्थीहरुलाई स्कूल बसमा कोचमकोच गरेर लैजाँदा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा र क्याम्पस प्रशासन मौन भएर बस्ने गरेको छ । गर्मीको बेलामा कोचमकोच भएर निस्सासिएर बस्नुपर्दा विशेषगरी छात्राहरुलाई निकै समस्या हुने गरेको छ । उकुसमुकुस भएर कतिपय छात्राहरु बसमै रिंगटा लाग्ने, बान्ता गर्ने र सन्चो नहुने गरेको छ ।  हरि खेतान बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको संख्या निकै बढिरहेको र पर्सा, बारासम्म विद्यार्थी रहेको हुंदा क्याम्पसले ७ वटा बस संचालन गरेको छ । यसबारेमा क्याम्पस प्रशासनलाई जानकारी भए पनि उनीहरुले गैरजिम्मेवार जवाफ दिने गरेका छन्। गुनासो गर्दा पनि दुई वर्षदेखि सुनवाइ नभएको र बसमा कोचमकोच भएर यात्रा गरी...

वीरगंजका स्वास्थ्य संस्था र क्लिनिकमा ओपिडी सेवा ठप्प

Image
वीरगंज, १२ असोज । वीरगंजका अस्पताल र क्लिनिकहरूमा शुक्रवार ओेपिडी ठप्प पारी चिकित्सकहरुले विरोध जनाएका छन् । चिकित्सकमाथि भइरहेका आक्रमणको विरोधमा नेपाल चिकित्सक संघ नारायणी शाखाको आहवानमा वीरगंजका चिकित्सकहरूले शुक्रवार सरकारी तथा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकल कलेजमा ओपिडी सेवा बन्द गरेका हुन् । संघका अध्यक्ष डा मनोज गुप्ता र सचिव डाक्टर नौसाद हकले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्य संस्थाहरूमा श्रृंखलाबद्ध रूपमा बढीरहेको घटनाको घोर भत्स्रना गर्दै शुक्रवार ओपीडी सेवा बन्द गरिएको जनाएको हुन् । बिहीवार र बुधवार वीरगंजका चिकित्सकले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग्दै विरोध जुलुश निकालेर प्रदर्शन गरेका थिए ।

बाल सुधार गृह, वीरगंजबाट दुर्ईजना बाल कैदी फरार

Image
वीरगंज, १२ असोज । वीरगंजको बिर्तास्थित बाल सुधार गृहबाट दुर्ई जना बालकैदी फरार भएका छन् । शुक्रवार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएको सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए । सुधार गृहको छतमा लगाइएको काँडेतार काटेर उनीहरू नजीकै रहेको मेडिकल क्लिनिकको छतमा गई त्यहाँबाट हाम फालेर भागेको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए । गत भदौ २६ गते बाल सुधार गृहमा बालकहरूबिच विवाद भई झडप हुँदा ३ प्रहरी र ११ जना बालकहरू घाइते भएका थिए। बाल सुधार गृहमा कुल १२६ जना बालकैदी रहेको दुईजना शुक्रवार फरार भएका छन् ।

एक करोड ३० लाखभन्दा बढीको सामानसहित चार वटा ट्रक नियन्त्रणमा

Image
वीरगंज, ११ असोज । प्रहरीले बाराबाट एक करोड ३० लाखभन्दा बढीको अवैध सामानसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ। बिहीवार बिहान बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित खटिएको प्रहरीको टोलीले वीरगञ्जबाट काठमाडौंसहित विभिन्न स्थानमा गइरहेको पाँच वटा अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो। वीरगञ्जबाट काठमाडाँै जाँदै गरेको ना.६.ख.७१ नम्बरको ट्रकमा.३५ लाख २७ हजार ४७४, बा.४.ख ११२५ नम्बरको ट्रकमा ३६ लाख ६२ हजार ९७२, रूपन्देहीतर्पm जाँदै गरेको ना.४ ख ९०९१ नम्बरको ट्रकमा २४ लाख ९९ हजार ५७९ र ना. ६ ख ३०२४ नम्बरको ट्रकमा ३४ लाख ९५ हजार मूल्य बराबरको सामान लोड रहेको पाइएको थियो। ती सामानको स्रोत खुलाउन नसक्दा ट्रकसहित सामान नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ

Image
११ असोज, जनकपुरधाम । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो । बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए । घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ । पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताए । परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । डिएसपी पंजियारका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेकोछ । थप कुरा पोस्टमार्टमपश्चात खुल्ने उनले बताए । आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पतिसहित तीनैजनालाई पक्राउ गर...

मोहम्मद डे को अवसरमा वीरगंजमा र्याली

Image
वीरगंज,११ असोज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बिहीवार वीरगंजमा र्याली निकालिएको छ । इस्लाम धर्मावलम्बीहरूले छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरी लगायतका टोलबाट निकालिएको र्याली नगरपरिक्रममा गर्दै घण्टाघरमा पुगेको थियो । घण्टाघरमा जम्मा भएका मुस्लिम धर्मावलम्वीहरूले नेपालको राष्ट्र गान बजाएर कार्यक्रमलाई समापन गरेको थियो । मोहम्मद डेको अवसरमा मधेस सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । हजरत मोहम्मदको जन्म इस्लामकी पात्रो हिजरी संवत रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा भएको थियो । पैगम्बर मोहम्मदको जन्मदिनमा मुस्लिम धर्मावलम्बीले विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्दछन् ।

दशै तिहार र छठ लक्षित बजार अनुगमन सुरु हुने

Image
वीरगंज, पर्सा १० असोज । दशै तिहार र छठ लक्षित बजार अनुगमन सुरु हुने भएको छ । वीरगंज महानगरपालिका कार्यालय अन्तर्गत उप प्रमुखको सम्योजकत्वमा  रहेको बजार व्यवस्थापन तथा अनुगमन समितिको बैठक आज सम्पन्न  बैठकले सो निर्णय  गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक उप-प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकमा विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकमा बजारको सम्पुर्ण पसलमा खाद्यान्न समाग्रीको एक्सपाइरी डेट चेक गरी कार्वाहीको दायरामा ल्याई तथा कार्वाही गर्ने छलफलमा निर्णय गरिएको जानकारी गराइएको छ । अहिले आउन लागेको चाड पर्वको मध्यनजर गर्दै बजार अनुगमन बढाउनु पर्ने सबैको जोड रहेको थियो । त्यस्तै बजार व्यवस्थापन तथा अनुगमनका कार्य तिव्र गतिमा बढाउने वीरगंज महानगरपालिका बजार व्यवस्थापन तथा तथा समितिका संयोजक एंव उप-प्रमुख इम्तियाज आलमले दशैंलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न बजार अनुगमन कार्य तिब्र रुपमा गर्नु पर्ने बताए। आज सम्पन्न  बैठक बिरगंज  उक्त बैठकमा बिरगंज महानगरपालिकाका प्रशासकिय अधिकृत लक्ष्मी प्रसा...

कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल

Image
काठमाडौँ, १० असोज: चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ओभरमा ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्‍यो । नेपालले बनाएको ३१४ रनको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै सबैभन्दा उच्च योगफल हो । यसअघि यो कीर्तिमान सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध देहरादुनमा बनाएको थयो । उक्त खेलमा अफगानिस्तानले तीन विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो । नेपालको विशाल योगफल बनाउने क्रममा कुशल मल्लले पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ३४ बलमै शतक प्रहार गरेका थिए । कूल ५० बलमा खेलेका मल्लले १२ छक्का र आठ चौका प्रहार गर्दै १३७ रन बनाउँदै नटआउट रहे । यसै खेलमा दीपेन्द्र सिंह एरीले पनि सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाएका छन् । उनले ९ बल खेल्दै ५० रन बनाएका थिए । ऐरीले पहि...

बारामा गोली प्रहार गरी एकजना भारतीयको हत्या

Image
वीरगंज, १० असोज । बारामा एकजना भारतीयको गोली प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।  असोज ९ गते साँझ १८ः१० बजेको समयमा नेपाल–भारत सीमाभन्दा करिब ७०० मिटर नेपालतर्फ हत्या गरिएको अवस्थामा एकजना भारतीयको शव भेटिएको जिप्रका, बाराले जनाएको छ ।  पचरौता नगरपालिका–६ लक्ष्मिनियास्थित पोखरी भारतको मोतिहारी, दर्पा थाना–१, सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहको छोरा २२ वर्षीय छोरा अजित कुमार सिंहको गोली प्रहारबाट हत्या गरिएको अवस्थामा शव भेटिएको जिप्रका, बाराले जनाएको छ ।  मृतक अजित कुमार सिंहसँगै सोही ठाउँका वर्ष २५ को सुजित कुमार सिंह, वर्ष २४ को चञ्चल पाञ्डे, वर्ष २२ को मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनी दुर्ईवटा अनटेस्ट मोटरसाईकलमा नेपाल प्रवेश गरेको बारा प्रहरीले जनाएको छ ।  पचरौता न.पा. ६ लक्ष्मिनिया स्थित पोखरी नजिक पुगेपश्चात सँगै एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेर मोटरसाइकल लिए भारततर्फ भागेको प्रहरीले जनाएको छ ।  घटनास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरिएको प्रहरीले जनाएको छ ।  ...

वीरगंजमा महानगरमा अवैधरुपमा सञ्चालित ९ वटा कलेज र ९ वटा विद्यालयलाई जरिवाना

Image
वीरगंज, ९ असोज । वीरगंज महानगरले अनुमति नै नलिई विभिन्न कलेजको नाममा अबैध रूपमा संचालित ९ वटा शैक्षिक संस्थालाई १–१ लाख रुपियाँ जरिबाना गर्ने निर्णय गरेको छ ।   महानगर शिक्षा समितिको सोमवार बसेको बैठकले संस्थागत विद्यालय नियमन समितिले अनुगमनका क्रममा शिलबन्दी गरेका शैक्षिक संस्थालाई जरिबाना गर्नुका साथै ती संस्थालाई कुनै पनि शैक्षिक कार्यक्रम संचालन गर्न रोक लगाउँने र उनीहरूले व्यवसाय दर्ता गरेको भए त्यो समेत खारेज गर्ने निर्णय गरेको हो । शिक्षा समितिद्वारा गठित संस्थागत विद्यालय नियमन समितिले गएको भदौ १३ गतेदेखि गरेको अनुगमनका क्रममा कुनै पनि अनुमति नलिई ती शैक्षिक संस्था अबैध रूपमा संचालनमा रहेको भेटेपछि शिलबन्दी गरेको थियो । शिक्षा समितिको सोमवारको बैठकमा नियमन समितिका संयोजक समेत रहेका ईश्वरचन्द्र यादबले अनुमति नलिइ संचालनमा रहेको ९ वटा कलेज र एक प्रि स्कुल तथा कलेज संचालनका लागि आफ्नो अनुमति दुरूपयोग गर्न दिने ९ वटा स्कुललाई कारबाईको दायरामा ल्याउनु पर्ने राय सहितको अनुगमन प्रतिबेदन पेश गर्नु भएको थियो ।   संयोजक यादबले पेश गर्नु भएको प्रतिबेदनलाई शिक्षा समितिले पास गर्दै अनुगमन...

धारिलो हतियार प्रहार गरी युवकको हत्या

Image
वीरगंज, ८ असोज । बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपाती निवासी एकजना युवकको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको छ । पिपरपातीका अमरेश सिंहको शव गएराति स्थानीयवासीले दक्षिण सीमा नजीकै देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले आज बिहान शवको मुचुल्का बनाई पोस्टमार्टमको लागि कलैया अस्पताल लगेको छ । प्रहरीले अनुसन्धानको क्रममा दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् । 

सिम्रौनगढका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Image
काठमाडौं  ७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणवापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्त्यिारले मरासेनी र चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले जनता माविको भवन निर्माण उपभोक्ता समितिका अधयक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । अख्तियारका अनुसार उनीहरुले निर्माण काममा खर्च भएको रकम भन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा बढी भुक्तानी दिएको देखिएको छ । 

एसियाडः पहिलो स्वर्ण चीनको खातामा

Image
हाङ्झाउ, ७ असोज   ।  आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो ।  'लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन् । जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६ दशमलव ७८ सेकेण्डमा उज्बेकिस्तानकी लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभाले करिब १० सेकेन्ड पछि पारेका थिए । ताग्माटिभाले रजत पदकमा नै चित्त बुझाउनुप¥यो भने  इन्डोनेसियाका चेल्सी कर्पुट्टी र रहमा मुतियारा पुत्रीले कास्य जित्न सफल भएका छन् । महिलातर्फको १० मिटर एयर राइफल प्रतियोगितामा भारतका रमिता, मेहुली घोष र आशी  त्रिकुटले रजत पदक जितेर पहिलो दिनको विजयी सुरुवात गरेका छन्भने भारतीय सेनाका खेलाडीद्वय अर्जुन लाल जाट र अरविन्दले पुरुष लाइटवेट डबल स्कल्समा रजत पदक नै जितेका छन् । रोइङमा नै पुरुषको अर्को टोलीले रजत पदकमा कब्जा जमाएको छ । भारतीय महिला क्रिकेट टोलीले पनि सेमिफाइनलमा बङ्गलादेशलाई ८ विकेटले पराजित गर्दै रजत पदक सुनिश्चित गरेको छ । हालसम्म भारतले पाँच वटा रजत पदक आफ्नो पोल्टामा पारेको छ । –––

स्वच्छ र व्यवस्थित भिस्वा अभियान अन्तर्गत भिस्वामा सडकपेटीमा डस्टबिन राखियो

Image
भिस्वा, ६ असोज । स्वच्छ तथा व्यवस्थित भिस्वा अभियानको लागि समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत सडकपेटीमा डस्टबिन राखिएको छ ।  २० वटा डस्टबिन भिस्वाका सडकमा राखिएको छ । भिस्वावासीको सहयोगले र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का युवा नेता शारूख मन्सुरी, भिस्वा प्रहरी कार्यालयको प्रहरी नायब निरीक्षक रूद्र भट्ट, सशस्त्र प्रहरी बल, जन सहयोग बचत तथा ऋण सहकारी संस्थ लि। को विशेष सहयोगमा श्री ने।रा।प्रा।वि देखि भिस्वा बजारसम्म ँसडक पेटी अतिक्रमण हटाउने एवं सरसफाई कार्यक्रम" शनिवार  सम्पन्न भएको हो । भिस्वा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रूद्र भट्टको विशेष पहलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । छिपहरमाई गा।पा। वडा न।५ का वडा अध्यक्ष मैजीलाल साह कानु, व्यवस्थित भिस्वा अभियानका संयोजक शारूख मन्सुरी, शेख अरमन, हिमान्चल प्रसाद कोइरी, सब्जान मियाँँ धुनिया, मुमताज शेख, राजु समानी, जान मियाँँ तेली लगायतका सम्पूर्ण भिस्वाबासीको सहभागीता रहेको थियो ।

मालपोत र नापी कार्यालयमा फर्जी काम हुन नदिन लेखापढी व्यवसायीको भूमिका महत्वपूर्ण– मन्त्री चौधरी

Image
वीरगंज, ६ भदौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले लेखापढी पेशालाई मर्यादित बनाएर काम गर्न लेखापढी, कानुन व्यवसायीहरूलाई आग्रह गरेकी छन् । नेपाल खेलापढी कानुन व्यवसायी एशोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठकको चितवनमा उदघाटन गर्दै उनले मालपोत तथा नापी कार्यालयमा फर्जी र नक्कली काम हुन नदिन व्यवसायीको महŒवपूर्ण भूमिका रहने बताइन् । तपाईहरूले मालपोत, नापी र सेवाग्राहीको पुलका रूपमा काम गरेका छ । यसलाई अझै व्यवस्थित र मर्यादित बनाएर अघि बढ्नुस, उनले भनिन। सेवाग्राही र कर्मचारीसँगको नियमित छलफल र अन्तरक्रियाबाट व्यवसायका साथै सरकारी कामलाई व्यवस्थित गर्न सकिने मन्त्री चौधरीले बताइन् ।  उनले भनिन,'तपाईहरूलाई सेवाग्राहीबाट दुःख दिने र लाभ लिने गरेको आरोप लाग्ने गरेको छ । यसबाट मुक्त हुनुपर्छ ।' मालपोत र नापी कार्यालयको सेवा अनलाइनबाट दिन शुरू गरिएको बताउँदै मन्त्री चौधरीले यसलाई अझै व्यवस्थित गर्न लेखापढी कानुन व्यवसायीको महŒवपूर्ण भूमिका रहने बताइन् । मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखापढी कानुन व्यवसायीले सेवाग्राहीलाई सहजीकरण गर्नुपर्नेम...

पर्साबाट छुटेका दुई ट्रकसहित ८३ लाख सामान बारा प्रहरीद्वारा नियन्त्रण

Image
वीरगंज, ६ असोज । पर्साबाट छुटेका करीब ८३ लाख मूल्य बराबरको विभिन्न सामान लोड भएको दुईवटा ट्रकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।  असोज ५ गते राति १ः३० बजे जितपुर सिमरा उ.म.न.पा. ७ मा प्रहरीको विशेष टोलीले सूचनाको आधारमा वीरगंजबाट रौतहट जादै गरेको ना.३.ख.४४९१ नं. को ट्रक चेक जाँच गर्दा बिलबिजकभन्दा बढीको बत्तिस लाख छ हजार तीन सय बाईस रुपियाँ बराबरको हार्डवेयर तथा खुद्रा सामानसहित ट्रक नियन्त्रणमा लिएको जिप्रका, बाराका सूचना अधिकारी प्र.ना.उ.दधिराम न्यौपानेले बताएका छन् ।  यसैगरी सोही दिन वीरगंजबाट रूपन्देही जादै गरेको वा.प्र.–०३–००१.ख.२३११ नं.को ट्रक चेकजाच गर्ने क्रममा बिल विजक भन्दा बढी एकाउन्न लाख छयालिस हजार सात सय चौवन्न बराबरको सामानसहितको ट्रक नियन्त्रणमा लिएको सूचना अधिकारी प्रनाउ दधिराम न्यौपानेले बताएका छन् । 

लालबन्दीमा हतियारधारीद्वारा लुटपाट, गोली लागेर एकजना लुटेरा घाइते

Image
सर्लाही, ४ असोज । लालबन्दी नगरपालिका–५ शान्तिटोलमा बिहीवार हतियारधारी समूहले लुटपाट गरेको छ ।   बिहीवार बिहान २ बजे रामचन्द्र ठाकुरको घरमा हतियारधारी समूह प्रवेश गरेका थिए । मुखमा रूमाल बाँधेर आएका ५–६ जनाको समूहले ठाकुरको घरबाट नगद र केही सामग्री लुटेर लगेको प्रहरीले जनाएको छ । प्रतिकारको क्रममा चक्कु प्रहारबाट ठाकुर घाइते भएको र  उनको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।   लुटेरा समूहले घरमा गोली प्रहार गर्दा उक्त गोली लुटेरा समूहलाई लागेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । घाइते लुटेरा धान खेतबाट भाग्दा रगतै रगतको टाटा देखिएको उनले बताए ।

प्रतिबन्धित लागूऔषधसहित तामाङ पक्राउ

Image
वीरगंज, ४ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले प्रतिबन्धित लागु औषधसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।   बुधवार साँझ वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित शंकराचार्य गेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका प्र.२–०२–००४ प ७४९५ नं को स्कुटीमा सवार हेटौडा उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३४ को अजित तामाङलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।  प्रहरीले चेकजाँचको क्रममा स्कुटीको  सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिकभित्र प्रतिबन्धित लागु औषध ओनरेक्स सय एमएलको ६९ बोत्तल बरामद गरेपछि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ । 

७७ लाख मूल्य बराबरको विभिन्न सामानसहित चारवटा सवारीसाधन नियन्त्रण

Image
वीरगंज, ४ असोज ।  जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले  बिल भर्पाई नभएको ७७ लाख २७ हजार मूल्य बराबरको विभिन्न सामग्री र पाँचवटा गाईसहित चारवटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।   आज बिहान ४ः४० बजे बारा जितपुरसिमरा उ.म.न.पा. वडा न.२१ बाट इलाका प्रहरी कार्यालय अमलेखगंजले वीरगंजबाट काठमाण्डौ जाँदै गरेका तीनवटा ट्रकलाई चेकजाँच गर्दा बिल भरपाई नभएको विभिन्न सामानहरुसहित ट्रकलाई नियन्त्रणमा लिइ कारबाइ गरेको छ ।   ना.६.ख.००८० न.को ट्रकमा रहेको  २३ लाख १ हजार ८२६ मूल्य बराबरको विभिन्न खुद्रा सामान, , ना.३.ख. ७३११ न.को ट्रकमा रहेको २३ लाख २७ हजार १६० मूल्य बराबरको विभिन्न सामान, र ना.३.ख.४५६० न.को ट्रकमा रहेको २५ लाख ९८ हजार ३४२ मूल्य बराबरको विभिन्न खुद्रा सामान, हेटौडा बाट महोत्तरी जादै गरेको बा.२१.च.८९९७ न.को पिकअप गाडीमा अनलाईन बिल नभएको पाँच लाख मूल्य बराबरको पाँचवटा गाई गरी ७७ लाख २७ हजार ३२८ मूल्य बराबरको सामान र गाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिप्रका बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् । 

संविधान दिवसका अवसरमा वीरगंज कारागारबाट १७ जना रिहा

Image
वीरगंज, ३ असोज । संविधान दिवसका अवसरमा वीरगंज कारागारबाट १७ जना कैदीबन्दी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा देशभरिका ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गरेका हुन् । ३ जना महिला र १४ जना पुरूष कैदीबन्दीले कैद माफी मिनाह पाएको वीरगञ्जका कारागारका सूचना अधिकारी नवराज बर्ताैलाले जानकारी दिए । उनका अनुसार २ जना ज्येष्ठ नागरिक, तीनजना महिला र ९ जना अन्य कैदीबन्दीहरू छुट्ने भएका हुन् । कैद मिनाह पाएका कैदीबन्दीहरू मध्य महिलाहरू कर्तव्य ज्यान मुद्दा र गर्भपतन मुद्दामा जेल परेका थिए । त्यस्तै अन्य पुरूषहरू चोरी, डाका, सवारी ज्यान, वन, कर्तव्यज्यान लगायतका मुद्दामा जेल परेकाहरू रहेको सूचना अधिकारी बर्ताैलाले बताए । 

संविधान दिवसमा शहीदको शालिकमा माल्यार्पण

Image
वीरगंज, ३ असोज  । संविधान दिवसको दिन जनता समाजवादी पार्टीले मधेस आन्दोलनका सहीदका शालिकमा माल्यार्पण गरेको छ । बुधवार बिहान वीरगंजको घणटघरको मधेसी सहीद पार्क र तिलावे पुल छेउको मधेसी सहीद स्मारकमा रहेका सहीदका सालिकमा जसपाका नेता कार्यकर्ताले माल्यार्पण गरे । घणटघरमा आयोजित कार्यक्रममा बोल्दै जसवाका केन्द्रिय सदस्य फिरोज मन्सुरले उनले संविधानमा रहेका कैयन प्रावधान मधेस, मधेसी र शोषण उत्पिडनमा परेकाहरूको हितमा नरहेकाले संविधानको संशोधन आवश्यक रहेको बताए। जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको उक कार्यक्रममा जसपाकी केन्द्रिय सदस्य रेखा साह, प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, प्रदेश सदस्य माहाराज यादव, वीरेन्द्र प्रसाद यादव, जिल्ला सचिव तबरेज अहमद, जिल्ला उपसचिव सुनिल कुशवाहा, जिल्ला कार्यकारीणि समिति सदस्य श्यामबाबू चौरासीया, जिल्ला सदस्य मुमताज देवान,समाजवादी मुस्लिम संघका वरिष्ठ उपाध्यक्ष अब्दुल रौउफ अन्सारी, क्षेत्रीय अध्यक्षहरू कामेश्वर पन्डित, घनश्यामबाबू गुप्ता, उपाध्यक्ष तुफैल अख्तर,वीरगंज ८ का वडा अध्यक्ष रितेश गुप्ता लगायतकोपनि सहभागीता थियो । त्यसैगरी घण्टाघर चोक...

मेयर सिंहले पत्रकार खानलाई दिए उपचार खर्च ५० हजार

Image
वीरगंज, ३ असोज । वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले फोक्सोको रोगबाट ग्रसित पत्रकार नेहाल खानको उपचारका लागि रु ५० हजार सहयोग गरेका छन् । कोरोना महामारीका बेला कोभिडमा संक्रमित भएर निको भएका पत्रकार खानको फोक्सोमा फेरि समस्या भएपछि अहिले उनको वीरगंजस्थित नारायणी अस्पतालको आईसीयूमा राखेर उपचार चलिरहेको छ । पत्रकार खान अस्पतालमा भर्ना भएको जानकारी पाउनासाथ मेयर सिंहले बुधवार बिहान आफ्नो व्यक्तिगत तर्पmबाट ५० हजार रुपियाँँ सहयोग उपलब्ध गरेका हुन् । मेयर सिंहका स्वकीय सचिव अफरोज आलम, प्रेस सल्लाहकार महेस दास, समाजसेवी एवं युवा नेता सुरेशमान सिंह लगायतले अस्पतालमै पुगेर खानलाई ५० हजार रुपियाँँको चेक चेक हस्तान्तरण गरेका हुन् । मेयर सिंहले पत्रकार खानको उपचारका लागि आफूले व्यक्तिगत रूपमा अहिले सहयोग गरेको र थप सहयोगका लागि सँधै तत्पर रहेको बताए । वीरगंजका पत्रकार र पत्रकारिताको सुरक्षा तथा संरक्षणका लागि कहिल्यै पनि आफू पछि नहट्ने भन्दै उनले पत्रकार खानको उपचारका लागि आवश्यक पर्ने अन्य सबै सहयोग गरिने बताए । पत्रकार खानको पत्नी पनि अहिले क्यान्सर रोगका कारण उपचाररत नै छिन् । पतिप...

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

Image
वीरगंज, ३ असोज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा वडा नम्बर ५ मसिहानी निवासी ४० वर्षीया कान्ति देवी मुखिया बिनको घरमा घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार मंगलवार साँझ ५ बजेको समयमा घाँटी रेटिएको अवस्थामा बिनको शव उनकै घरमा भेटिएको हो । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको भेटिएको केसीले बताए। बिनका दुर्ई जना छोरा र तिन छोरी छन् । यद्यपि छोरीहरूको विवाह भइसकेको छ भने कामको सिलसिलामा एक जना छोरा विदेश र अर्का छोरा हेटौँडा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएको  केसीले जानकारी दिए । मृतक बिनलाई मंगलवार  दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि  वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको केसीले बताए । प्रहरीले घटनास्थलमा बिनको टाउक...

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प

Image
वीरगंज, ३१ भदौ । हेटौंडाको सञ्चो अस्पतालका २ जना डाक्टरलाई कुटपिट गर्नेलाई कानुनी दायरामा नल्याइएको विरोधमा आज मधेस प्रदेशसहित देशरभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । नेपाल चिकित्सक संघको आहवानमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो । चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ–आज (भदौ ३१ गते) देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ । सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीलाई यही भदौ २७ गते अस्पतालभित्रै पसेर बिरामीका आफन्तहरूले कुटपिट गरेको थियो। यही कुटपिटको विरोधमा संघले स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेक सेवा ठप्प पारेको हो । संघले विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो । केन्द्रीय संघबाट आहवान भएका कारणले मधेश प्रदेशको सबै जिल्लामा रहेका सरकारी तथा प्राइभेट अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको न...

वीरगंजमा पनि मनाइयो राष्ट्रिय बाल दिवस

Image
वीरगंज, २९ भदौं । वीरगंज महानगरपालिकाको आयोजनामा शुक्रवार बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । वीरगंजमा विद्यार्थीहरुको सहभागितामा निकालिएको ¥याली नगर परिक्रमापछि घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा उपमेयर इम्तियाज आलम लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, महानगरपालिकाको बालबालिका समितिकी संयोजक कनिका कौशीक लगायतकोपनि सहभागीता थिए ।

भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे

Image
सर्लाही, २९ भदौ : सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् । निरन्तर एक साता परेर पानीले मौसम परिवर्तन भएपछि जिल्लाभर भाइरल ज्वरोको सङ्क्रमण तीव्ररूपमा फैलिएको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिनुभयो । हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल फिभर (सरुवा ज्वरो)को सङ्क्रमण देखिएको लालबन्दी मोडल अस्पतालका प्रमुख डा आलोककुमार कुशवाहको भनाइ छ । उहाँका अनुसार त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको छ । लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत स्थानका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरो सङ्क्रमण भएका बिरामी उपचारका लागि पुग्ने गरेका लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ठाउँको तुलनामा लालबन्दी, नवलपुर र हरिवनका निजी स्वास्थ्य संस्थाका साथै सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्...

सुन प्रकरणको अनुसन्धान नरोकिने

Image
काठमाडौँ २८ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिनुभयो । बुधबार सिआइबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ । बाँकी सुन तस्करले गन्तव्यमा पु¥याइएसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि सिआइबीले जारी राखेको जानकारी दिएको छ । नयाँ तथ्य फेला पारेपछि पुरक प्रतिवेदनका रुपमा बुझाउने सुन प्रकरणको अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो । उहाँका अनुसार तस्करले सञ्चाल तयार पारेर सुन तस्करी भएको फेला परेको छ । काठमाडौँको टोखा र...

सुन प्रकरणः तीन सय ६२ किलो सुन तस्करी भएको खुल्यो

Image
काठमाडौँ २७ भदौ ः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ । उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएकोे सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । आज आयोजित पत्रकार सम्मेलन उहाँले अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरुले विभन्नि सातवटा कम्पनीबाट तीन सय ६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको पनि जानकारी दिनुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यका अनुसार त्यसलाई हिसाब गर्दा अहिलेको मूल्यमा रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ। उक्त अटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र ...

नारायणी अस्पतालमा १४–१५ किशोरीलाई पाठेघर क्यान्सरविरूद्धको ‘एचपिभी’ खोप सेवा शुरु

Image
काठमाडौँ, २७ भदौ ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको 'एचपिभी'का खोप उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज आयोजित कार्यक्रममा 'एचपिभी'का खोपको शुभारम्भ गर्दै उहाँले  निकट भविष्यमा सबै उमेर समूहका किशोरीलाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले गाभीले सन् २०२४ बाट खोपको पर्याप्त मात्रा सहयोग गर्ने प्रतिबद्धता आएको जानकारी दिनुभयो । "सीमित स्रोत र साधनका बाबजुत हामीले एचपिभी खोप लगाउन सुरु गरेका छौँ", उहाँले भन्नुभयो, "उमेर समूहलाई ध्यानमा राखेर दिने खोप, यो खोप ७७ जिल्लाका सबै महिला÷किशोरीले पाउनुपर्छ । निकट भविष्यमा नेपालका सबै उमेर समूहका किशोरीहरुले यो खोप पाउनुपर्ने हुन्छ, त्यसका लागि मन्त्रालय दृढताका साथ अघि बढ्छ ।" मन्त्री बस्नेतले 'एचपिभी' खोप अस्पताललाई हस्तान्तरणपछि छजना किशोरीले खोप लगाउनुभयो । मन्त्रालयका सचिव डा रोशन पोखरेलले खोपको मात्र कम भएता पनि यसको समानुपातिक वित...

धन्सारपुलमा बस दुर्घटना हुंदा एकजनाको मृत्यु, १५ जना घाइते

Image
बारा, २६ भदौ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बारा, निजगढ नपा–८ धन्सारपुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।  आज बिहान मलङगवाबाट नारायणघाट जादै गरेको म.प्र.०३–००१ ख ९३९६ नम्बरको बस दुर्घटना हुँदा सर्लाही हेमपुर न.पा.४ कबिलासी बस्ने वर्ष ५३ को रामकेवल रायको मृत्यु भएको छ भने बस चालक मलङगवा न.पा. ९ बस्ने वर्ष ३५ को मनोज चौधरी, सहचालकस– महोत्तरी खयरमारा न.पा.६ बस्ने वर्ष ३५ को सुमन तोलाङगी, कन्डकटर सर्लाही मलङगवा न.पा.९ बस्ने वर्ष ४० को शिवजी राउत, चितवन पठार गा.पा.१० बस्ने वर्ष ३२ की नेत्र कुमारी भुजेल, दाङ तुल्सिपुर गा.पा.१० बस्ने वर्ष २८ को बिजय गिरी, मकवानपुर भिफेदी गा.पा.२ बस्ने ७८को कृष्ण प्रसाद पाख्रिन, वर्ष ७७ की थुलीमाँया पाख्रिन, रौतहत चन्द्रपुर न.पा.१ बस्ने अ.वर्ष २८ को प्रबिन लुङगेली, रौतहत चन्द्रपुर न.पा.१ बस्ने वर्ष ५० की लिलामाँया लुङगेली, सर्लाही लालबन्दी न.पा.६ बस्ने वर्ष ३६ की मिना बि.क., .रौहतह चन्द्रपुर न.पा.६ बस्ने अ.वर्ष ६५ की पम्फा थापा, धनुषा सिङगेश्वर न.पा.७ महेन्द्रनगर बस्ने वर्ष ५५ को कृष्ण ढुङ्गेल, सर्लाही नवलपुर बस्ने वर्ष ३५...

भरियामार्फत मलद्वारमा लुकाएर एक किलो सुन तस्करी

Image
मंगलबार, २६ भदौ २०८०, २० : १०, काठमाडौँ । दुबईबाट आएका बाबुलाल दोङ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ परे । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्रेर चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब १ किलो सुन फेला परेको छ । काभ्रेको खानीखोला गाउँपालिका–३ घर भएका बाबुलालको साथबाट ९ सय ६० ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । २८ वर्षीय बाबुलालले अहिलेसम्म ५ पटक दुबई गएर सुन ल्याएको बयान दिएका छन् । प्रहरीसँग उनले भनेका छन्–'करिब ५ किलो ल्याएको छु ।' बाबुलाललाई काभ्रेको रोशी गाउँपालिका–३ घट्टेखोला घर भएका जगत लामाको समूहले सुन तस्करी गर्न 'भरिया'को रुपमा परिचालन गरेको खुलेको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार जगत लामाको समूहले ६ जना युवाहरूलाई प्रयोग गरेर दुबईबाट सुन ल्याउँछन् । ३३ वर्षीय जगतलाई प्रहरीले मंगलबार काठमाडौँको ढल्कुबाट पक्राउ गरेको छ । तस्करीमा संलग्न आरोपमा काभ्रेको महाभारत गाउँपालिका–३ घर भएका ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई पनि प्रहरीले पक्राउ गरेको छ । बरामद सुनसह...

मंगलवार एकै दिन चारजनाको निधन

Image
काठमाडौं, २६ भदौ । संविधानसभाका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाड्ढो निधन भएको छ। ह्दयघातका कारण मंगलवार राति करिब २ बजे उनको निधन भएको हो । बालुवाटरस्थित निवासमा ह्दयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन। प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन मधेश प्रदेशकी सांसद बिन्दु कुमारी यादवको निधन भएको छ । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सांसद यादव क्यान्सर रोगका कारण उनको आज बिहान निधन भएको हो । उनी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । जसपाबाट उनी समानुपातिक प्रदेश सांसद थिइन् । उनी मधेशी जनअधिकार फोरम नेपाल पार्टीको स्थापना कालदेखि सो पार्टीमा क्रियाशिल रहदै आएकी थिइन । जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना र मधेशी जनताको अधिकार स्थापित गराउन पार्टीले गरेका हरेक संघर्षमा वहाँले दिनुभएका आफ्ना उल्लेखनीय योगदानको स्मरण गर्दै शोक बक्तव्य जारी गर्नु भएको छ । एकीकृत समाज...

तस्करीको ८ सय किलो काजु बरामद

Image
वीरगंज, २५ भदौं । सशस्त्र प्रहरीले भन्सार छलीको  सात लाख मूल्य बराबरको ८ सय किलो काजु बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगंज महानगरपालिका–१० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको बजरंग टोलस्थित एक गोदाममा छापा मारेर ८ क्वीन्टल काजु बरामद गरेको हो । सूचनाको आधारमा सोमवार सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह र वीरगंज भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको नृर्ततवमा खटिएको टोलीले बजरंग टोलस्थित मगनी राउतको घरमा रहेको गोदाममा भण्डारण गरी राखिएको काजु बरामद गरेको हो । राउतको घरमा गोदाम बनाई भण्डारण गरि राखिएको भन्सार छलीको काजु बरामद गरिएको सिंहले जानकारी दिए । बरामद काजुको अनुमानित बजारमूल्य ७ लाख २० हजार रुपियाँँ रहेकोपनि उनले बताए । बरामद काजु आवश्यक कारबाईका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको र काजु धनीको वारेमा अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।

रौतहटमा झुन्डिएको अवस्थामा दम्पत्ती भेटियो

Image
रौतहट, २४ भदौ । रौतहटर श्रीमान श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका छन। जिल्लाको बौधिमाइ नगरपालिका–२ इनर्वा टोल बस्ने रामदिनेश पटेल र उनकी श्रीमती गीता कुमारी पटेल झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। दुबैजना आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा शनिवार साँझ फेला परेको रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी उमाशंकर गुप्ताले जानकारी दिए। दुबै जनाको शवलाई नियन्त्रणमा लिइ पोस्टमाटमको लागि जिल्ला अस्पताल, गौरमा पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको गुप्ताले बताए।

औषधी व्यवसायी संघमा देशभरका ३२ हजार भन्दा बढी व्यवसायी आबद्ध

Image
वीरगंज,२२ भदौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले औषधी व्यवसायी संघमा देशभरका ३२ हजार भन्दा बढी व्यवसायी आबद्ध रहेको बताएका छन् ।  शुक्रवार वीरगंजमा नेपाल औषधी व्यवसायी संघको १४ औं अधिवेशन तथा स्वर्ण जयन्ति महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले सो कुरा बताएका हुन् । उनले भने, दूरराजका वस्तीसम्म औषधीको सेवा अझ प्रभावकारी रूपमा उपलब्ध गराउन व्यवसायीहरुलाई आग्रह गर्छु । कोभिड महामारीका बेला सबै जना घरभित्रै बसेका बेलापनि नागरिक ज्यान जोगाउन औषधी व्यवसायीहरूले २४ सै घण्टा पसल खोलेर सेवा दिएकोमा त्यसको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले भने,' औषधी व्यवसायीहरूले यो जिम्मेवारीलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु । हजारौंलाई रोजगारीपनि दिएकोमा उनले प्रशंसा गर्दै देशको अर्थतन्त्रमा औषधी कारोवारीको महŒवपूर्ण भूमीका रहेको बताए । मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन आर्थिक विकासको आवश्यकता रहेको भन्दै उनले भने,' यसमा औषधी व्यवसायी र उनिहरू आबद्ध संघले अझ थप योगदान दिने अपेक्षा गरेको छु । औषधी व्यवसायी र उनिहरू आबद्ध संघका विद्यमान समस्यालाई गम्भरिताका साथ लिएर स...

मधेस प्रदेशको कुनैपनि व्यक्ति निरक्षर नरहने

Image
वीरगंज, २२ भदौं । मधेस प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादवले मधेस प्रदेशको कुनैपनि व्यक्ति निरक्षर नरहने बताएका छन्।  शुक्रवार वीरगंजस्थित मधेस विश्वविद्यालयको प्रथम वार्षिकोत्सवमा बोल्दै मन्त्री यादवले मधेस प्रदेशको शिक्षा प्रणाली अहिले जर्जर अवस्थामा रहेको बताएका हुन् । मधेस विश्वविद्यालयको सहकुलपतिसमेत रहेका यादवले जर्जर अवस्थामा रहेको मधेसको शिक्षा प्रणालीलाई सुधार गर्दै माथि उकास्न मधेस विश्वविद्यालयको भूमीका अहम हुने विश्वास आफुले लिएको बताए । उनले शिक्षा नै समाज निर्माणको मेरूदण्ड भएकाले शिक्षाको विकासलाई मधेस सरकारले मुख्य प्राथमिकता दिएकोपनि जनाए । मधेस प्रदेश सरकारसंग सिमित श्रोत साधन भएपनि सिमित श्रोतसाधनकै भरपुर उपयोग गरेर छोटो अवधीमै मधेस विश्वविद्यालय यो अवस्थामा आइपुग्नु गौरवको विषय भएको बताए । मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले स्थापनाको एकवर्षमै विश्वविद्यालयमा कक्षा सञ्चालनको अवस्थामा पुगेको जानकारी गराए । शुरूमा कानुन र जनप्रशासनको पठनपाठन सञ्चालन गर्न लागिएको उनले बताए । उनले भने,' अबकोे एक दुर्ई हप्ताभित्रै कक्षा सञ्चालन गर्दै...

४८ एसपी र १२० डीएसपीको एकै पटक सरुवा

Image
१६ भदौ, काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षा (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो । कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ । यस्तै, दाङका प्रमुख वीरबहादु ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ । नुवाकोटका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा, डोटीका राजेन्द्रप्रसाद धमलालाई प्रहरी प्रधान कार्यालयको कानून शाखा सरुवा गरिएको छ । पूर्वी नवलपरासीका एसपी भुवनेश्वर तिवारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा महाराजगंज, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाललाई कोशी प्रदेश प्रहरी कार्यालय, कपिलवस्तुका प्रेमबहादुर बस्नेतलाई नेपाल प्रहरी...

२०८० भदौ १६ गते शनिबारको राशिफल

Image
 आजको राशिफल बि.सं. २०८० भदौ १६ गते शनिबार ई.सं.२०२३ सेप्टेम्बर ०२ नेपाल सम्बत ११४३ गुंलागा तृतिया, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, भदौ कृष्ण तृतिया, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शूल योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५: ४३ बजे, सूर्यास्त साँझ ६: २३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १८ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न काममा खट्ने अनुकूलता मिल्दैन । सहयोगी कर्मचारी र हाकिम रुष्ट हुने दिन हो । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित हुनुपर्छ भन्ने धारणा राख्नु राम्रो हुन्छ । आजको दिन...