डाटा लोड हुँदैछ...

ठोरी नाकाबाट एक गाडी गँहु प्रहरी नियन्त्रणमा

मधेसखबर
वीरगन्ज,१४चैत : पर्साको ठोरीबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको आशंकामा एक गाडी गँहु नियन्नत्रणमा लिएको छ ।
ठोरी नाका हुदै भित्रयाइएको गँहु चितवन लैजादै गरेको सुचनाका आधारमा इलाका प्रहरी कार्यालय ठोरीको टोलीले ठोरी गाँउपालिका वडा नम्बर २ स्थित हुलाकी सडकखण्डबाट १८५ बोरा गँहु सहितको गाडी नियन्त्रणमा लिएको हो ।

चितवन तर्फ जाँदै गरेको ना.५ ख ६३११ नम्बरको पिकअप गाडीलाई रोकेर जाँच गर्दा अनलाएन बिलका लगायतका आवश्यक कागजात नभएको १ सय ८५ बोरा अर्थात ९२ क्वीन्टल ५० केजी गँहु नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । बरामद गँहुको मुल्य ३ लाख २३ हजार ७५० रुपैया मुल्यांकन गरिएको पनि उनले बताए ।

बरामद गरिएको गँहु सहितको गाडी अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले जानकारी दिए ।

 

 

 

The post ठोरी नाकाबाट एक गाडी गँहु प्रहरी नियन्त्रणमा appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर