डाटा लोड हुँदैछ...

भरियामार्फत मलद्वारमा लुकाएर एक किलो सुन तस्करी

मंगलबार, २६ भदौ २०८०, २० : १०, काठमाडौँ । दुबईबाट आएका बाबुलाल दोङ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ परे । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्रेर चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब १ किलो सुन फेला परेको छ ।

काभ्रेको खानीखोला गाउँपालिका–३ घर भएका बाबुलालको साथबाट ९ सय ६० ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।

२८ वर्षीय बाबुलालले अहिलेसम्म ५ पटक दुबई गएर सुन ल्याएको बयान दिएका छन् । प्रहरीसँग उनले भनेका छन्–'करिब ५ किलो ल्याएको छु ।'

बाबुलाललाई काभ्रेको रोशी गाउँपालिका–३ घट्टेखोला घर भएका जगत लामाको समूहले सुन तस्करी गर्न 'भरिया'को रुपमा परिचालन गरेको खुलेको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार जगत लामाको समूहले ६ जना युवाहरूलाई प्रयोग गरेर दुबईबाट सुन ल्याउँछन् । ३३ वर्षीय जगतलाई प्रहरीले मंगलबार काठमाडौँको ढल्कुबाट पक्राउ गरेको छ ।

तस्करीमा संलग्न आरोपमा काभ्रेको महाभारत गाउँपालिका–३ घर भएका ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई पनि प्रहरीले पक्राउ गरेको छ । बरामद सुनसहित ३ जना आरोपितलाई कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको एसपी ढुंगेलले जानकारी दिए ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान जारी रहँदा दुबईबाट सो समूहले लगातार सुन ल्याइरहेको भेटिएको छ ।

जगत लामाको समूहले सुन लिन जाने युवाहरूलाई आवत–जावत खर्च ब्यहोरेर ५० हजार नगद दिएर 'भरिया'को रुपमा प्रयोग गर्ने गर्छन् । ती भरियाले मलद्वारमा लुकाएर सुन ल्याउँछन् । जगत समूहले सुन लिन पठाएका ४ जना दुबईमा छन् ।

तस्करीमा संलग्नहरु क्रेटा गाडी चढेर हिँड्थे । प्रहरीले बागमती प्रदेश–०१–०२७ च ९९६० नम्बरको गाडी बरामद गरेको छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर