डाटा लोड हुँदैछ...

सामुदायिक विद्यालय सुधार्न महानगर लागिपरेकाे छ: मेयर सिंह

मधेखबर
वीरगन्ज ,९चैत : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर र भाैतिक पुर्वाधार सुधारका लागि महानगर लागिपरेकाे बताएका छन् ।

बिहीबार वीरगन्जकाे सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा सडककाे शिलान्यास गर्दै मेयर सिंहले सामुदायिक विद्यालयकाे सुधार र विकास आफ्नो प्राथमिकतामा रहेकाे बताए ।उनले महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा आवश्यक भाैतिक पुर्वाधार र जनशक्ति कमी हुन नदिने भएकाले अध्यनमा ध्यान दिन विद्यार्थीहरुलाई सुझाव पनि दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रलाल संघाइले मेयर सिंहलाई दाेशल्ला ओढाएर सम्मानित पनि गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, स्थानीय अगुवा शीवशंकर पटेल, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास लगायतको पनि उपस्थिति थियाे ।

The post सामुदायिक विद्यालय सुधार्न महानगर लागिपरेकाे छ: मेयर सिंह appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर