डाटा लोड हुँदैछ...

लालबन्दीमा हतियारधारीद्वारा लुटपाट, गोली लागेर एकजना लुटेरा घाइते

सर्लाही, ४ असोज । लालबन्दी नगरपालिका–५ शान्तिटोलमा बिहीवार हतियारधारी समूहले लुटपाट गरेको छ ।
 
बिहीवार बिहान २ बजे रामचन्द्र ठाकुरको घरमा हतियारधारी समूह प्रवेश गरेका थिए । मुखमा रूमाल बाँधेर आएका ५–६ जनाको समूहले ठाकुरको घरबाट नगद र केही सामग्री लुटेर लगेको प्रहरीले जनाएको छ ।

प्रतिकारको क्रममा चक्कु प्रहारबाट ठाकुर घाइते भएको र  उनको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
 
लुटेरा समूहले घरमा गोली प्रहार गर्दा उक्त गोली लुटेरा समूहलाई लागेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । घाइते लुटेरा धान खेतबाट भाग्दा रगतै रगतको टाटा देखिएको उनले बताए ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर