Posts

Showing posts from March, 2023
डाटा लोड हुँदैछ...

भारतमा मन्दिर भत्किँदा ३५ जनाकाे मृत्यु

Image
काठमाडौँ,१७चैत : भारत मध्यप्रदेशको इन्दौरस्थित एक मन्दिर भत्किँदा भएको दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । बिहीबार रामनवमीको अवसरमा इन्दौरको बेलेश्वर महादेव झुलेलाल मन्दिर भत्किँदा ३५ जनाको मृत्यु भएको हो । उक्त मन्दिर इनारमाथि निर्माण गरिएको थियो । अधिकारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३५ पुगिसकेको छ भने १४ जनाको सकुसल उद्धार गरिएको छ । टेलिभिजन फुटेजमा आपत्कालीन कामदारले डोरी र भर्‍याङको प्रयोग गरेर मध्यप्रदेश राज्यमा इनारमा फसेकाहरूको उद्धार गरिएको देखिएको छ । अन्य भिडिओमा भत्किएको भुइँ र भाँचिएको फलामको बार प्रहरीले डोरीको सहायताले सिल गरेको देखिएको छ । भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा हिन्दु धर्मावलम्बीहरू शुक्रबार देशभरका मन्दिरमा भक्तजनको भीड लागेको समय उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो ।साभार:कान्तिपुर The post भारतमा मन्दिर भत्किँदा ३५ जनाकाे मृत्यु appeared first on Madhes Khabar .

बारामा एसईईकाे प्रश्नपत्र बाहिरियाे

Image
बारा,१७चैत: बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसईईकाे अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो । परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको हो । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईष) शुक्रबार बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सुरू भएको छ । परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन् ।साभार:कान्तिपुर The post बारामा एसईईकाे प्रश्नपत्र बाहिरियाे appeared first on Madhes Khabar .

सिरहालाई पराजित गर्दै बारा फाइनलमा

Image
मधेसखबर वीरगन्ज ,१५चैत : बारा, वीरगन्जमा जारी मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वीरगन्जकाे आदर्शनगर रंगशालामा बुधबार भएकाे पहिलाे सेमिफाइनल खेलमा सिरहा विरुद्ध ३-० काे सहज जित निकाल्दै बाराले फाइनलकाे यात्रा तय गरेकाे हाे । खेल अवधिभर सिरहा माथि हाबी भएकाे बाराका लागि विवेक चाैधरीले दुई र कृपा चाैधरीले एक गाेल गरे । खेलकाे २३ ओैं मिनेटमा गाेल गरेर बारालाई अग्रता दिलाएका विवेकले ३७ ओैं मिनेटमा अर्काे गाेल थप्दै पहिलाे हाफमा २-० काे अग्रतामा पुर्याएका थिए । दाेश्राे हाफमा पनि सिरहामाथि हाबी नै देखिएकाे बाराका लागि खेलकाे ६१ ओैं मिनेटमा कृपाले गाेल गर्दै ३-० काे जित दिलाए । उक्त खेलकाे म्यान अफ दि म्याच बाराका लागि दुई गाेल गरेका विवेक घाेषित भए । उपाधिका लागि चैत १८ गते हुने फाइनलमा अब बाराले बिहीबार पर्सा र धनुषाा बिच हुने दाेश्राे सेमिफाइनल खेलकाे विजेतासंग प्रतिस्पर्धा गर्नेछ । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसकाे अवसरमा गिरिजाप्रसाद काेइराला फाउन्डेसनले आयाेजना गरेकाे प्रतियोगितमा मधेस प्रदेशका आठ वटै जिल्लाका...

सखुवाप्रसौनीमा भूमी आयाेगकाे अभिमुखीकरण, १ हजार २१५ जनाकाे विवरण संकलन

Image
वीरगन्ज,१५चैत : पर्साको सखुवाप्रसौनी गाउँपालिकामा बुधबार भूमि आयोग पर्साको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको छ । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरण गरेको हो । गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा भएको अभिमुखीकरणमा भूमिहिन, सुकुम्बासी, दलित एवंव अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले प्रशिक्षण दिएका थिए । अध्यक्ष अहमदका अनुसार सखुवाप्रसौनी गाउँपालिकामा १ हजार २ सय १५ जनाको विवरण संकलन गरिएको छ । जसमध्ये ८ सय ८० जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् भने ३ सय ३५ जना अव्यवस्थित बसोबासी रहेका छन् । त्यहि अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती पुर्नगठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ । अभिमुखीकरणमा ...

सिमराकाे होटल इच्छाले पायो पाँचतारे होटलको मान्यता

Image
काठमाडौं,१५चैत : बाराकाे सिमरामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । होटल इच्छा मधेस प्रदेशकै पहिलो पाँचतारे होटल हो । पर्यटन विभागले २०८४ मंसिर २ गतेसम्म मान्य हुने गरी इजाजत पत्र दिएको छ । सिमरा विमानस्थलबाट दुई किलोमिटर दुरीमा रहेकाे होटल इच्छाका सञ्चालक इच्छाबहादुर वाग्ले हुन् । उनले ६ वर्षअघि १२० करोड लगानी गरेर मिनी क्यासिनोसहित चारतारे स्तरको होटल इच्छा सञ्चालनमा ल्याएका थिए । त्यतिबेला होटलमा ६० वटा कोठाहरु थिए । अहिले थप ३० करोड लगानी गरेर कोठाहरुको संख्या १०० पुर्‍याइएको उनले बताए । हाउजिङ र रियल स्टेट व्यवसायी वाग्लेले आन्तरिकसँगै भारतको मुजफ्फरपुर, दरभंगा, मधुवन, पटना लगायत भारतका विभिन्न सहरका पर्यटकहरुलाई लक्षित गरेका छन् । यसबाट पर्यटन क्षेत्रको प्रवर्द्धनसँगै आर्थिक समृद्धिको अपेक्षा गरिएको पनि उनले बताए । तीन दशक अगाडि नगरकोटबाट होटल उद्योग सुरु गरेका वाग्लेले...

नारायणी अस्पतालमा मधेसकै सबैभन्दा सुविधासम्पन्न डायलोसिस् वार्ड सन्चालन

Image
मधेसखबर वीरगन्ज,१५ चैत : वीरगन्जको नारायणी अस्पतालमा मधेस प्रदेशकै सबैभन्दा बढि क्षमता र सुविधा सम्पन्न भएको डायलोसिस् वार्ड सन्चालनमा आएको छ ।नारायणी अस्पतालमा १५ शैयाको सुविधासम्पन्न डायलोसिस वार्ड बुधबार देखि सन्चालनमा ल्याइएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरन्जन साहका अनुसार, राउण्ड टेबल नेपाल नामक संस्थाको समन्वयमा सिद्धार्थ बैंकले अस्पतालको आकस्मिक कक्ष माथिको तल्लामा ५५ लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको नयाँ भवनमा बुधबार देखि सुविधासम्पन्न डायलोसिस् वार्ड सन्चालनमा आएको हो । यसअघि नारायणी अस्पतालले एउटा सांघुरो कोठामा ६ वटा मात्रै शैया राखेर डायलोसिस् सेवा दिदै आएको थियो । जसका कारण बिरामीको चाप बढेका बेला बिरामीहरुले हप्तौ दिनसम्म पालो कुर्नुपर्ने अवस्था थियो ।नीजी अस्पतालमा उपचार गराउन नसक्ने गरिब–विपन्न बिरामीहरु भने पालो नपाएर डायलोसिस् सेवाबाटै बन्चित हुनुपर्ने बाध्यता पनि थियो । तर अब १५ शैयाको छुट्टै सुविधासम्पन्न वार्ड नै सन्चालनमा आएपछि भने डायलोसिस् गराउनु पर्ने कोहि पनि बिरामीले पालो कुर्न नपर्ने डायलोसिस् वार्डकी इन्चार्ज एंव अस्पताल नर्स...

पर्साकाे गाँउबाट सालकाे गाेलीया काठ र साइकल बरामद

Image
मधेसखबर वीरगन्ज ,१४चैत: पर्साकाे ग्रामीण भेगका विभिन्न स्थानबाट प्रहरीले सालकाे गाेलीया काठ र साइकल बरामद गरेकाे छ । पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर २ बैजनाथपुरबाट प्रहरीले एक थान सालकाे गाेलीया काठ र एक थान साइकल बरामद गरेकाे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी सहायक निरीक्षक पवन कुमार कुशवाहाले जानकारी दिए । यस्तै पर्सागढी नगरपालिका वडा नम्बर ४ बाट पनि प्रहरीले सालकाे गाेलीया काठ ३ थान र साइकल ३ थान बरामद गरेकाे प्रहरी चाैकी बढ्निहारका प्रहरी सहायक निरीक्षक देवेन्द्र गिरिले जानकारी दिए । बरामद काठ र साइकल आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । The post पर्साकाे गाँउबाट सालकाे गाेलीया काठ र साइकल बरामद appeared first on Madhes Khabar .

वीरगन्ज ५ मा महिलाहरुलाई सिपमुलक तालिम प्रदान

Image
वीरगन्ज,१४चैत : वीरगन्ज महानगर पालिका वडा नम्बर ५ मा महिलाहरुलाई आत्मनिर्भर बनाउन सन्चालित एक महिने सिपमुलक तालिम मंगलबार सकिएकाे छ । वडा नम्बर ५ काे वडा कार्यलय र आमा समुहकाे सहयाेगमा नेपाल सीप विकास केन्द्रले सन्चालन गरेकाे एक महिने तालिम मंगलबार सकिएकाे हाे ।सीप सिकाैं ,राेजगार बनाैं भन्ने उदेश्यले सन्चालित तालिममा सहभागी २५ जना महिलाहरुलाई सरफ, साबुन र हार्पिक बनाउने सीप सिकाइएकाे थियाे । मंगलबार आयाेजित तालिमको समापन समाराेहमा तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि मेयरका प्रेस सल्लाहकार महेश दासले सरफ , झोल साबुन र हार्पिक सबैको घरघरमा आवश्यक पर्ने सामान भएकाले व्यवसायिक रुपमा अघि बढन तालिम लिएका महिलाहरुलाइ सुझाव दिए । वडाध्यक्ष प्रदिप चौरसियाले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन सिपमुलक तालिम निरन्तर आयोजना गर्ने बताए । समापन कार्यक्रममा वडा सदस्यहरु मनोज साह, मन्जु परियार,सन्जु दाहाल , वडा सचिव अरुण कुमार बस्नेत , आमा समुहकी अध्यक्ष जुली श्रेष्ठ र प्रशिक्षक विपीन कुमार उपाध्यायले पनि मन्तव्य व्यक्त गरेका थिए । The post वीरगन्ज ५ मा महिलाहरुलाई सि...

ठोरी नाकाबाट एक गाडी गँहु प्रहरी नियन्त्रणमा

Image
मधेसखबर वीरगन्ज,१४चैत : पर्साको ठोरीबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको आशंकामा एक गाडी गँहु नियन्नत्रणमा लिएको छ । ठोरी नाका हुदै भित्रयाइएको गँहु चितवन लैजादै गरेको सुचनाका आधारमा इलाका प्रहरी कार्यालय ठोरीको टोलीले ठोरी गाँउपालिका वडा नम्बर २ स्थित हुलाकी सडकखण्डबाट १८५ बोरा गँहु सहितको गाडी नियन्त्रणमा लिएको हो । चितवन तर्फ जाँदै गरेको ना.५ ख ६३११ नम्बरको पिकअप गाडीलाई रोकेर जाँच गर्दा अनलाएन बिलका लगायतका आवश्यक कागजात नभएको १ सय ८५ बोरा अर्थात ९२ क्वीन्टल ५० केजी गँहु नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । बरामद गँहुको मुल्य ३ लाख २३ हजार ७५० रुपैया मुल्यांकन गरिएको पनि उनले बताए । बरामद गरिएको गँहु सहितको गाडी अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले जानकारी दिए ।       The post ठोरी नाकाबाट एक गाडी गँहु प्रहरी नियन्त्रणमा appeared first on Madhes Khabar .

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई वीरगन्ज महानगरद्धारा १५ लाख जरीवाना

Image
मधेसखबर वीरगन्ज,१४चैत : वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगन्जका पाँच वटा उद्योगलाई कारबाही गरि १५ लाख रुपैयाँ जरीवाना गरेको छ ।महानगरपालिकाले वीरगन्न्ज– पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३÷३ लाखका दरले १५ लाख रुपैयाँ जरीवाना गरेको हो । महानगरले ेवीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि , अर्निका प्रोसेसिङ उद्योग प्रालि , श्रीसिधी टेक्सटायल्स प्रालि , मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३÷३ लाखका दरले जरीवाना गरेको हो । नदि प्रदुषित गरेका पाँच वटै उद्योगलाई मंगलबार पत्रचार गर्दै ७ दिनभित्र जरीवानामा तोकिएको रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए । ७ दिनभित्र जरीवाना बापतको रकम नबुझाएमा प्रचलित कानुन अनुसार ती उद्योगहरु विरुद्ध थप कारबाहीको प्रकृया अगाडि बढाइने महानगरको पत्रमा उल्लेखछ । वीरगन्ज महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदि प्रदुषित...

वीरगन्जमा उद्योगीको कालाबजारी : दुइ उद्योग सिल, ९१ लाखको ड्राइफुड्स जफत

Image
मधेसखबर वीरगन्ज,१४चैत : वीरगन्जमा म्याद गुज्रिएका (डेट एक्सपायर) खाद्यवस्तु रिप्याकिङ गरेर बजारमा बेच्ने दुईवटा उद्योगमा प्रहरीले छापा मारेर सिल गरेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुर स्थित श्रवण रुङगटाको घरमा सन्चालित फुडको नेपाल प्रालि र स्न्याक एण्ड प्याक इण्डिस्ट्रजमा मंगलबार प्रहरीले छापा मारेर सिल गरेको हो । रुङगटाको घर भाडामा लिएर सन्जय अग्रवाल , विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्त रुपमा सन्चालन गरेका दुई उद्याोगमा छापा मारेर सिल गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।म्याद गुज्रिएर खान अयोग्य भएका खाद्यवस्तुहरु रिलेब्लीङ र रिप्याकिङ गरेर बजारमा बिक्री गर्दै आएको सुचनाको आधारमा मंगलबार उद्योगमा छापा मारिएको उनले बताए । दुवै उद्योगमा गरि करिब ९१ लाख रुपैया मुल्यको म्याद गुज्रिएका ड्राइ फुड्स (लालमोहन, चिप्स ,चकलेट , ससेज, जाम , फुलनदाना इत्यादि) बरामद भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट खटिएको टोलीले उद्योगमा छापा मारेर खानतलाशी गर्दा म्या...

वीरगन्जकाे चिकेन स्टेसनलाई कारबाही गर्न आयाेगले गृह मन्त्रालयलाई पठायाे पत्र

Image
वीरगन्ज ,१३चैत : मधेसी आयोगले गाईको मासुकाे परिकार ´बिफ कबाब` बेचेकाे भन्दै वीरगन्जमा रहेको चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ। वीरगन्जकाे लाेहारपट्टी राेडमा हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसन रेष्टुरेन्टले रमदानको अवसरमा गाईको मासुको परिकार ´कबाब बिफ`मा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेपछि विभिन्न हिन्दू संघसंगठनले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्नका लागि उजुरी दिएका थिए। उजुरीका आधारमा चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्न साेमबार पत्राचार गरिएको मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए। तर चिकेन स्टेसनका सन्चालक झाले भने आफनाे रेष्टुरेन्टमा गाईकाे मासुकाे कुनै परिकार बेच्न नराखिएकाे र भुलवस उक्त विज्ञापन फेसबुकमा राख्नु पुगेकाे भन्दै त्यसका लागि सार्वजनिक माफी मागेर फेसबुकबाट उक्त विज्ञापन हटाई सकेका छन् । The post वीरगन्जकाे चिकेन स्टेसनलाई कारबाही गर्न आयाेगले गृह मन्त्रालयलाई पठायाे पत्र appeared first on Madhes Kh...

चरेससहित एकजना पक्राउ

Image
वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ । आज बिहान अढाइ बजे कालिकामाई गाउँपालिका वडा नं.१ तिनडुबिया बस्ने वर्ष ३८ को बृजेश प्रसाद कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्र.नि. मोहन विक्रम केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सो घरको अगाडि बरण्डामा खाटमुनी पहेलो र कालो प्लाष्टिकले बेरिएको ५०० ग्रामको २० पोका गरी जम्मा ९ के.जी. ८०० ग्राम लागु औषध चरेश बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका कुर्मीलाई पर्सा जिल्ला अदालतबाट ४ म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको जिप्रका, पर्साले जनाएको छ ।  Virus-free. www.avast.com

वीरगन्जकाे घडीअर्वा पाेखरी छठघाटमा चैती छठकाे राैनक (फाेटाे फिचर)

Image
वीरगन्जकाे घडीअर्वा पाृखरी छठघाटमा साेमबार चैती छठकाे राैनक (फाेटाे फिचर)   The post वीरगन्जकाे घडीअर्वा पाेखरी छठघाटमा चैती छठकाे राैनक (फाेटाे फिचर) appeared first on Madhes Khabar .

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका ३ जना जेल चलान

Image
काठमाडौं ,१३चैत : प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएको पुष्टि गरे । ७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।साभार: अनलाइनखबर The post प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका ३ जना जेल चलान appeared first on Madhes Khabar .

मधेसका एक लाख ३९ हजारभन्दा बढी घरमा छैन शौचालय

Image
वीरगन्ज,१२चैत : मधेस प्रदेशका एक लाख ३९ हजारभन्दा बढी घरपरिवारमा शौचालय नभएको पाइएको छ।राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार मधेस प्रदेशमा एक लाख ३९ हजार २१८ घरपरिवारमा शौचालय नभएकाो पाइएको हो। यो संख्या मधेस प्रदेशमा रहेको कुल परिवार संख्याको १२ प्रतिशत हो। मधेस प्रदेशमा सबैभन्दा बढी घर परिवारले साधारण खाले खाल्टे चर्पी नै प्रयोग गर्ने गरेको जनगणनामा उल्लेख छ।साधारण खाल्टे चर्पी प्रयोग गर्ने परिवारको संख्या ५ लाख ६१ हजार ६६० रहेको छ।यो कुल घरपरिवार संख्याको ४८ दशमलव ६ प्रतिशत हो।, यस्तै ०.९ अर्थात् दस हजार ३२२ परिवारले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेको जनगणनाको नतिजाले देखाएको छ। ३५.८ प्रतिशत परिवार अर्थात् चार लाख १४ हजार ३२ परिवारले भने फ्लस भएको (सेफ्टी टयांकी)युक्त शौचालय प्रयोग गर्ने गरेका छन्।त्यसैगरी ३१ हजार १५९ घर परिवारमा फ्लस भएको (सार्वजनिक ढल)युक्त शौचलाय छ। यो कुल घर परिवारको २.७ प्रतिशत हो । सातै प्रदेशमध्ये मधेस प्रदेशमा शौचालय नहुनेको संख्या धेरै देशभरका सातै प्रदेशमध्ये पनि मधेस प्रदेशमा सबैभन्दा बढी घरपरिवारमा शौचालय छैन।दोस्रो स्थानमा लुम्बिनी प्रदेश र...

उपेन्द्र यादव भन्छन् : बारा–२ मा चुनाव लड्ने निर्णय मैले गरिसकेको छैन

Image
फाइल फोटो धनगढी,१२चैत : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ारा–२ मा उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेको बताएका छन् । तर त्यसबारे आफूले कुनै निर्णय नगरेको उनको भनाइ छ । आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुन लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताए । ‘बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ । पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भन्नुहुन्छ,’ यादवले भने, ‘तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन । मैले पनि माइन्ड मेकअप गरिसकेको छैन ।’ ४ मंसिरमा सप्तरी–२ मा अप्रत्यासित रूपमा चुनावमा पराजय व्यहोरेका यादवलाई उपनिर्वाचनमा मधेश केन्द्रित दलले मोर्चाबन्दी गरे जित कसरी सम्भव छ ? भनेर राखिएको जिज्ञासामा उनले भने, ‘खेलमा जाँदा एउटामा गोल गर्न पाइएन भने अर्काे छोड्न हुँदैन । खेलाडीले कहिले गोल गर्छ, त कहिले खान्छ ।’ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबीचको एकताको मुख्य गाँठो कम्युनिस्ट पार...

मिटरब्याजीबाट पिडित किसानहरुको समस्या समाधान गर्न सरकारले थाल्यो पहल

Image
काठमाडौं,११चैत : मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसानहरूको समस्या समाधान गर्न सरकारले पहल सुरू गरेको छ। महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न र घर फर्किन गृहसचिव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। सोही निर्देशन बमोजिम मकवानपुरका सिडिओ राजेन्द्रदेव पाण्डेले किसानहरूसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको मिटरब्याजीका विरुद्ध सरकारले मुद्दा पनि चलाइरहेको भन्दै घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आग्रह गरेका थिए। सिडिओ पाण्डेसँगको छलफलमा पीडित किसानहरूले आफूहरू एउटा अभियानमा भएको र कानून नबन्दासम्म नफर्कने बताएका थिए। किसानहरूले काठमाडौंसम्मको यात्राका लागि आफूहरूलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न र सवारीको प्रबन्ध मिलाउन आग्रह गरेका थिए। प्रमुख जिल्ला अधिकारी पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेका छन्। पीडित किसानहरूको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति कानूनको मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको प...

सम्मानजनक संख्याका साथ सरकारमा जाने कांग्रेसको निर्णय

Image
काठमाडौं,११चैत : नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजनक संख्याका साथ सरकारमा जाने भएको छ।पार्टी सभापति निवास धुम्बाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिटै सरकारमा सहभागी हुने निर्णय गरेको हो। बैठकपछि काँग्रेस पार्टीका प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरूले मन्त्रिपरिषदमा आफ्नै दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले सम्मानजनक संख्या पाउनुपर्ने बताए। उनले कांग्रेसले पाउने संख्या र मन्त्रालयका विषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसँग छलफल गर्ने र टुंगो लागेपछि मन्त्रीहरुको नाम पठाउने जानकारी दिए। सरकारमा जान कांग्रेसले ८ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ। बैठकले शान्ति प्रक्रियालाई अन्तिम टुंगो लगाउनका लागि पीडितहरूको भावनालाई पनि मध्यनजर राखेर यस सम्बन्धी कानून बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले जानकारी दिए। त्यस्तै बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाउने निर्णय गरेको महत...

वीरगन्जमा आयोजित प्रदेश स्तरीय फुटबलमा सिरहाको विजयी सुरुवात

Image
मधेसखबर वीरगन्ज ,११चैत : वीरगन्जमा आयोजित दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाले विजयी सुरुवात गरेको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साले वीरगन्जमा आयोजना गरेको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाले विजयी सुरुवात गरेको हो । आदर्शनगर रंगशालामा शनिबार भएको उद्घाटन खेलमा महोतरीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सिरहाले प्रतियोगितामा सुखद सुरुवात गर्दै सिधै सेमीफाइनलमा पनि स्थान बनाएको छ । खेल अवधिभर महोतरी माथि एकपक्षीय रुपमा हाबी रहेको सिराहाका लागि खेलको १४ औं मिनेटमा विनु आलेमगरले हेड मार्फत गोल गरि टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको दुइ मिनेट नबित्दै महोतरीका दिपेश राइले गोल फर्काएर खेल १–१ को बराबरीमा पुरयाएका थिए । खेलको २३ औं मिनेटमा महोतरीको डिबक्स एरिया भित्रै सिरहाका खेलाडीलाई महोतरीका खेलाडीले लडाएरफल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गरि सनम थापाले गोल गरेपछि सिरहाले अग्रता दोब्बर पारेको थियो । त्यसपछि खेलको ३८ औं मिनेटमा सिरहाका सुजन पुलामीले आफनो टिमका लागि थप ...

स्व. नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई

Image
पत्रकार राजेन्द्र सिंह राजपुत मधेसखबर वीरगन्ज ,११चैत : स्वर्गीय नरेश स्मृति पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार राजेन्द्र सिंह राजपुतले पाउने भएका छन् । वीरगन्जकै पत्रकार स्वर्गीय नरेश सर्राफकाे स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थपना गरेकाे २१ हजार रुपैयाँ नगद राशीकाे उक्त पुरस्कार पत्रकार सिंहले पाउने भएका हुन् । शनिबार बसेकाे पत्रकार महासंघ पर्सा शाखाकाे बैठकले उक्त निर्णय गरेकाे अध्यक्ष अनुप तिवारीले जानकार दिए । विगत एक दशक देखि पत्रकारिता गरिरहेका र ४० वर्ष उमेर नकाटेका पत्रकारलाई पुरस्कार दिने महासंघको यसअघिको निर्णय अनुसार नै पत्रकार सिंहलाई पुरस्कृत गर्ने निर्णय गरिएकाे उनले बताए । प्रेस चाैतारी पर्साकाे सचिव समेत रहेका पत्रकार सिंह हाल रेडियो नेपाल , एन्युज टेलिभिजन र पब्लिक एफएममा कार्यरत छन् । चैत १६ गते नेपाल पत्रकार महासंघकाे स्थापना दिवसका दिन उक्त पुरस्कार पत्रकार सिंहलाई प्रदान गरिने अध्यक्ष तिवारीले बताए । यस्तै बैठकले पर्साका पत्रकार महिलाहरुकाे क्षमता अभिवृद्धिका लागि तालिम सन्चालन गर्ने र चैत १६ गते पत्रकार महासंघको स्थापना दिवसका दिन वीरगन्जमा...

वीरगञ्ज यूनाईटेडको सहज जीत

Image
सिमरा, ११ चैत्र वागमती यूवा क्लब विरुद्ध ३–० को सहज जित निकाल्दै बीरगञ्ज यूनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोश्रो हाफमा वीरगञ्ज हावी भयो । बागमतीविरुद्ध खेलको ५४ औं मिनटमा विवेक चौधरीले अग्रता लिए । वागमतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगञ्जका विवेक चौधरीले खाता खोले । डि एरिया छाडेर अघि बढेका गोलरक्षकलाई विट गर्दै विवेकले बललाई डि एर्यिा बाहिरैबाट गोलपोष्टको दिशा दिएका थिए । १–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले अग्रता दोब्बर पारे । खेलको ५६ औं मिनटमा विवेक चौधरीको क्रसबललाई कृपाले गोलमा परिणत   गरे । खेल अवधिभरनै विवेक र कृपाको तालमेल उत्कृष्ट देखिन्थ्यो । खेलको ८४ औं मिनटमा विवेकले व्यक्तिगत दोश्रो गोल गर्दै वीरगञ्जलाई ३–० को फराकिलो अग्रता दिलाए । कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याकपासलाई विवेकले डि एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए । बी डिभीजन क्लब बीरगञ्ज सामु निर...

पर्सा–बाराका दलित जनप्रतिनिधीको गुनासो : बोर्ड बैठकमा हाम्रा कुराको सुनुवाई नै हुदैन

Image
वीरगन्ज,१०चैत : बाराको सुवर्ण गाउँपालिकाकी कार्यपालिका सदस्य बृहस्पति देवीले गाउँपालिका प्रमुख र उपप्रमुखले दलित बोर्ड गठन गर्न आफूले पटक–पटक गरेको आग्रहको बेवास्ता गरेको गुनासो गरेकी छन् । ‘मैले पटक–पटक उहाँहरुलाई दलित उत्थान तथा संरक्षणका लागि पालिकास्तरीय दलित बोर्ड गठन गरौं भनी आग्रह गर्दै आएकी छुँ,’ दलित सरोकार मञ्च नेपाल कञ्चनरुप सप्तरीद्वारा शुक्रबार वीरगन्जमा आयोजित दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्थाः आगामी दिनमा कार्यपालिका सदस्यहरुको भूमिका विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, ‘तर उहाँहरू जहिले पनि मेरो कुरा नसुने जस्तो गर्नु हुन्छ, अरु विषयमा कुरो गर्दा भने गम्भीरताका साथ सुन्नु हुन्छ ।’ पर्साको ठोरी गाउँपालिका कार्यपालिका सदस्य फूलमाया दर्जीले पनि गाउँपालिका प्रमुख तथा उपप्रमुखहरुले विकास निर्माणको अन्य विषयमा आफूहरुको कुरो सुन्ने र दलित भनी भेदभाव नगरे पनि पालिकास्तरीय दलित बोर्ड गठनको माग गर्दा भने मौन बस्ने गरेको गुनासो गरिन् । कार्यक्रममा सहभागी पर्सा तथा बाराका विभिन्न स्थानीय तहका दलित कार्यपालिका सदस्यहरुको यस्तै गुनासो रहेको थियो । अन...

निजी विधालयका ८३ जना विधार्थीको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लियो

Image
मधेसखबर वीरगन्ज,१०चैत : अनाधिकृत परिक्षा केन्द्रमा कक्षा ८ को वार्षिक परिक्षा सन्चालन गरेका वीरगन्जका चार वटा निजी विधालयका ८३ जना विधार्थीहरुको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्ण नेतृत्वको टोलीले कक्षा ८ को वार्षिक परिक्षा दिइरहेका ८३ जना विधार्थीको उत्तरपुस्तिका नियन्त्रणमा लिएको हो । वीरगन्ज महानगरपालिकाले कक्षा ८ को महानगरस्तरीय वार्षिक परिक्षा आफनै विधालयमा परिक्षा केन्द्र तोकेर लिन निर्देशन दिएको थियो । तर चार वटा निजी विधालयहरुले उक्त निर्देशनको अवज्ञा गरि वीरगन्ज ७ स्थित माईस्थान बालविधा मन्दिर इन्दु लाखे आधारभूत विधालयमा अनाधिकृत परिक्षा केन्द्र तोकेर कक्षा ८ को परिक्षा लिइरहेका थिए । शुक्रबार अनुगमनका क्रममा महानगरको टोलीले माईस्थान बालविधा मन्दिर इन्दु लाखे आधारभूत विद्यालयको परिक्षा केन्द्रबाट ग्रीन ल्याण्ड माविका ४७ , ओसीम माविका १७ , एपेक्स इन्टरनेसनल स्कुलका ७ र सालोम माविका १२ गरि ८३ जना विद्यार्थीहरुले उत्तरपुस्तिका नियन्त्रणमा लिएको हो । बीरगन्ज महानगरपालिकाको शैक्षिक महाशाखा कर्णले सामुदाय...

वीरगन्जमा पनि मनाइयाे विश्व क्षयरोग दिवस

Image
मधेसखबर वीरगन्ज,१०चैत : विश्व क्षयरोग दिवस शुक्रबार वीरगन्जमा पनि विविध कार्यक्रम गरी मनाइएकाे छ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ वीरगन्ज महानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाले शुक्रबार विभिन्न कार्यक्रम गरि दिवस मनाएकाे हाे । दिवसकाे अवसरमा बिहान घण्टाघर चाेकबाट सचेतनामुलक रयाली निकालिएकाे थियाे । उक्त रयाली आदर्शनगर हुदै नगर परिक्रमा पछि पुन घण्टाघर फर्किएर कोणसभामा परिणत भएको थियो । रयालीमा सहभागी भएका स्वास्थ्यकर्मीले सचेतनामुलक प्लेकार्ड बोक्नुका साथै क्षयराेग सम्बन्धि सचेतनामुलक सन्देश लेखिएका पम्पलेट वितरण समेत गरेका थिए । महानगरकाे स्वास्थ्य शाखामा कार्यरत तथा क्षयरोग रोकथामका फोकल पर्सन सुमनचन्द्र ठाकुरको संयोजकत्व र वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवालकाे प्रमुख आतिथ्यतामा भएकाे रयालीमा स्वास्थ्य कार्यालय पर्साका विनोद झा, नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, बिजामका अनोज खडका लगायतको पनि सहभागीता थियो । महानगरमा रहेका ३४ वटै स्वास्थ्य संस्थामा पनि सचेतनामुलक कार्यक्रम गरि विश्व क्षयरोग दिवस मनाइएकाे क्षयरोग रोकथामका फोकल ...

घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्वित

Image
वीरगंज १० चैत । घुस लिएको भिडियो फेला परेपछि डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । उद्योग पर्यटन तथा वन मन्त्रालयले सहायक वन अधिकृत यादवलाई निलम्बन गरी अनुसन्धान थालेको हो । वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रुपमा फेला परेको वन मन्त्रालयका एक अधिकृतले बताए । उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ । सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफूविरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साह विरुद्ध अवैध रुपमा वन पैदावार ओसार पसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए । यही चैत ६ गते साह पक्राउ परेपछि मुद्दा मिलाइदिने अन्यथा जेल पठाइदिने धम्की दिँदै झण्डै ४ लाख रुपैयाँ लिइसकेको यादवमाथि आरोप छ । यादवले थप ४० हजार र...

शुक्रवार सिमरा रङ्गशालामा बीरगञ्ज र बागमती भिड्दै

Image
वीरगंज, १० चैत ।  बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रवार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ । आयोजक नवजनजागृति यूवा क्लबका अनुसार साँझ ६ बजेबाट खेल शुरू हुनेछ । फलड लाईटमा आयोजना हुने खेलका लागि बलियो पूर्वाधार तयार भएकाले रात्री समयमा खेल आयोजना हुने गरेको क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो । यसअघि विहिवार भएको उद्घाटन खेलमा आयोजक क्लबलाई ३–१ गेल अन्तरले पराजित गर्दै केविए ग्लोबल भरतपुर फुटबल क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जगदम्बा स्टिलको मूख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपियाँँ प्राप्त गर्नेछन् ।  

स्पिरिट अफ क्रिकेट अवार्ड विजेता आसिफलाई मधेश प्रदेश सरकारद्वारा दुई लाख

Image
जनकपुरधाम । मधेश प्रदेश सरकारले यस प्रदेशका अन्तराष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई …क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड' दिएपछि प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो । पर्सा जिल्लाको वीरगञ्ज निवासी आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको टी–२० अन्तराष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउFदा पनि खेलभावना देखाउFदै रनआउट नगरेपछि आइसीसी(अन्तराष्ट्रिय क्रिकेट काउन्सिल) ले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ समेत प्रदान गरेको थियो । सो म्याचमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसFग जुधेर लडेपछि आसिफको हातमा बल आएको थियो । रनआउट गर्ने सहज मौका हुFदा पनि उहाFले रनआउट गर्नुभएन् । त्यसैले आइसीसीले आसिफको खेलभावनाको उच्च सम्मान गर्दै वर्षको …आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड' प्रदान गरेको थियो । सोही सन्दर्भमा अस्ट्रेलियाको फक्स स्पोर्टस्लेसमेत …ब्रिलिएन्ट स...

क्रिकेट प्रशिक्षक देसाईकाे मासिक तलब १५ लाख ८४ हजार

Image
काठमाडौं ,९चैत : राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक २ हजार डलरले बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक वृद्धि गर्दै १२ हजार अमेरिकी डलर पुर्‍याइएको हो । अब उनले मासिक नेपाली १५ लाख ८४ हजार रुपैयाको हाराहारीमा तलब बुझ्नेछन् । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सम्झौताअनुसार पारिश्रमिक बढाइएको बताए । उनले भने, ‘सम्झौतापत्रमै पारिश्रमिक वृद्धि गर्ने भनिएको थियो । उनले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्‍याएमा तलब वृद्धि गर्ने सम्झौता थियो । त्यहीअनुसार तलब बढेको हो ।’ मुख्य प्रशिक्षक देसाईको प्रशिक्षणमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको थियो । त्यस्तै, नेपालले लिग टुबाटै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउन सफल भएको थियो । The post क्रिकेट प्रशिक्षक देसाईकाे मासिक तलब १५ लाख ८४ हजार appeared first on Madhes Khabar .

सामुदायिक विद्यालय सुधार्न महानगर लागिपरेकाे छ: मेयर सिंह

Image
मधेखबर वीरगन्ज ,९चैत : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर र भाैतिक पुर्वाधार सुधारका लागि महानगर लागिपरेकाे बताएका छन् । बिहीबार वीरगन्जकाे सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा सडककाे शिलान्यास गर्दै मेयर सिंहले सामुदायिक विद्यालयकाे सुधार र विकास आफ्नो प्राथमिकतामा रहेकाे बताए ।उनले महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा आवश्यक भाैतिक पुर्वाधार र जनशक्ति कमी हुन नदिने भएकाले अध्यनमा ध्यान दिन विद्यार्थीहरुलाई सुझाव पनि दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रलाल संघाइले मेयर सिंहलाई दाेशल्ला ओढाएर सम्मानित पनि गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, स्थानीय अगुवा शीवशंकर पटेल, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास लगायतको पनि उपस्थिति थियाे । The post सामुदायिक विद्यालय सुधार्न महानगर लागिपरेकाे छ: मेयर सिंह appeared first on Madhes Khabar .

भारतमा कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

Image
काठमाडौं,९चैत : भारतको एउटा अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । सुरतको अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानी सम्बन्धी मुद्दामा राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो । अदालतले राहुल गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ । सन् २०१९ मा राहुल गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो । साभार : अनलाइनखबर   The post भारतमा कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय appeared first on Madhes Khabar .