डाटा लोड हुँदैछ...

पर्साबाट छुटेका दुई ट्रकसहित ८३ लाख सामान बारा प्रहरीद्वारा नियन्त्रण

वीरगंज, ६ असोज । पर्साबाट छुटेका करीब ८३ लाख मूल्य बराबरको विभिन्न सामान लोड भएको दुईवटा ट्रकलाई बारा प्रहरीले पक्राउ गरेको छ । 
असोज ५ गते राति १ः३० बजे जितपुर सिमरा उ.म.न.पा. ७ मा प्रहरीको विशेष टोलीले सूचनाको आधारमा वीरगंजबाट रौतहट जादै गरेको ना.३.ख.४४९१ नं. को ट्रक चेक जाँच गर्दा बिलबिजकभन्दा बढीको बत्तिस लाख छ हजार तीन सय बाईस रुपियाँ बराबरको हार्डवेयर तथा खुद्रा सामानसहित ट्रक नियन्त्रणमा लिएको जिप्रका, बाराका सूचना अधिकारी प्र.ना.उ.दधिराम न्यौपानेले बताएका छन् । 
यसैगरी सोही दिन वीरगंजबाट रूपन्देही जादै गरेको वा.प्र.–०३–००१.ख.२३११ नं.को ट्रक चेकजाच गर्ने क्रममा बिल विजक भन्दा बढी एकाउन्न लाख छयालिस हजार सात सय चौवन्न बराबरको सामानसहितको ट्रक नियन्त्रणमा लिएको सूचना अधिकारी प्रनाउ दधिराम न्यौपानेले बताएका छन् । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर