डाटा लोड हुँदैछ...

मोहम्मद डे को अवसरमा वीरगंजमा र्याली

वीरगंज,११ असोज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बिहीवार वीरगंजमा र्याली निकालिएको छ ।

इस्लाम धर्मावलम्बीहरूले छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरी लगायतका टोलबाट निकालिएको र्याली नगरपरिक्रममा गर्दै घण्टाघरमा पुगेको थियो । घण्टाघरमा जम्मा भएका मुस्लिम धर्मावलम्वीहरूले नेपालको राष्ट्र गान बजाएर कार्यक्रमलाई समापन गरेको थियो ।

मोहम्मद डेको अवसरमा मधेस सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

हजरत मोहम्मदको जन्म इस्लामकी पात्रो हिजरी संवत रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा भएको थियो । पैगम्बर मोहम्मदको जन्मदिनमा मुस्लिम धर्मावलम्बीले विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्दछन् ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर