डाटा लोड हुँदैछ...

निजी विधालयका ८३ जना विधार्थीको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लियो

मधेसखबर
वीरगन्ज,१०चैत : अनाधिकृत परिक्षा केन्द्रमा कक्षा ८ को वार्षिक परिक्षा सन्चालन गरेका वीरगन्जका चार वटा निजी विधालयका ८३ जना विधार्थीहरुको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्ण नेतृत्वको टोलीले कक्षा ८ को वार्षिक परिक्षा दिइरहेका ८३ जना विधार्थीको उत्तरपुस्तिका नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगरपालिकाले कक्षा ८ को महानगरस्तरीय वार्षिक परिक्षा आफनै विधालयमा परिक्षा केन्द्र तोकेर लिन निर्देशन दिएको थियो । तर चार वटा निजी विधालयहरुले उक्त निर्देशनको अवज्ञा गरि वीरगन्ज ७ स्थित माईस्थान बालविधा मन्दिर इन्दु लाखे आधारभूत विधालयमा अनाधिकृत परिक्षा केन्द्र तोकेर कक्षा ८ को परिक्षा लिइरहेका थिए ।

शुक्रबार अनुगमनका क्रममा महानगरको टोलीले माईस्थान बालविधा मन्दिर इन्दु लाखे आधारभूत विद्यालयको परिक्षा केन्द्रबाट ग्रीन ल्याण्ड माविका ४७ , ओसीम माविका १७ , एपेक्स इन्टरनेसनल स्कुलका ७ र सालोम माविका १२ गरि ८३ जना विद्यार्थीहरुले उत्तरपुस्तिका नियन्त्रणमा लिएको हो ।

बीरगन्ज महानगरपालिकाको शैक्षिक महाशाखा कर्णले सामुदायिक विद्यालयमा अनाधिकृत परिक्षा केन्द्र तोकेर परिक्षा लिइरहेका ४ वटा निजी विधालयका ८३ जना विद्यार्थीहरुको उत्तर पुस्तिका नियन्त्रणमा लिएको बताए । ती विधालयहरुलाई आ–आफ्नै विधालयमा परीक्षा केन्द्र तोकर फेरि परिक्षा लिन निर्देशन पनि दिइएको उनले बताए ।

वीरगन्ज महानगरमा सन्चालित कक्षा ८ को महानगरस्तरीय वार्षिक परिक्षामा सामुदायिक ३४ र निजी ८३ वटा विधालयका गरि कूल ५ हजार ८ सय ६२ विद्यार्थीहरु सहभागी छन् ।

The post निजी विधालयका ८३ जना विधार्थीको उत्तरपुस्तिका महानगरले नियन्त्रणमा लियो appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर